लकडाउनको बीचमा नेपालगञ्जमा यसरी भएको थियो झडप…..

२३ बैशाख, नेपालगञ्ज/ नेपालगञ्जमा उत्पन्न पछील्लो परिस्थितीलाई लिएर जिल्ला प्रशासन कार्यालय बांकेमा सुरक्षा समितिको बैठक बसेको छ ।बैठकले नेपालगञ्जको पछील्लो परिस्थितीको गम्भीरतालाई बुझेर सबै सरोकारवाला निकाय तथा सर्वसाधरणलाई आ–आफनो तर्फ सक्दो सहयोगी बन्न आग्रह गरेको छ ।

नेपालगञ्जमा कोरोना भाइरसको सख्या उकालो लागेर नेपालको इपिसेन्टर बन्ने निश्चित भएपछी प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल सहितको आईतबार बसेको बैठकले नेपालगञ्जमा लकडाउनका साथै ३ दिन निशेध आज्ञा जारि गरेको थियो ।

सोमबार बिहान ११ बजेबाट निशेध आज्ञा लागु हुने र नेपालगञ्जका मुख्य सब्जी मण्डी रानी तलाउ, बिपि चौक र धम्बोजीमा सब्जी मण्डी पूर्णरुपमा बन्द गर्ने आईतबार बसेको बैठकले निणर्य गरि सार्वजनिक सूचना जारि गरिएको थियो ।

उक्त सूचनाको बर्खिलाप सब्जी मण्डीमा भिडभाड जम्मा भएको सोमाबार बिहानै कान्तीपुर टेलीभिजनमा समाचार प्रसारण भएपछी गृह मन्त्रालयले बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकालाई फोन गरि लकडाउन र सामाजिक दुरि कडाईका साथ पालना गराउन आदेश दिइएको थियो ।

उक्त फोनपछी बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरि बहादुर बस्नेतलाई फोन गरि मिडियामा आएको समाचार र गृहको फोनको जानकारी गराउदै लकडाउन कार्यन्वयन गराउन आदेश दिनुभएको थियो ।
उक्त आदेश पछी वडा प्रहरी कार्यालयका इन्सपेक्टर रन्कीयर सब्जी मण्डी तर्फ टिम लिएर जानुभएको थियो । सब्जी मण्डीमा सोमबार ११ बजे पछी ३ दिन घर भित्र बस्ने सूचना जारि भएको भन्दै मानिसहरु तरकारी किन्न खचाखच भिड भएको थियो । उक्त भिड त्रितरबितर गर्न वडा प्रहरी कार्यालयका इन्सपेक्टर सहितको टोलीले सामान्य बल समेत बल प्रयोग गर्नुपरेको थियो ।

उक्त ठाउंमा हलका लाठी खाएका ब्यक्तीहरु धपाएपछी नगरको परिक्रमा गरेर लकडाउनको कार्यन्वयन गराउन हिडेको उक्त प्रहरी टोली नेपालगञ्जको पुरानो सेनेमा हल अगाढी पुगेपछी नेपाली कांग्रेसका पूर्व सांसद कैलाश नाथ कसौंधन गुप्ताको नाताले भाइ शिब कुमार बांनिया गुप्ताको पसल खुल्ला रहेको र पसल बाहिर मानिसको समूह देखेपछी प्रहरीले पसल बन् गर्न भन्दै पसल सञ्चालक र त्यहां उभिएका केटाहरु मध्यका केहीलाई लाठी प्रहार गरि भगाउन खोजेको थियो ।

उक्त पसल बाहिर बसेका संजय किराना स्टोर्स सञ्चालक शिब कुमारका छोरा रबि कुमार बांनिया गुप्ता सहितका साथीहरुले प्रशासनले ११ बजेपछी निशेध आज्ञा भनेको र ११ बजे सम्म पसल खोल्न पाउनु पर्ने र लाठी चार्जको बिराृध गर्दे प्रतिकार बिषयमा बिवाद भएको थियो ।
सोही क्रममा बिवाद बढदै जांदा परिस्थिती अनुसार दुबै पक्ष बीच झडप भएको र सो क्रममा प्रहरीले लाठी चार्ज गरेर १ जना पसल सञ्चालककाा छोरा रबि कुमारलार्य नियन्त्रणमा लिएर पक्राउ गरेको थियो ।

उक्त घटना सेलाउन नपाउदै अर्को प्रहरीको गाढी सोही ठाउंको बाटो भएर घर भित्र बस्न माइकिंग मार्फत आग्रह गर्दै आएकोमा पहिल्य नै प्रहरीसंग झडप गरिसकेका ब्यक्तीहरु थप एकिकृत भएर प्रहरीको गाढीमा इटटा प्रहार गरेर अर्को प्रहरीको गाढीमा क्षती पु–याएका थिए ।

प्रहरीले उक्त घटनाको परिस्थितीका बिष्यमा समिक्षा गर्दै सबैलाई कानुनको पालना गर्न आग्रह गरेको छ भने उक्त घटनाको केही समयपछी सामान्य अवस्थामा आएको र १ जना युवकलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले नियन्त्रणमा लिएर आवश्यक छानबनि गरिरहेको जिल्ला प्रह।ी कार्यालयबांकेका प्हरी प्रमुख बीर बहादुर वलीले जानकारी दिनुभएको छ ।