दैनिक सयौं यात्रुले उडान सेवा लिने नेपालगञ्ज एयरपोर्टको सुरक्षा ब्यवस्थानमा चुनौती (भिडियो सहित)

१२ माघ, नेपालगञ्ज/ हाल नेपालगञ्ज एयरपोर्ट भएर नेपालगञ्ज देखी काठमाडौं मात्र दैनिक सरदर १४ वटा यात्रु वहाक ठुला एटिआर जहाजहरुले उडान भरिरहेका छन ।

एउटा एटिआर जहाजमा ७० जना यात्रुहरुले यात्रा गर्ने भएकाले १४ वटा फलाइटमा मात्र नेपालगञ्ज- काठमाडौं हवाई यात्रामा दैनिक हजार बढी यात्रुले यात्रा गरिरहनु भएको छ ।

हाल सबैभन्दा बढी करिव १ दर्जन पटक बुद्ध एयरले उडान गर्ने गरेको छ भने सिम्रिक, यति, डोनिएर लगायतले पनि आफनो उडान सेडुल पारेर काठमाडौं- नेपालगञ्ज उडान गरेर यात्रुहरुलाई हवाई उडान सेवा दिइरहेको छ ।

हालसम्म सञ्चालित रहेका एयरपोर्ट मध्य काठमाडौं पछीको ठुलो क्षमताको नेपालगञ्ज एयरपोर्टमा केही महिना यता कहिल्य रन-वे मा बदेल त कहिल्य स्याल ठोक्किएर ठुला दुर्घटना हुन बाट बाल- बाल बचेको अवस्था छ ।

नेपालगञ्ज एयरपोर्ट हाल कुल १ सम ४५ विघा क्षेत्रफलमा फैलिएको छ। नेपालगञ्ज- कोहलपुर सडक खण्डको पश्चिममा ४५ विघा र पूर्व हाल रन-वे रहेको एयरपोर्टमा १०० विघा जमिन क्षेत्रफलमा नेपालगञ्ज एयरपोर्ट रहेको छ ।

नेपालगञ्ज एयरपोर्ट को १०० विघा जमिनको वीच भागमा १५०५ मिटर अस्फाल कंक्रिट रन-वे पिच रहेकोमा हाल पश्चिम पटी थप २०० मिटर रन-वे विस्तार गरिएको छ ।

पूर्व- पश्चिम भागमा फैलिएको नेपालगञ्ज स्थित एयरपोर्टको १०० विघा क्षेत्रफलको केही भागमा नागरिक उडड्यन प्राधिकरणको जिर्ण भइसकेको कार्यालय भवन रहेको छ।

जुन भवनबाट हाल हवाई सेवाहरू सञ्चालन भईरहेका छन भने प्राधिकरणको नयाँ भवन बनाउन केपी वलीको नेतृत्वको सरकारले ३ सय करोड रुपैया विनियोजन गरिएकोमा हालको देउबा सरकारले उक्त बजेट काटिसकेको छ ।

नेपालगञ्ज एयरपोर्टमा जंगली जनावरहरू उडान भरिरहेका जहाजमा ठोक्किने समस्या समाधान गर्न एयरपोर्टको रन-वे वरीपरीको ठुलो क्षेत्रफलमा रहेको झार जंगल नेपाली सेना, शसस्त्र, जनपद प्रहरीको सहयोग र स्काभेटर भाडामा लगेर फडानी गरिएको छ। अझै केही भाग सफा गर्न र जमिन सम्याउन बाँकी रहेको छ ।

एयरपोर्टको १ सय ४५ विघा जमिन तारवार गरी चुस्त दुरुस्त गरिएको र एयरपोर्ट नजिकै जंगलवाट जंगली जनावर आएर एयरपोर्टको जमिनको बाटो हुदै किसानको अन्नवाली खान जाने कार्य रोक्न तारवारलाई मजवुत पारिएको एयरपोर्ट ब्यवस्थापन पक्षले बताएको छ ।

एयरपोर्टको वरीपरी रहेको बुट्यान क्षेत्रमा स्थानिय बासिन्दा घाँस दाउराका लागी तार- जाली काटेर भित्र पस्ने र सोही ठाउँबाट जंगली जनावर एयरपोर्टको ठुलो बुट्यान क्षेत्रमा प्रवेश गरी सोही ठाउँमा बस्ने र साँभ पख खुला रन- वे तर्फ आउने कार्य गरेकाले प्राधिकरणले हाल बुट्यान क्षेत्र सर-सफाईका लागि मात्र पटक- पटक गरेर बार्षिक ३० लाख भन्दा बढी खर्च भईरहेको नेपालगञ्ज स्थित प्राधिकरणका प्रमुख सुवास झाले जानकारी दिनुभएको छ ।

त्यसैगरी एयरपोर्टमा बेला बखत विभिन्न एयरलाइन्सका जनशक्तिबाट हुने गरेको कमि-कमजोरी र एयरपोर्टमा भिआइपीको नाममा मनलाग्दी र समन्वय विनाको फितलो सुरक्षा चेक-जाँचले पनि एयरपोर्ट ब्यवस्थपनमा वेला बखत समस्या आउने गरेको झाले बताउनु भएको छ ।

नेपालगञ्ज एयरपोर्ट को चुनौती बनेको बुट्यान क्षेत्र र तारवार अनुगमनको केही भिडियो क्लिप्…