गैर-कानुनी क्रसर उद्योगहरु नियमन गर

प्राकृतिक स्रोत र साधनहरुको दोहन हुने गरि गैर-कानुनीरुपमा सञ्चालनमा रहेका क्रस उद्योगहरुलाई तुरुन्त बन्द गर्नुपर्दछ ।

बांके जिल्लामा हाल सञ्चालनमा रहेका २७ वटा क्रसर उद्योगहरुको बिभिन्न ब्यक्ती तथा निकायहरुको मिलेमतोमा गैर-कानुनीरुपमा सञ्चालनमा रहेकोले कार्बाही सहित बन्द गर्नुपर्दछ ।

 गैर-कानुनी र विधि सम्वत रुपमा सञ्चालन नभएमा त्यसलाई निति नियम भित्र ल्याउनु राज्यका निकाय तथा अंगहरुको दायित्व हो। उक्त जिम्मेवारी र दायित्व को आडमा त्यसलाई कमाई आउने भाँडो वा माध्यम कसैले पनि वनाईनु हुदैन । त्यस्ता गैर-कानुनी कामलाई कानुनी दायरामा ल्याउने राज्यका जिम्मेवार निकायका साथसाथै त्यसलाई सहयोग पुर्‍याउनु आमनागरिकहरुको दायित्व पनि हो।

बांकेमा अवैध रुपमा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगहरु ।

बाँकेको विशेष गरि राप्ती नदि र मुगुवा खोला लगायतको तटिए क्षेत्र र जंगली क्षेत्रका गाउं बस्ती, कतै बिद्यालय नजिक अनि कतै , त कतै निकुञ्ज भित्र समेत अवैध क्रसर उद्योगहरु ढुक्कसँग मनपरी सञ्चालनमा छन।

  बांके जिल्लामा गैर कानुनी रुपमा निस्फिक्रीरुपमा क्रसर उद्योग सञ्चानमा रहेकाले त्यस्ता अवैध क्रसरहरुलाई अभिलम्ब कार्बाही गरि कानुनी दायरामा ल्याउन बाँके जिल्ला स्थित नदीजन्य पदार्थ “ढुङ्गा गिट्टी वालुवा उत्खनन विक्री तथा ब्यवस्थापन मापदण्ड २०७७”  अन्तरगत को अनुगमन समितिले सक्रियता देखाउनु पर्दछ,  अन्यथा विगतमा झै अनुगमन समितिका केही सदस्यहरु विकाउको आरोप लाग्ने छ ।

अभिलम्ब वाँके जिल्ला स्थित नदीजन्य पदार्थ “ढुङ्गा गिट्टी वालुवा उत्खनन विक्री तथा ब्यवस्थापन अनुगमन समितिको  बैठक बसेर अबैधरुपमा सञ्चानमा रहेका क्रसर उद्योगलाई कार्बाही गरि नियमन गरेर कानुनी दायरामा ल्याउनु जिल्ला समन्वय समिति बांके र जिल्ला प्रशासन कार्यालय बांके  लगायत सबै सुरक्षा अंगहरूको दायित्व हो।

गत वर्ष पनि जिल्ला प्रशासन बांकेले जिल्ला समन्वय समितिको निर्णयलाई कार्यन्वयन गर्ने गरि अवैध ठाउँमा अबैधरुपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुमा अवैध तरिकाले मिलेमतोमा जडान गरिएको बिधुत लाइन बन्द गर्न प्रशासनले नेपालगञ्ज बिद्युत केन्द्रलाई जानकारी गराएको थियो।

गैरकानुनी काममा सहयोग पुर्‍याएमा सम्वन्धीत बिधुतका कर्मचारीलाईपनि  गैर-कानुनी काममा सहयोग गरेको अभियोगमा  कार्बाही गर्नुपर्दछ ।

“ढुङ्गा गिट्टी वालुवा उत्खनन विक्री तथा ब्यवस्थापन मापदण्ड २०७७” का लागि तल Click गर्नुहोस:-

ढुंगा-गिटटी-तथा-बालुवा-उत्खनन-बिक्री-तथा-ब्यवस्थापन-सम्वन्धी-मापदण्ड-२०७७

वातावरण संरक्षण ऐन तथा नियमावली र “ढुङ्गा गिट्टी वालुवा उत्खनन विक्री तथा ब्यवस्थापन मापदण्ड २०७७”  अनुसार नेपालमा कुनै पनि प्राकृतिक स्रोत र साधनको प्रयोग वा सो क्षेत्रमा निर्माणको  परियोजनाका लागि वातावरणिय प्रभाव मुल्यांकण / वातावरणिय सुक्ष्म बिश्लेषण गर्नुपर्दछ जुन स्थानियको सहभागीतामा गर्नुपर्ने हुन्छ ।

वातावरण बिदका अनुसार चालु अवस्थामामा रहेको नदिलानाबाट करिब ५ किलो तौल बराबरको नदिजन्य पदार्थ निकालेमा सो ठाउंमा करीब २ फिट तल पानीको सतह बहाव धसिने हुन्छ जस्ले गर्दा नदिनाला सुक्ने गर्दछन ।
नेपालमा राजश्व आम्दानी तथा निर्माणको कारण देखाउदै जथाभाबी रुपमा नदिजन्य पदार्थ निकाल्दा नदिमा पानीको सतह धासिनाले त्यसको असर कृर्षि जन्य उत्पादन देखी जलचर तथा थलचर प्राणीहरुमा परिरहेको छ ।
बांकेमा घुसखोरी तथा बाहुवलीहरुको समेत सहभागीतामा अबैधरुपमा सञ्चालनमा रहेका क्रसर उद्योग नियमन गर्ने कार्यको सबै पक्षबाट  दवाव दिन जरूरी छ ।