बुधबार बिहानै काठमाडौमा २ वटा भुकम्पको धक्का

११ बैशाख,काठमाडौं /  काठमाडौं उपत्यकामा बुधबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । धादिङको नौबिसे केन्द्रविन्दु बनाएर भुकम्पका पराकम्प गएको मापन केन्द्रले जनाएको छ ।

तर, काठमाडौंबाट उत्तर पश्चिममा करिब ६८ किलोमिटरको दूरीमा भूकम्पको केन्द्र रहेको फ्रान्सस्थित भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र नेपाल र चीनको सीमा क्षेत्र रहेको बताइएको छ।

भुकम्पले काठमाडौ लगाएत नुवाकोट धादिङ आसपासमा हल्लाएको समेत केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ ।