यस बर्षको धान दिवसको मुल नारा “धान उत्पादनमा वृद्धि,आत्मनिर्भरता र समृद्धि”

१५ असार, नेपालगञ्ज/धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि” मुख्य मुल नारा सहित यस बर्षको राष्ट्रिय धान दिवसमा मनाइदैछ । हरेक वर्षको असार १५ गते मनाइने धान दिवस यस वर्ष को धान दिवसमा उत्पादनलाई जोड दिइएको छ ।

असार १५ गते किसानहरु खेतमा धान रोपाईमा ब्यवस्त रहेकै समयमा खेतबारीमै धान दिवस मनाएर कृर्षकहरुको कामको सम्मान र हौसला प्रर्दान गर्न धान दिवस मनाउ सुरुवात गरिएको हो भने पुरानै परम्परालाई कायमै गर्दे किसानले नै उत्पादन गरेका चिज  दही-च्यूरा खाएर मनाउने पनि गरिदै आएको छ ।

वि.सं. २०६१ मंसिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गरेका छन ।

असार १५ गतेका दिन समयमा युवा र युवती खेतमा रोपार्नीको रुपमा र खेत जोत्ने हलीहरु धान रोप्न तयार पारिएको खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने पनि गर्छन् । यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असार सम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताएका छन ।