बांकेमा भु-माफियासंग जोडिएको निर्मला कुर्मि काण्डको वास्तविक्ता र गृहमन्त्री रबिको आश्वासन

 

नयां सरकार परिवर्तन सगै बांके बासीको तर्फबाट केही दिन अघि उप–प्रधानमन्त्री एवम गृह मन्त्री रबि लामिछानेसंग न्यायका लागी ततकालका लागी २ वटा माग दाबी गरिएका छन ।

ति २ वटा भिन्न भिन्न बिषयहरु मध्य

  • निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोहका बिरुद्ध निजहरुको बृस्तित छानबीन गरि निजहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने ।
  • अर्को स्थानिय प्रहरी प्रशासनको मिलेमतोमा कथित भ्याटनरि डाक्टरको सर्टिफाइ कागजातको आधारमा बांकेको नेपालगञ्ज र कोहलपुरमा ऐन नियम बिपरित मिट सप्लायर्सको नाममा भारतबाट धपाईएका अस्वस्थ–बूढाखाडा गाई–गोरुको हत्या गरेर दैनिक सयौं टन मासु राजधानी बासीलाई भैसी र रांगा तथा खसीको नाममा मोमो र चिकेन ससेज भनेर अखाध्य मासुको परिकारहरु खुवाएर रातारात करोडपति बन्ने कथित मासु ब्यवसायीलाई लगाम लगाउन माग राखिएको छ ।

उक्त २ वटा छुटटा छुटटै घटनामा यस प्रकाशनले केही अध्ययन र अनुसन्धानको आधारमा समाचार प्रकाशित गर्दै आएको छ । यस पटक निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोहका बिरुद्ध पछील्लो अपडेट लिएर यहांहरु सामु पस्किएका छौ । पाठक प्रतिक्रियाको पनि आसा गरेका छौ

बांकेको निर्मला कुर्मि केसमा पछील्लो बयान दिदै गृहमन्त्री रबि लामिछाने ……..

निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोहका बिरुद्ध जाहेरी ।

नेपालगञ्ज ५ माघ/ नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १७ परसपुर निवासी ४९ बर्षिय निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडप्ने गिरोहका बिरुद्ध चलेको मुद्धाको फाइल हाल बांके जिल्ला सरकारी वकीलको कार्यालयमा रहेको सरकारी वकीलको टेबुल मुनिको दाया पटटीको –याकमा ठुलो फाइल बनाएर थन्क्याईएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बांकेले प्ररारम्भिक अनुसन्धान गरि मुद्धा प्रक्रियाका लागी जिल्ला सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएपछी सरकारी वकील ततकालीन प्रमुख बासु घिमिरे, सिडियो सूर्य खत्री र ततकालीन एसपी श्यामकृष्ण अधिकारी बीच सिडियो कार्यालयमा मिटिंग भएको र काठमाण्डौंबाट महान्याययधिवक्ताको कार्यालयबाट समेत फोनबाट छायां परेपछी उक्त मुद्धा सरकारी वकीलको कार्यालयबाट यसरी अगाढी बढेृको देखिन्छ । हर्नुहोस पत्र ।

निर्मला कुर्मिको घटनासगै निजको श्रीमान महलु कुर्मिको बिक्रम सम्वत २०६२ सालमा र तिनका २ भाई छोराहरु २०६६ सालमा १० दिनको फरकमा शंकास्पद मुत्यु घटना पछी निजहरुको नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १७ मै रहेको बजार मुल्य प्रति कटठा सरदर ५० लाख पर्ने करीब ५० करोडौं भन्दा बढी बराबरको ४ बिघा १२ कटठा जग्गा र २ कटठा घडेरी सहितको घर निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्धाका आरोपित ब्यक्तीहरुको गिरोहले आफनो नाममा गरेको छ ।

निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोको आरोपमा मूख्य डिजाईनरको रुपमा बादशाह कुर्मी, भु–माफिया रमेश थापा निजकी श्रीमती रत्न थापा, रमेश की बहिनी पार्वती बिष्ट समेतका नाममा मुद्धा दायर गरिएकोमा मुद्धा बिभिन्न सेटिगका् आधारमा जिल्ला सरकारी वकीलको कार्यालय बांकेमा थन्क्याइएको अवस्था रहेको छ ।
निर्मला कुर्मिको घटना तथ्य सम्वन्धमा ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १७ ततकालिन परसपुर गाबिस वडानम्बर ९ परसपुर निवासी ४९ बर्षिय निर्मला कुर्मिको श्रीमान महलु कुर्मिको बिक्रम सम्वत २०६२ सालमा शंकास्पद तरिकाले मृत्यू भएपछी निर्मला कुर्मि आफना २ जना नाबालकका छोराका साथ आफनै घर परसपुर स्थित पक्की घरमा बस्दै आएकी थिइन ।

बादशाह कुर्मिको घर सगै रहेको निर्मला कुर्मिको घर ……

निर्मलाको पतीको मुत्यूको केही बर्षपछी सोही ठाउं निवासी रामफेरन धोबीको निर्मलाको घरमा आउने–जाने क्रम बढेपछी निर्मलाको घरसगै जोडिएका पहिल्य देखी नै छिमेकी निर्मला कुर्मिको परिवारसंग राम्रो सम्वन्ध नरहेका ततकालिन संबिधान सभा सदस्य रहनुभएका बादशाह कुर्मिले चाल पाउछन ।

रामफेरनको निको चाल नभएको आशंकाका बीच संबिधान सभा सदस्य बादशाह कुर्मिसगै घर जोडिएको छिमेकी निर्मलाको श्रीमान महलु कुर्मिक शंकास्पद मृत्युको केही बर्ष पछी निर्मलाका २ भाई नाबालक छोराहरु मध्य जेठो छोरा रामसागर बर्माको २०६६ साल मंसिर १६ गते र कान्छो छोरा सुरेश कुमार बर्माको २०६६ साल मंसिर २७ गते अर्थात १० दिनको फरकमा ति २ नाबालकहरुको स्वास्थ्यमा अचानक समस्या आएर (फुड पोइजनको आशंका) उपचारको लागी नेपालगञ्ज नसिंग होममा लगिएकोमा उपचारकै क्रममा २ भाईको शंकास्पद तरिकाले मुत्यू भएको तथ्य प्रमाणहरुले देखाएको छ ।

 

उक्त घटनापछी बादशाह कुर्मिले स्थानिय रामफेरनको धोबीले निर्मलासंग निकट बढाएर निर्मलाको श्रीमान स्वर्गिय महलु कुर्मि र जेठो छोरा राम सागर बर्माको नाममा रहेको घर र जग्गाको लालपुर्जा समेत लिएर आफनो घरमा राखेको थाहपाएपछी बादशाह कुर्मिले आपनो घरसगै जोडिएको निर्मलाको घरजग्गाको लालपुर्जा र नागरिकता राफेरन धोबीको घरबाट जबरजस्ती आफनो नियन्त्रणमा लिएको घटना अध्ययन तथा घटना अन्य बिवरणहरुले पुष्टी गरेको देखिन्छ ।

 

 

 

ततकालिन समयमा बादशाह कुर्मि नेपाली कांग्रेसको तर्फबाट संबिधान सभा सदस्य रहेको समयमा शक्तीको दुरुपयोग गरेर निर्मलाको घरजग्गा खानलाई लालपुर्जा खोसेर लग्यो भन्दै बादशाह इतर स्थानिय निजामुद्धिन इद्रिसी पक्षले सामाजिक सदभाव समेत भडकाउने गरि स्थानिय केही ब्यक्तीहरुको सहयोगमा नेपालगञ्जको परसपुरमा चर्को बिरोध र आन्दोलन देखी जिल्ला प्रशासनमा धर्ना लगायत पत्रकारहरुलाई समेत गुहार मागेको र सो समयमा निर्मलाको पक्षमा समाचारहरु आएको देखिन्छ ।

निर्मलाको जग्गा खान नदिन भन्दै बादशाहको बिरोधमा उर्लिएको समूहले नाराजुलुस र सामाजिक सदभाव बिरोधी नारा जुलुस गर्न थालेपछी बादशाह कुर्मिले निर्मलाको जग्गाधनी पुर्जाहरु सुरक्षाको निम्ती भन्दै बिभिन्न संघसंस्था प्रतिनिधिको रोहबरमा जिल्ला प्रशासन कार्यालय बांकेमा बिधिवतरुपमा बुझाएको देखिन्छ ।

हाल बेपत्ता रहनुभएको आज भन्दा करिब १० बर्ष अघि मुस्लिम बिकास संस्थाको कार्यालयमा सहयोगको लागी हारगुहार माग्न जानुभएको समयमा संस्थाको कार्यालय छतमा लिएको निर्मला कुर्मिको तस्बीर ।

उक्त घटनापछी बादशाह इतर समूहले निर्मलालाई तिम्रो जग्गा लिन नपाएपछी शादशाहले तिम्रो जग्गाधनी पुर्जा र नागरिकता नेपाल सरकारलाई बुझाएको र अव तिम्रो पनि त्यसबाट ज्यानको खतरा छ भन्दै निर्मलालाई डरत्रास देखाएपछी निर्मला केही समय नेपालगञ्ज स्थित साथी संस्थाको सेल्टरमा बसेको र त्यसको केही समय पछी भारतमा गएर बसेको देखिन्छ ।

बादशाह कुर्मि इतरको उक्त आन्दोलनको अगुवाई गर्नेहरुमा स्थानिय नेपालगञ्ज परस्पुरकै निजामुद्धिन दर्जीले हाल निर्मलाको २ कटठामा बनेको घर जग्गा आफनो नाममा लिएपछी उक्त समूह पनि बादशाह कै पक्षमा मिलेर तै चुप मै चुप भएर निर्मलाको जग्गा हडप्ने योजनामा लागेको देखिन्छ ।

घटनामा निर्मला भारतमा गईसकेपछी निर्मलाले आफुबाट ३ लाख नगद सापटी लिएको कागजातको आधार बनाई निर्मलाको अनउपस्थितमा निर्मलाको बिरुद्ध मुद्धा जिल्ला अदालत बांकेमा मिति २०६९ साल भदौ ८ गते लेनदेनको देवानी मुद्धा नम्बर ७४–०६९–००२०४ हालेर एकलौटी रुपमा मुद्धा जितेर उक्त निर्मलाको २ कटठामा बनेको घर अदालतबाटै बिगो असुलीको लागी घर जग्गा लिलाम गराएर मिलेमतोमा निजको घर जग्गा श्रीमती जुवेदा इद्रिसीको नाम साकार गराएर हाल अरुलाई नै बिक्री गरिसकेको देखिन्छ । जसमा कागजातको आधारमा केही वकीलहरुको पनि मिलेमतो देखिन्छ ।

निर्मलाको करोडोंको सम्पती गिरोहको हातमा यसरी पुग्यो…..

श्रीमान र २ वटा छोराहरुको ज्यूज्यान गईसके पछी आफनो पनि हत्या हुनसक्ने आशंका बीच घटनाका पक्ष र बिपक्षका कुराहरुबाट प्रभाबित भएर आफनो ज्यूज्यानको सुरक्षाका लागी निर्मला कुर्मि भारतमा गई लुकेर बसेको अवस्थामा पहिल्य निर्मलाको पक्षमा देखिएका निजामुद्धिन इद्रिसिको सहयोगमा बादशाह ग्यांग निर्मलाको पहुंच र तिकडमको चाबी बन्न पुगेको देखिन्छ ।

निर्मला भारतमा बसेको समयमा निर्मलालाई सहयोग गर्ने भन्दै निजामुद्धिन दर्जिले निर्मलाको स्वर्गिय श्रीमान र छोराको नाममा रहेको ४ बिघा १० कटठा जग्गा निर्मलाको नाममा गराईदिने र त्यसको लागि केही खाली कागजातहरुमा आवश्यक पर्ने हस्ताक्ष्र र औठा छाप लिएको र सोही छापको आधारमा ब्यक्तीहरुबाट पटक–पटक गरि निर्मलाको नाममा रु ३० लाख ऋण लगेको कागजात समेत बनाएको पाइन्छ ।

सोही क्रममा निर्मलाको शेख पछी अंश खाने कोही नभएको र सुरक्षाको निम्ती जिल्ला प्रशासन कार्यालय बांकेमा सुरक्षाको निम्ती दिइएको निर्मलाको जग्गाधनी प्रमाण पुर्जा निर्मलाको श्रीमान र छोराको नामको जग्गा निर्मलाको नाममा नामसारी गर्न भन्दै निजामुद्धिन दर्जिको ग्रुपले ततकालीन बांकेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द घिमिरेको निर्णयबाट लिन सफल भएको देखिन्छ ।

त्यसक्रममा बादशाह कुर्मि पक्ष सिडियोको निवासमै पटक–पटक पुगेर राजनैतिक दवाब दिनेगरेको पक्षधरहरुले बताउदै आउनु भएको छ । घटनाको यहा सम्म आइपुग्दा दुबै ग्रुप एक भएर अगाढी बढेपछी प्रशासन पनि मौन सर्मथन् गरेको देखिन्छ ।

सिडियो कार्यालयबाट निर्मलाको जग्गाधनी प्रमाणपत्र निकाल्न सफल भएपछी बांके नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १७ ततकालिन परसपुर गाबिस वडानम्बर ८ र ९ मा रहेको घरबासको ६३२ बर्गमिटर र अन्य ४ बिघा १० कटठा जग्गा मिति २०६९ साल असार ८ गते निर्मलाका पति स्वर्गिय महलु कुर्मिको नाम बाट निर्मलाको नाममा गराएको देखिन्छ ।

निर्मला कुर्मिको करोडौंको जग्गा हडप्न निर्मला बेपत्ता रहेको अवस्थामा वडा कार्यालयले जग्गा बिकूीको सिफारिस नदिएपछी उल्टै प्रशासन लगायतको ठाउंमा उजुरबाजुर गरि उल्टै वडा कार्यालयका वडा अध्यक्ष लगायतलाई हैरानी पारेको  देखिन्छ । हेर्नुहोस वडाको प्रशासनलार्ई जानकारी परिपत्र ।

बिभिन्न जालझेल अनेकौ तिकडमका बीच बिभिन्न कागजात, बयानका आधारहरु खडा गरेर अडडा अदालतलाई समेत गुमराहमा पारेर निजामुद्धिनले निर्मलाको हक लाग्ने ६३२ बर्गमिटरको जग्गा र सो मा बनेको घर निर्मलाले लगेको सापटी पैसा नदिएकोले अदालतबाट फैसला गराए उक्त घर जग्गा एकलौटी रुपमा लिलाम गराएर निजामुद्धिनले श्रीमती जुबेदा इद्रिसीको नाममा लिलाम सकार गराएर हडप्न सफल भएको देखिन्छ ।

त्यसैगरि निर्मलाको नाममा २०६९ साल असार ८ गते गराईएको उक्त ४ बिघा १० कटठा जग्गा निर्मलालाई तिम्रो नाममा जग्गा गराउन तिमी चाइयो भनेर भारतमा गई निर्मलासंग सम्पक गरि नेपालगञ्ज बोलाएर निर्मलालाई नियन्त्रणमा लिएर पहिल्य नेपालगञ्जको खजुरा रोड स्थित रमेश थापाको प्लाई उड फयाक्ट्रीमा राखेर निर्मलाले ऋण लिएको काजजात बनाएर, पछी बादशाह कुर्मिको र रमेश थापाको पुरानो घर रहेको साईगांउ क्षेत्रमा डरत्रास देखाएर मालपोतका कर्मचारीहरु लगेर निर्मलालाई बन्धक बनाइएको ठाउंमै गएर जग्गाको कारोबार गरेको देखिन्छ ।

उक्त घटनाका सम्वन्धमा मालपोत कार्यालय बांकेका सम्वन्धीत कर्मचारीहरुले ततकालिन सांसद बादशाह कुर्मिले निर्मलाको जग्गा डोर पासका लागी पहिल्य कैलालीको धनगढीमा जग्गा पास गर्ने प्रस्ताब गरेको र त्यसपछी बर्दियाको गुलरिया प्रस्ताब गरेकोमा मालपोत कर्मचारीहरुले नमानेपछी बांकेको साईगाउं स्थित एक घरमा पास गरेको बताउ नु भएको छ ।

उक्त घटनामा आफुहरुलाई पनि कार्बाही हुनसक्ने एकातिर डर रहेको बताएका छन भने अर्कोतिर मालपोत कार्यालय बांकेका ततकालिन हाकिमले डोर पासको स्वीकृती दिएको तर हामीहरु जन नमानेपछी बादशाह कुर्मि स्वय पक्षले आफुहरुलाई गोलीले भुनदिनुपर्छ भनेपछी डराएर जग्गगा पास गर्न गएको र सो क्रममा केही नहेरी उनिहरुले जे जसो भन्छन त्यही गरेर आएको हामीसंगको भेटमा अनौपचारिक कुराकानीको क्रममा जानकारी दिनुभएको छ ।

पछील्लो पटक ति कर्मचारीहरु मालपोत कार्यालय बांकेमा नरहेको अवस्थामा हाल जग्गा लिएका रमेश थापा स्वयम घरमा आएर पटक–पटक आश्वासन दिने गरेको र केही भएमा हामी छौ भन्दै कसैलाई पनि केही नमन्न अनुरोध गर्ने गरेको ति कर्मचारीले हामीलाई अनौपचारीक संवादको क्रममा बताइसक्नु भएको छ ।

निर्मला कुर्मिको करोडौंको जग्ग्गा हडप्न निर्मला बेपत्ता हुनु अघि मिलेमतोमा रमेश थापाको बहिनी नाता पर्ने पार्वती बिष्ट बिष्टबाट रमेशको श्रीमती रत्ना कुमारी थापाले ऋण लगेको र उक्त रकम नदिएकोले पार्वती बिष्ट बिष्टको नाममा गरिएको निर्मला कुर्मिको जग्गा पछी रमेश थापाको श्रीमतीको नाममा गरेको देखाएर आंखामा छारो हाल्ने प्रयास गरिएको कागजातबाट देखिन्छ । हेनुहोस कागजात र लालपुर्जाको फोटोकपी ।

कानुनको आंखामा छारो हाल्न मिलेमतोमा निर्मलाको जग्गा अदालतबाट कानुनी रुप दिएर आफना पोल्टामा पार्न जग्गाका माफियाहरुले अनेकैं तिकडम र जालझेल गर्दै जिउज्यानको सुरक्षाका लागी भारतमा बसेको निर्मला कुर्मिले ऋण लिएको कागजात बनाएर कुर्मिको बिरुद्धमा जिल्ला अदालतमा मुद्धा हालेर आफनो पक्षमा फैसला भएपछी उक्त फैसलाको आधारमा आफुले पाउनुपर्ने रकमको असुलउपरका लागि निर्मलाको जग्गा लिलाम गराएर रमेश थापाको बहिनी नाता पर्ने बर्दिया धधवार–४ भर भई नेपालगञ्ज धम्बोजी बस्ने पार्वती बिष्टको नाममा २०६९ साल भदौ ६ गते नामसारी भएको देखिन्छ ।

निर्मलाको नामको घर र जग्गा पार्वती बिष्टको नाममा आएपछी पार्वती बिष्टलाई बिभिन्न मितिमा रमेश थापाको श्रीमती रत्न थापा मार्फत ऋण लगेको र सो बापतको सावां ब्याज नदिएको कागजातको आधारमा रत्न थापाले पार्वती बिष्टको नाममा जिल्ला अदालतमा मुद्धा हालेको र उक्त मुद्धा बमोजिम ऋण असुलउपरका लागि पार्बती बिष्टको नाममा गएको निर्मलाको जग्गा पुन लिलामी गराएर निर्मलाको उक्त जग्गाको निम्नतम मुल्य ९७ लाख १७ हजार गराएर रमेश थापाको श्रीमती रत्न देबी थापाको नाममा सकार गराएर लिएको देखिन्छ ।

उक्त जग्गा रत्न देबीको नाममा गर्दा उक्त लालपुर्जा तयार गरेको मिति भने आउने बर्ष २०७९ साल १० महिना २१ गते लेखिएको छ । जसबाट मालपोतका कर्मचारी पनि आफनो बच्ने उपाय निकालेको देखिन्छ ।

हेर्नुहोस दुबै नन्द अर्थात रमेश थापाको बहिनी राधा बिष्टको नाममा गरिएको निर्मलाको जग्गा धनी पुर्जा ।
हेर्नुहोस दुबै नन्दभाउजुको अर्थात रमेश थापाको बहिनी राधा बिष्टबाट रमेशको श्रीमती नाममा गरिएको निर्मलाको जग्गा धनी पुर्जा ।

निर्मलाको घर र घडेरी लग्ने पहिल्य बादशाह कुर्मिको बिरोधी देखिएका निजाम दर्जि इदिसि र अरु निर्मलाको अरु जग्गा ४ बिघा १० कटठा निर्मलालो सैसा सापटी लगेको र नदिएकोले असुलउपरका लागी अदालतमा असुलउपरका लागी मुद्धा हालेर निजको सम्पती जग्गा जमिन देखाएर निजकै जग्गाबाट असुल उपर गरिपाउन माग राखी अदालत बाटै लिलाम गराई आफनैलाई सकार गर्न लगाई पुरै सेटिंगमा निर्मलाको सम्पती हडप्न सफल भएको बिभिन्न डकुमेन्टले देखाएको छ ।

जग्गा माफियाहरुको प्रपञ्चका लागि प्रशासन, मालपोतका कर्मचारीको प्रयोग देखी अदाललाई समेत प्रयोग गरेको देखिइएको उक्त घटनाको अध्ययनको क्रममा देखिन्छ ।

उक्त घटनामा छिमेकीसंगको मनमुटाउ र निजको सम्पतीका लागी निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोको आरोपमा बादशाह कुर्मी, रमेश थापा निजकी श्रीमती रत्न थापा, पार्वती बिष्ट, कृण्ण मुरारी सिह, कुवंर बब्बन सिह, उर्मिला कनोजिया, अमरलाल कुर्मि धिरेन्द्र सिहका नाममा जिल्ला सरकारी वकीलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय बांके मार्फत मुद्धा दायर गरिएको थियो  । उक्त घटनामा बिभिन्न तिकडम बीच मुद्धा दायर गर्न प्रहरीले नजमानेपछी पछी सरकारी वकील कार्यालयको पहलमा मुद्धा दायर गरिएको थियो ।

निर्मला कुर्मिको अपहरण शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने गिरोहका बिरुद्ध पेटबोली बयान ….

जग्गा पास गर्दा पनि भ–ुमाफियाको गिरोहले मजदुरको नाममा जग्गा राजीनामा कागजमा किर्ते गरेको रमेश थापाको प्लाई उड फयाक्ट्रीमा काम गर्ने मजदुर बद्रु कांदु र मोगरा कांदुले बयान मै उल्लेख गरेका छन । त्यो किर्ते भन्दा अरु ठुला् प्रमाण के हुनसक्ला ? हेनुैहोस कांदु दवयकाृ बयान ।
प्रहरी अनुसन्धानका् क्रममा मिशिलमा उल्लेख गरिएको देखी र सुनी जान्न्ेहरुको पेटबोलीको लिखित बयानको केही अंशहरु ……..
बादशाह कुमिैले निर्मला प्रति गर्ने आंखा् देखी जजान्ने सुन्ने निर्मलाका छिमेकी धरनीधर पाठक र शोभा बिसी लिखित बयानको फोटो कपी हेर्नुहोस बयान कपीको अंश ।

निर्मला कुर्मिक अपहरुण शरिर बन्धक तथा कर्तब्य मुद्धा दायरपछीको अवस्था………

बांके जिल्ला सरकारी वकीलको कार्यालय जहां निर्मला कुर्मिवाला मिसिल थनकिएको छ ।

बांके प्रहरीमा मुद्धा दायरपछी उक्त मुद्धाको अनुसन्धान अधिकृत र ततकालिन प्रहरी प्रमुख बीच केही असमझदारी बढदै गएको अवस्था थियो । सोही क्रममा मुद्धाका बिषयमा जिल्ल प्शासन कार्यालय बांकेमा ततकालिन प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, सरकारी वकील बासुदेव घिमिरे र बांकेका प्रमुख जिल्ला अधिकारी खत्री बीच लामो छलफल र मुद्धाको किनाराका बिषयमा मन्त्रणा भएको थियो । मन्त्रणा लगत्तै उक्त घटनाका मूख्य पात्र मध्यका १ जना रमेश थापाले आफुले जती पनि पैसा खर्च गर्ने र आफु ब्यपारी भएकाले नेतालाई लगानी गर्ने जस्ता कुरा गर्नसक्ने बताएपछी घटना रहस्यमय बन्दै गएको थियो ।

उक्त मुद्धाका बिषयमा महान्यायधिवक्ताको कार्यालयबाट समेत चासो ब्यक्त गरि मुद्धा अगाढी बढन नदिन आसय ब्यक्त गरिएपछी ततकालिन सरकारी वकीलले पनि मुद्धाका बिषयमा निर्मलाको बेपत्ता निर्मलाको सम्पतीको कारण देखाउदै थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल थन्क्याइएको देखिन्छ ।

घटनाका अभियुक्त प्रमुख मध्यका एक रमेश थापा को हुनुहुन्छ ?…..

बांके नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १८ सोल्टी मोडमा डाक्टर केशब सुबेदीको करोडौं मुल्यको घर केही बर्ष अघि मात्र खरिद गरि रमेश थापा स–परिवार त्यही बस्दै आउनु भएको छ ।

नेपाल प्रहरीको सिपाईमा जागिर गर्नेक्रममा बांके प्रहरीमा घुमुवाको रुपमा कार्यरत रहदा कहिल्य बांकेको साईगाउं र पछी नेपालगञ्जको धम्बोजीमा नारायण थापाको घरतिर भाडामा बसोबास गदै सामान्य जिबिकोपार्जन गर्दे आउनु भएका रमेश थापाको परिवार बिगत केही बर्ष यता स्रोत बिनाको सम्पती आर्जन आर्जन अरबौ मुल्य बराबरको मालिक बन्न पुग्नुभएको छ ।

केही बर्ष अघि सम्म नेपालगञ्जको धम्बोजीमा भाडामा बस्ने क्रममा रमेश थापा नेपाल प्रहरीको हवल्दार पदमा बांकेमै घुमुवा रहनुभएको थियो । घुमुवा हुदा नेपालभारत सिमा क्षेत्रमा भारतिय जाली रुपैयाको कारोबारी र सुन तस्करीसंग सांठगांठ रहेको भन्दै ततकालिन समयमा पनि बिभिन्न सञ्चार माध्यममा रमेश थापाको नाम आउने त्यतीखेर नै सामान्य जस्तै बनेको थियो ।

बिक्रम सम्वत २०६० तिर सामान्य जिबिकोपार्जनमा समेत धो–धौ भएका रमेश थापाले माओबादी दवन्दवको क्रममा जागिर छोडेर भागेको भन्दैनेपाल प्रहरीको भगौडा घोषित भएका थिए ।

रमेश थापाले पहिलो पटक बेलभार खजुरा लगायतका क्षेत्रमा भु–माफियाहरुसंगको संगतबाट सरकारी तथा निजि जग्गा आफनो र परिवारको नाममा ल्याउन सफल हुदै गएपछी पछी बैकमा जग्गा राखेर केही समय जग्गाको कारोबारो समेत गरेको देखिन्छ ।

रमेश थापाले यो बीचमा छोरालाई एमडी हुने गरि करोडौं रुपैया लगानी गरि सकेको अवस्था छ भने छोरीलाई बिभिन्न ठाउं हुदै सुर्खेतमा नर्स पढाएर ज्वाईलाई हेलीकोप्टरबाट फुल बर्साएर स्वागत गर्ने सम्मका हर्कत गरि आफु अरु भन्दा सम्पन्नशाली हु भन्ने रबाफ र प्रभाव देखाएको पनि धेरै भइसकेको छ ।

निर्मलाको अपहरण नियन्त्रण र हत्या गरि करोडौं सम्पती बिभिन्न प्रपञ्च रचेर लिन सफल मुद्धाका मुख्य आरोपि रमेश थापाले छोराका लागी भन्दै नेपालगञ्ज कोहलपुर सडकखण्डको रत्नराजमार्गमा सडक मिचेर सटरैसटर बनाउदा समेत सडक डिभिजन कार्यालय नेपालगञ्ज, बांके प्रशासन र उपमहामनगरपालिका थापाको तेल कानमा हालेर बसेको अवस्था छ ।

थापाको ३ पुस्ते पारिवारिक अवस्था निजको आम्दानीको स्रोत र हालको अवस्था हेर्दा आकसपतालको फरक हुदा समेत राज्यका जिम्मेवार निकायहरु चुप लागेर बस्नुले समाजमा यस्ता गैरकानुनी कामलाई प्रशय दिने र गैर कानुनी धन कमाउने मोह जागेर जाने निश्चित नै छ ।

ततकाल राज्यले गर्नुपर्ने काम…………

  • निर्मला कुर्मिको शरिर बन्धक तथा कर्तब्य ज्यान गरि निजको करोडौंको सम्पती हडपने घटनामा गृह मन्त्रालयका सह सचिव हिरा रेग्मीको नेतृत्वमा गठन भएको ५ सदस्यी टोलीले पनि निर्मलाको सम्पूर्ण सम्पतीका लागी उक्त घटना घटनपुगेकोले त्यस घटनालाई न्यायिक प्रक्रियामा लगेर दोषिलाई कार्बाही गर्नुपर्ने  राय सहित रिपोर्र्ट ततकालिन समयमा गृह मन्त्रालयमा बुझाएकाले त्यसलाई कार्यन्वयन गर्नुपर्ने देखिन्छ ।
  • निर्मला कुर्मिको हाल सम्सको अनुसन्धान र प्राप्त रिपोर्टको आधारमा उक्त केस अदालतका पेश गर्नुपर्ने अवस्थामा ढिलाई गरिएको छ । त्यसलाइ अभिलम्भ अगाढी बढाृन पहल गर्नुपर्ने देखिन्छ ।
  • रमेश थापाले भु–माफियाको प्रयोगबाट बांकेको नगरउन्मुख खजुरा स्थित पञ्चकोटी क्षेत्रको अरबौं मुल्य बराबरको १७ बिघा जग्गा ततकालिन सिडियो राम बहादुर कुरुवांगको सक्रियतामा नेपाल सरकारको नाममा कायम गरिएकोमा फेरी पनि बिभिन्न रमेश थापा क्षेत्रीले न्यायलयको दलालहरुको आश्वासनमा परेर न्यायपालिकालार्ई प्रभाव पार्न सकिन्छ कि भनेर लगातार लागीरहेको अवस्था छ । त्यसलाई राज्यले सरकारी सम्पतीको संरक्षण गर्न तिर लाग्नु पर्ने अवस्था रहेको छ
  • निर्मला कुर्मिको बेपत्ता, अपरण र सम्पती हिनामिना केसमा ततकाल ततकाल मुख्य अभियुक्तहरु बादशाह कुर्मि, रमेश थापा क्षेत्री निजको श्रीमती रत्ना थापा र बहिनी राधा बिष्टलाई नियन्त्रणमा लगेर गहिरो सोधपुछ गरि घटनाको सत्यतथ्य बाहिर आउने निश्चित छ ।
  • रमेश थापाले बांकेको खजुरामा रहेको हालै नेपाल सरकारले आफनो नाममा गरेको १७ बिघा जग्गा निर्मला कुर्मि काण्ड लगायत थुप्रै काण्ड मच्चाएको हुनसक्ने सम्पती बिवरणबाट देखिने भएकाले निजको ३ पुस्ते सम्पतीको आम्दानी र खर्च बिवरण ततकाल छानबीन गरि कानुनी दायरामा ल्याउनुपर्ने देखिन्छ ।
  • निर्मलाको सम्पती ततकाल नेपाल सरकारको नाममा लिनुपर्ने देखिन्छ भने त्यसका लागी बलजफती डरत्रास बाट प्रयोग भएका बाहेकलाई सरकारी कर्मचारीहरुलाई पनि कानुनी दाययरामा ल्याउनु पर्ने देखिन्छ ।
  • निर्मला कुर्मिको मुद्धामा महान्यायधिवक्ताको कार्यालयमा काम गर्ने ब्यक्तीको आन्तरिक स्वार्थ देखी मिलेमतो गराउने सम्पूण दलालहरुलाई कानुनी दायरामा ल्याउने पर्ने देखिन्छ ।
  • बांके मालपोत कार्यालयमा बिगत १५ बर्ष यता भुमिसुधार कार्यालयमा भोगचलनको पुरानो फिल्डबुक सच्याएर वा केरमेट गरि त्यसको फोटोकपी राखेर जग्गा दर्ता गर्ने उपर एक प्राबिधि ज्ञान सहितको टोली गठन गरि छानबीन गर्न जरुरी रहेको छ ।
  • रमेश थापाले पावरको भरमा कारकादो स्थित नेपालगञ्ज कोहलपुरको रत्न राजमार्ग मिचेर बनाइएको घर र क्लिनिंक ततकाल भत्काएर ट्राफिक ब्यवस्थापनमा सहजता बनाउनु पर्दछ ।