योजना आयोगमा डा. स्वर्णिम वाग्ले नियुक्त, ११ डिआइजी एआइजीमा बढुवा मन्त्रीपरिषद बैठकद्धारा अनुमोदन

१९ साउन नेपालगञ्ज/ आज बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा  नियुक्त गरेको  छ  । वाग्ले यसअघि आयोगका सदस्य हुनुहुन्थ्यो ।

मन्त्रीपरिषद बैठकले ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसलाई अनुमोदन पनि गरेको छ ।

जसअनुसार बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी बन्नुभएको छ ।

डिआइजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाल बाहेक ११ जना डिआइजीको नाम बढुवाको लागि सिफारिस गरेको थियो ।