कम खर्चमा नै घुम्न सकिने नेपालगञ्ज वरिपरिका प्रख्यात प्रयटकियक्षेत्रहरु (फोटो फिचर सहित)

 

भ्रमण बर्ष २०२० सुरुवात भइसकेको छ । भ्रमणले आन्तरिक रुपमा नेपालको अर्थतन्त्र चलायमान हुने र बिदेशीलाई नेपाल घुम्न प्रोत्साहन गर्ने उदेश्यले नेपालले भमण बर्ष मनाउन सुरुवात भएको छ ।
भ्रमण बर्षको क्रममा नेपालका अनेकौ भ्रमणका लागि आकर्षक ठाउंहरु रहेका छन ।
हामी यसपटक नेपालगञ्जबाट नजिकै रहेका प्रयटकिय ठाउंहरुको संछिप्त जानकारी दिन गईरहेका छौ ।

गाभर भ्याली: 

यो बांके जिल्लाको नेपालगञ्ज देखी सबै भन्दा नजिकको प्राकृतिक सौन्दर्यले भरिएको ग्रामिण परिबेशको प्रयटकिय ठाउं हो ।

होम स्टेहरुको समेत ब्यवस्था रहेको यो यो गाभर भ्यालीमा बिशेष गरि असोज देखी फागुनको अन्त्य सम्ममा बिभिन्न ठाउंहरुबाट बिदाको दिनमा पिकनिक खान जानेहरुको समूहगतहरुको भिड हुने गर्दछ ।
त्यहां लाइन्स भ्याली पार्क निर्माणकै चरणमा रहेको छ भने होम स्टेहरुले सेवा सुचारु ग्रिरहेका छन । नेपालmगञ्ज–सुर्खेत सडक खण्डमा पर्ने उक्त गाभर भ्याली होम स्टे कोहलपुरबाट ८ किलोमिटर उत्तरमा अवस्थित रहेको छ । एकदमै कम खर्चमा उक्त ठाउंको भ्रमण गर्न सकिन्छ ।

साइकिल , मोटस साईकल वा निजि तथा सार्वजनिक सवारी साधनबाट समेत भ्रमण गर्न सकिने उक्त गाभर भ्यालीमा खान र बांस बस्न र यातायातको लागि मात्र पैसा लाग्छ भने अन्यथा मनले चाहेमा सजिलै कम लागतमा घुम्न सकिन्छ । यो नेपालगञ्जबाट २४ किमि उत्तरमा पक्की सडक सगै जोडिएको छ ।

खैरेनी अर्थात सतखलुवा: 

यो नेपालगञ्ज देखि ५० किमि उत्तर पश्चिममा रहेको छ । पुर्वपश्चिम राजमार्ग नजिकै रहेको यो ठाउं बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको पूर्व उत्तर बांसगढी नगरपालिकाको सिमाना क्षेत्रमा पर्दछ ।

नेपालगञ्जबाट गाढी तथा मोटरसाईकलमा आरामदायीक यात्राका साथ करीब १ घण्टा २० मिनेटमा उक्त सतखलुवा क्षेत्रमा पुग्न सकिन्छ । सतखलुवा गाउंको नाम खैरेनी भएपनि हाल यस प्रयटककिय क्षेत्रको नाम सतखलुवाले परिचित भएपछी खैरेनी नाम लोप हुदै सतखलुवाले नै परिचित हुदैगएको छ । 

पुरै ग्रामिण क्षेत्रको बातावरणमा खैरेनी गाउंको पुर्व उत्तमा रहेको सतखलुवा रमणिय चुरे पहाडको फेदीमा रहेको छ ।
७ वटा ठुला तथा साना तालहरुको संगमबाट बनेको यो सुन्दर र हरियाली जंगलको बीचमा रहेको सतखलुवा जलचर तथा थलचरको लागि पनि उत्तीकै महत्वपूर्ण जैबिक बिभितताले भरिपूर्ण ठाउं रहेको छ ।

तराईमा रहेर पनि पोखराको फेवा तालसंग प्रतिस्पर्धाको लागि पौडि मानै तम्सीएको यो सतखलुवा ताल क्षेत्रमा हाल आन्तरिक प्रयटकहरुको घुइचो लाग्ने गरेको छ । एकै दिन बांके बर्दियाका दर्जनौं समूहरु पिकनिक तथा मनोरञ्जनका लागि त्यस क्षेत्रमा जाने गरेका छन ।

सतखलुवा क्षेत्रमा हाल करिब १ दर्जन स्तरिय होम स्टे रहेका छन । भ्रमण बर्षको क्रममा उक्त क्षेत्रमा प्रयटकहको आगमनको चापलाई मध्य नजर गरेर यस बर्ष प्रदेश नम्बर ५ को सरकारले ९ वटा होम स्टे थप निर्माण तथा सञ्चालनको लागी प्रवद्धन गरिरहेको छ ।
नेपालगञ्ज क्षेत्र र यस वरपरबाट सजिलै जान र आउन अनी कम लागतमा बालबालिका देखी बुढापाकाहरुले समेत मनोरञ्जन लिन सक्ने उक्त सतखलुवा ताल स्थानिय थारु भाषामा राखिएको छ ।

सतखलुवा तालमा बोटिंगको माध्यम मार्फत घण्टौं सम्म आनन्द उठाउन सकिन्छ भने तलाउको वरिपरि निजि सवारि साधन चार पांग्रे तथा मोटर साईकल मार्फत जंगल सफारि गरेर उक्त क्षेत्रमा रहेका जंगली जनावरहरु तथा चराचुरुगिंहरुको समेत अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रमा हाल निशुल्क नै जान सकिने स्थानिय कल्ब तथा समितिहरुले ब्यवस्था गरेका छन । खाना तथा बास स्थानको लागि भने सतखलुवा बाहिर क्षेत्रमा रहेका होम स्टेमा अर्डर गर्नुपर्ने हुन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज: 

यो नेपालगञ्जबाट कस तथा निजि सवारि साधनबाट करीब २ घण्टा ३० मिनेटमा पुग्न सकिन्छ ।
पुरै पिचै पिच बाटोबाट आरामदायिक रुपमा जान सकिने बर्दिया राष्टि– निकुञ्जको मुल प्रयटकिय क्षेत्रमा नेपालगञ्ज पछी सबै भन्दा बढी सुबिधा सम्पन्न होटेल तथा होम स्टे रहेका छन ।  

यहांको बिशेषता भनेको पुरानो र ब्यस्थित निकुञ्ज भएकाले जंगल सफारि नै प्रयटकहरुको मुख्य आकर्षक केन्द्रको रुपमा रहेको छ । बर्दियाको सतखलुवाको तुलनामा केही मंहगो रहेको होटेल तथा खानपिनमा निकुञ्जको पिजडामा रहेका बाघ, हात्ती तथा गैडा प्रयटकहरुले अवलोकन गर्न सक्छन भने जंगल सफारि मार्फत जंगलि जनावरहरुको अवलोकन गर्न सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज गईसकेपछी त्यस नजिकै रहेको अर्को प्रयटकिय गन्तब्य हो कर्णाली पुल । बिभिन्न ७ वटा नेपालका असल छिमेकी राष्ट्रहरु मिलरे बनाईदिएको उक्त पुल नेपालको सबैभन्दा लामो नदि कर्णालीमा रहेको छ । कर्णाली पारि होटेल तथा प्रयटकहरुका लागि नदि किनारामा मनोरञ्जन लिनसक्ने गरि बजार बिस्तार गरिएको छ ।

नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली नदिमा प्रयटनको रुपमा जानेक्रममा बर्दियाको बबईपनि एक आकर्षक प्रयटन केन्द्रको रुपमा रहेको छ भने पूर्व–पश्चिम राजमार्ग बर्दिया निकुञ्ज भएर जाने भएकाले बाटोमा जैगली जनावर तथा हरियाली बतावरणको आनन्द प्रयटकले उठाउन सक्नुहुन्छ ।

दांगको जखेरा ताल: 

नेपालगञ्जबाट अर्को नजिकै र आकर्षक प्रयटक गन्तब्य क्षेत्र रहेको छ, दांगको जखेरा ताल । निजि तथा सार्वजनिक सवारि साधन मार्फत नेपालगञ्जबाट ३ घण्टामा आरामदायी यात्राका साथ पुग्न सकिन्छ जखेरा तालमा ।

पूर्व–पश्चिम राजमार्गको किनारामै रहेको उक्त जखेरा हरियाली चुरे पहाडसगै अंकमाल गरेर बसेको छ जखेरा । दांगको लमही बजारबाट करीब ४ किमि पूर्वमा रहेको जखेराको किनारामा एउटा सुन्दर हरियाली पिपलको बोटको फेदीमा प्रयटक सुस्ताउने बिसौनी, पिकनिंग स्पोटहरु, बृक्षा रोपन समेत गरिएको छ ।

तालको पूर्वी बीच भागमा आकर्षक भगवान शिव जी को मन्दीर रहेको छ भने तलाउको उत्तरि क्षेत्रमा मां भगवतीको मन्दिर रहेको छ । परापूर्वकाल देखी शक्ती पिठको रुपमा रहेको उक्त मन्दीर क्षेत्रमा डुंगा तथा बोटिंग मार्फत प्रयटकले आनन्द उठाउन सक्ने ब्यवस्था गरिएको छ ।
भ्रमण बर्षको क्रममा प्रतिब्यक्ती रु ५० मा बोटिंग सयर गर्नसक्ने गरि आन्तरिक प्रयटकहरुलाई मनोरञ्जन दिने गरि स्थानिय समितिहरुले ब्यवस्थापन गरेको पाइन्छ ।

हरियाली चुरे पहाडको फेदीमा रहेको पुरानो ताललाई जिर्णोद्धार गरि दांगको एउटा आकर्षक प्रयटकिय गन्तब्यको रुपमा जखेरा ताललाई बिकास गरिएको छ । सस्तो र सजिलै भ्रमण गर्नसक्ने जखेरा क्षेत्रमा हालैका दिनमा प्रचार पसार भएपछी जखेरामा प्रर्यटकहरुको बाक्लो उपस्थित हुने गरेको र जसका कारण स्थानियहरुको ब्यापार ब्यवसायमा बढोत्तरि रहेको स्थानियहरुले जानकारी दिनुभएको छ ।

 

प्यूठानको स्वर्गद्ववारी: 

मन्दिरको होम कुण्ड क्षेत्र

यो स्वर्गद्ववारी प्रचार पसारको कमिका कारण अत्यन्तै पछाडी परेको ठाउं मध्य पर्दछ ।
एउटा धार्मिक तथा प्रयटकिय क्षेत्रकोरुपमा महत्वपूर्ण मानिएको स्वर्गद्ववारी दांगको भालूबांग देखी करिब ५० किमी उत्तरमा रहेको छ ।
यो पश्चिम नेपालकै एउटा सुन्दर अनी महातमाहरुको बास रहेको पबित्र तपोभूमिको रुपमा रहेको छ ।

मन्दिर प्रबेश सिडि मार्ग

नेपालगञ्जबाट दांगको भालुवांग सम्म १५० किमि पुवैपश्चिम राजमार्गमा जुनसुकै सवारी साधनबाट यात्रा गर्न सकिने त्यहांबाट पनि रोल्पा जाने सार्वजनिक सवारी साधन वा निजि साधनमा जान सकिन्छ । १ वा २ जना भए मोटरसाईकल र ७ जना सम्म निजि सवारी साधनमा उक्त ठाउंमा जान सकिन्छ ।

टाढाबाट आउनेहरुका लागि नेपालगञ्जमा स्कारपियो बुक गरेर बिहान गएर सांझ फर्किन सकिन्छ । स्कारपियोले एकदिनका लागि वा जानआउनका लागि अधिकतम रु १० हजार सम्म लिने गरेको छ । तर स्वर्गद्ववारी गईसकेपछी एक रात प्रयटकहरु बसेर आनन्द उठाउन सक्छन । स्वर्गद्ववारीमा निशुल्क बासस्थानका गेष्ट हाउस रहेका छन भने नजिकै गुफा समेत रहेको छ ।

मन्दिर प्रबेश सिडि मार्ग
मन्दिरको करीब ५ मिटर दक्षिण पश्चिममा रहेको गुफा द्धार

गर्मि महिनामा समेत चिसो हुने उक्त स्वर्गद्ववारीमा माघमा नेपाल भन्दा भारतका धार्मिक प्रयटकहरुको अत्यन्त घुइचो लाग्ने गर्दछ । महाभारतकालका बेदब्यास, त्रिकालदर्शि महर्षिहरु, महाभारतका पांच पाण्डव, सत्ययुगका प्रजापतीहरु, ठुला ऋर्षिमुनिहरुले कठोर तपस्या गर्दै स्वर्ग प्रस्थान गरेको ठाउं भएकाले यसलाई स्वर्गद्ववारीको ढोका पनी भनीन्छ । मर्नु अघि स्वर्गको ढोकाको दर्शनका लागि भातरबाट नेपालमा खचाखच प्रर्यटक माघ महिनामा ओइरिने गर्दछन ।
स्वर्गद्ववारी भालुवांगबाट रोल्पा जाने बाटोमा रहेको प्यूठानको भिंग्री बजारमा बास स्थानका लागि सुबिधा सम्पन्न होटेल तथा लजहरु रहेका छन ।
भिंग्री बजारबाट जिप तथा मोटरसाइकलमा १३ किमि ठाडो उकालो चढेपछी मन्दीरको द्धार भेटिन्छ । उक्त द्धारबाट करिब १ किमि रेलिंग लगाएको सिडि चढेर मन्दिर क्षेत्रमा प्रबेश गर्न सकिन्छ । सिडि चढदा हिउंले सेत्तै भएका अग्ला हिमालका चुचुरा अवलोकन गर्न सकिन्छ । त्यहांबाट बाग्लुंगको ढोर पाटन क्षेत्रका अग्ला हिमालहरु देखिन्छ भने नजिकै रहेको भिंग्री पारिको बेलबांस क्षेत्र अवलोकन गर्न सकिन्छ । त्यहां भिंग्रीमा होटेलको १ दिनको २ बेडको रु १५०० सय र खाना रु ३०० प्रति छाक मासुभातको लाग्छ । भिंग्री बजार कल-कल बग्ने माडि नदीको किनारामै अवस्थित रहेको छ ।