नेपालको जनसंख्या ३ करोड ६३४ जना

१२ असार, नेपालगञ्ज/  १२ औं राष्ट्रिय जनगणना गर्नु १ बर्ष अघि नै नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ ।  केन्द्रीय तथ्यांक विभागका अनुसार शुक्रबार जनसंख्या घडीले शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६ सय ३४ देखाएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको जानकारी दिनुभएको छ । बिक्रम सम्वत २०६८ को जनगणनाको आधारमा सेट गरिएको घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउने गरेको छ ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ पुगेको थियो । अब १२ औं राष्ट्रिय जनगणना भने एक वर्षपछि २०७८ असारमा हुँदैछ ।