नेपालगञ्ज स्थित हुलाकी लोकमार्गका हाकिम प्राबिधिकसंग भुल्दा राप्तीसोनारीको असफाल्ट पिच अस्तब्यस्त

हेनुहोस: उक्त कालोपत्रे गरिएको सडकको अवस्थाको क्लिप्स समेत ।
हेमन्त चौधरी

#हेमन्त चौधरीको स्थलगत रिपोर्ट#

नेपालगञ्ज १६फाल्गुण/ भारत सरकारको अनुदान समेत मिलाएर केपी ओली सरकारले लागु गरेको तराई–मधेश समृद्धि कार्यक्रम अन्तरगत नेपालका तराईका जिल्लामा निर्माण भईरहेको हुलाकी लोकमार्ग निर्माण अन्तरगत बांके जिल्लाको राप्ती सोनारी गाउंपालिकामा जिम्मा लिएको निर्माण कम्पनी खड्का कृष्ण कन्स्ट्क्सनले गरेको काममा मिलेमतोको भ्रष्टाचारको गन्ध सतहमा देखिन थालेको छ ।

तराई–मधेश समृद्धि कार्यम अन्तरगत नेपालका २० वटा शहर धुलो मुक्त र सबै जिल्लाका सदरमुकाम कालोपत्रे सडकले जोडने परियोजना अन्तरगत नेपालका तराईका सबै जिल्लामा हुलाकी लोकमार्र्ग निर्माणका लागी टेन्डर आब्हान गरेर निर्माण कार्य अघीबढीरहेको समयमा केही जिल्लाका ग्रामिण क्षेत्रमा कमसल निर्माण गरेर भ्रष्टाचार गर्ने काममा पल्किएकाहरुले जिम्मा लिएको केही ठाउंमा सडक कमजोर निर्माण भएकोले स्थानिय बासिन्दानहरु बिरोधमा उत्रिएपछी सम्वन्धीत हुलाकी लोकमार्ग परियोजनाका सम्वन्धीत ब्यक्तीहरु बाध्यताबश हरकतमा आउने गरेको देखिएको छ ।

हेनुहोस: उक्त कालोपत्रे गरिएको सडकको अवस्थाको भिडियो क्लिप्स समेत ।-1

सवारी सुरक्षाको दृष्टिकोणले नेपालमा निर्माण हुने सडकको न्यूनतम मापदण्ड निर्माण गरी गएको सरकारले लागु गरेपछी नेपालमा कम्तीमा अस्फाल्ट प्रबिधिको सडक कालोपत्रे गर्नुपर्ने मापदण्ड अन्तरगत बाँकेको राप्तीसोनारीमा पनि खड्का कृष्ण कन्स्ट्क्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे गर्ने  टेण्डर प्रक्रियाद्धारा सम्झौता गरेको थियो ।

बांकेको राप्ती पारी राप्ती सोनारी गाउंपालिका वाडनम्बर ३ नारायणपुर चोक देखि राप्ती सोनारी वडानम्बर ६ कुण्डा चोक सम्मको २१ किलोमिटर बाटो पिच गर्ने सम्झौता गरेको खड्का कृष्ण कन्स्ट्क्सनले सुरु गरेको नारायणपुर चोक मै रहेको पिच गरेको सडकमा अलकत्रा कम परेको जस्तो देखिने गरि गिटटी सडकमा सुख्खा भएर उप्किन थालेपछी उक्त कार्यको स्थानियहरु भेला भएर बिरोध गरेपछी सडक निर्माणमा कमशल र कम मात्राको सामाग्री प्रयोग गरेर मिलेमतोको भ्रष्टाचारको गन्ध सडकमा देखिएको हो ।

सडक कालोपत्रे गर्ने क्रममा नेपालगञ्ज स्थित हुलाकी लोकमार्ग आयोजनाका सम्वन्धीत प्राबिधिकहरुको अनुगमन र रेखदेखमा गर्नुपर्ने आयोजनाका प्रमुखले बांकेका अतिरिक्त दांग र बर्दिया पनि हेर्नुपर्ने भएकाले नभ्याएको बताउने गरे पनि स्रोतले भने पूर्व मन्त्रीको दाउपेजमा प्राबिधिक काम गर्ने गरि अस्थाई नियुक्त सुन्दरी कर्मचारीको डाटा इन्ट्रीमा बढी समय खर्चेकाले नभ्याएको हुनसक्ने बताएको छ ।

सडक कालोपत्रेमा आएर स्थानियको बिरोधलाई मात्र ध्यान दिईरहेको सडकको प्राबिधिकको टोलीले सडकको डिपिआर अनुसारको निर्माण भए-नभएको तर्फ भने खासै चासो नदेखाएको स्थानिय बासिन्दाहरुले जानकारी गराउनुभएको छ ।

बांकेको राप्तीसोनारीमा सडक कालोपत्रे गरेको रातमा पिच उप्किएकाले स्थानीय बासिन्दाहरुले पिच गर्न अवरोध गरेर बिरोधमा उत्रिन बाध्य भएपछी निर्माण कम्पनी र सडक कार्यालयका प्राबिधिकहरु सोमबार घटनास्थल उपस्थित भएर सडक पुनः निर्माण गर्ने स्थानिय बासिन्दाहरु समक्ष प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने खालको भनिएको अस्फाल्ट प्रबिधिको उक्त सडक एक रातमै भत्किएको देखिएपछी स्थानिय बासिन्दाहरु सडमा नै आएर बिरोध गरेर सम्वन्धीत पक्षहरुको ध्यान आकर्षण गर्नुभएको थियो।

उक्त सडक पिच गर्नका लागि आवश्यक सामाग्रीको अनुपातको तलमाथी गरेका जस्तो देखिने उक्त सडक अस्फाल्ट प्रविधि अर्थात मेसिनको सहायताले निर्माण गरी मेसिनकै सहायताले सडकमा बिछ्याएर पिच गरिएको भनिए पनि पिच गुणस्तरहिन भएको स्थानीय अगुवा ओपेन्द्र रावतले बताउनु भएको छ ।

हेनुहोस: उक्त कालोपत्रे गरिएको सडकको अवस्थाको भिडियो क्लिप्स समेत ।-2

सडक निर्माणमा मिलेमातो गरेर खाने र सडक कमसल बनाउने कार्य जनता लाटा हुदा हो अब जनता बाठा भईसकेका छन । सरासर जनतालाई ठगेर गुणस्तर हिन पिचको सुरुवात गरेकोले आफुहरु विरोधमा उत्रिएको बताउनु भएको छ ।
उक्त हुलाकी लोकमाग निर्माणको जिम्मा पाएको खड्का कृष्ण कन्स्ट्क्सनका प्राबिधिक एवम प्रतिनिधि अनिल कार्कीले सडकको अस्फाल्ट प्लान बाटै कमजोरी भएको मिलेमतोको उजागर गदै सडक निर्माणमा समस्या भएको स्थानमा पुन पिच गर्ने बताउनुभएको छ।

नेपालगञ्ज स्थित कार्यालयले हेर्ने हुलाकी लोक मार्गका इन्जिनियर कृष्ण पाण्डेले बांकेको राप्ती पारी राप्तीसोनारीमा सडक पिच गर्ने मापदण्ड नपुगेको देखिएको बताउदै समस्या देखिएको ठाउंमा सडकका् परिक्षणकै क्रममा रहेकोले कमजोरी भएको स्थानमा सच्याउदै जाने बताउनुभएको छ । इन्जिनियर पाण्डेले सडकमा प्ररारम्भीक रुपमा परिक्षण गर्दा अस्फाल्ट प्रबिधिमा प्रयोग हुने डष्टको मात्रा ३८ प्रतिशत पनि नपुगेको र अलकत्राको मात्रामा पनि कमि भएको उल्लेख बताउदै सडक निर्माणको डिपिआरको मापदण्ड अनुसार उक्त सडकको गुणस्तर कायम गर्न, छिटो र छरितो काम गर्न सम्वन्धीत कम्पनीलाई भनिसकिएको बताउनु भएको छ ।

स्थानिय लगातारको बिरोध र सम्वन्धीत निकायको ध्यान झकझक्याएपछी निर्माण कम्पनीले कालोपत्रे उप्काएर पुन कालोपत्रे गर्ने गरि मंगलबार बिहानबाट उक्त ठाउंमा काम सुरु गरेको घटनास्थलमा रहेर लगातार अवलोकन गरिरहनुभएका पत्रकार हेमन्त चौधरीले जानकारी गराउनु भएको छ ।

सम्बन्धित शीर्षक