अख्तियारद्वारा घुस सहित इप्रका मैनापोखरका सई पवन पक्राउ

नेपालगञ्ज १२ मंसिर / नेपाल–भारत सिमा क्षेत्र बलेगाउंबाट नेपाल तर्फ तस्करी गर्ने-गराउने आरोप खेपीरहेको बर्दियाको मैनापोखर इप्रकाको मुद्दा फांटमा कार्यरत हर्ताकर्ता प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई मंगलबार घुसको नगद रकम सहित नेपालगञ्ज अख्तियारले पक्राउ गरेको जनाएको छ ।

बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यालयको मुद्दा फांटमा कार्यरत प्रहरी नायब निरिक्षक पवन साउदले सेवा ग्राहीसँग लागु औषध सम्वन्धी केसमा पक्राउ परेका ब्यक्तिलाई छुटान सहजीकरण गर्न सहयोग गर्ने भनि  घुस मागेकोले सेवा ग्राहीले रु ३० हजार नगद रकम घुस दिएको र अख्तियारले उक्त सूचनाको फलो गरि सई पवन साउदबाट सेवागहीले दिएको नगद रुपैया ३० हजार रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयका प्रवक्ता भोला दाहालले प्रेस बिज्ञप्ती मार्फत जनाउनु भएको छ ।

घुस सहित पक्राउ परेका साउदलाई आयोगले अनुसन्धान तथा कार्बाही प्रक्रियाका लागी नियन्त्रणमा लिएको पनि जनाएको छ ।