प्रहरीद्वारा अबैध पैसा सहित निरज पक्राऊ

पक्राउ परेका निरज र पैसा

९ पुस नेपालगञ्ज/ कैलाली प्रहरीले जकेटको भित्री भागमा लुकाई छिपाई बोकेको अवस्थामा अवैध १८ लाख २७ हजार नेपाली रुपैया सहित भारतिय नागरिक भारत लखिमपुर- खिरी निवासी निरज कुमार राजपुतलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा सिमा क्षेत्रमा हुनेगरेका गैरकानुनी कामको नगदै लेनदेन हुने गरेकोमा गत बुधवार

कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको समयमा चेकजाँचको क्रममा राजपुतको जकेटको भित्री भागमा बनाइएका पकेटै पकेटवाट उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

नेपालमा चल तथा अचल सम्पतीको बैध स्रोत देखाउ नसकेको अवस्थामा निजि क्षेत्रलाई नगदै फेला पारेमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा २९ (क) को कसुरमा दफा २९ ख को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने ब्यवस्था रहेको छ ।

तर छानवीनको क्रममा गैरकानुनी चल तथा अचल सम्पती पत्ता लागेमा अभियुक्तको सम्पती जफत गरी कारागारको हावा खुलाउने ब्यवस्था सम्पती सुद्दिकरण ऐनमा व्यवस्था गरिएको छ भने सार्वजनकि पद धारण गरेका ब्यक्ति हरुको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमन गर्ने कानुनी व्यवस्था रहेको छ ।