डोटी-अक्षाम सडक खण्डमा नेपाली सेनाको गाडी दुर्घटना,१४ सैनिक घाइते

१३ मंसिर,अछाम /  डोटीको साँफेबगर र अक्षामको मंगलसेन सडक खण्डको तिमिल्सेनमा नेपाली सेनाको गाडी मंगरबार साँझ पल्टिँदा १४ सैनिक घाइते भएका छन् । 

घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । सह-सेनानी सञ्जय भण्डारीको नेतृत्वमा ३३ जना सेना बाजुराबाट अछामको गणतर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।

उनीहरु बाजुराको चुनावी सुरक्षाका लागि खटिएर फर्कंदै थिए । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएर नेपाली सेनाको उक्त ट्रक पल्टिएको बताइएको छ ।

घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभएको छ।