नेपालगञ्जको फुलटेक्रा स्थित गुड्डु स-मिलमा छापा

 

 

३ मंसिर, नेपालगञ्ज/ सेटिङ्गमा गैर-कानुनी तस्करीको काठ मिलको गोदाममा लुकाई- छिपाई राखेको विशेष सूचनाका आधारमा शुक्रबार अपरान्ह नेपालगञ्जको फुलटेक्रा- बसपार्क रोडमा रहेको गुड्डु अन्सारीको स-मिलमा जिल्ला वन कार्यालय बाँकेले छापा मारी अनुसन्धान कार्य अगाढी बढाएको छ ।

नेपाल सरकारको सम्वन्धीत मन्त्रालय तथा विभागवाट हाल कटान आदेश रोक्का गर्नु भन्ने परिपत्र को आधारमा रुखहर विशेष गरी असना लगायतका रुखका जात काट्न निशेष गरेको अवस्थामा मिलमा असना, जामुन, शिशौ लगायतका जातको काठ ट्रली मार्फत शुक्रवार विहान करीव ७ बजे मिलमा ल्याएर अनलोड गरेपछी सेटिङ्गमा काठ तस्करी भईरहेको सूचना वन कार्यालय बाँकेमा पुगेको थियो ।

जिल्ला बन कार्यालय बाँकेका प्रमुख बन अधिकृत ददिराम कंडेलका अनुसार मिलमा अवैध काठ सम्बन्धी सूचना प्राप्त भए लगत्तै नेपालगञ्ज क्षेत्र हेर्ने राँझा स्थित सहायक वन कार्यालयका प्रमुख विरेन्द्र रोकाको नेतृत्वमा एक टोली छानवीनको लागि खटाएको जानकारी दिनुभएको छ ।

माओवादी हरुले आफु निकटका रुपमा लिने रोल्पाबाट हालै सरुवा भएर बाँके आउनु भएका बन अधिकृत ददिराम कंडेलले मिलमा लुकाएर राखिएको भनिएको सबै काठको सूक्ष्म रुपले छानवीन गरेर नियमन गरिने बताउनु भएको छ।