नेपालगञ्ज २१ जेष्ठ / सुरेन्द्र बहादुर सिंह नेपालका एक क्यासिनो व्यवसायी हुन्, जसले “ह्याप्पी आवर प्रा.लि.” नामक कम्पनीमार्फत विभिन्न स्थानमा क्यासिनो सञ्चालन गर्दै आएका छन्। उनको व्यवसायिक गतिविधि विवादास्पद रहँदै आएको छ, विशेषतः कर नतिर्ने, मापदण्ड विपरीत क्यासिनो सञ्चालन गर्ने, र अदालतको अन्तरिम आदेशको दुरुपयोग गर्ने आरोपहरू लागेका छन्।
हेनुहोस : सुरेन्द्र बहादुर सिंहले क्यासिनो सञ्चालन र राजश्व छलीका बिषयमा बिभिन्न सञ्चार माध्यममा हालै प्रकाशित समाचारहरु…clicks here
Annapurna Post Online Khabar HamroSamrachana Annapurna Post
क्यासिनो सञ्चालन र कानुनी विवादको सूरवात….
काठमाण्डौं स्थित होटल याक एन्ड यतीमा राज बहादुर सिंहको स्वामित्वमा रहेको रोयल क्यासिनोको स्वामित्व सुरेन्द्र बहादुर सिंहले लिनुभएको थियो ।
सरकारलाई बुझाउनु पर्ने राजश्व नतिरेर , पुरानो बक्यौता चुक्ता नगरी अदालतबाट अन्तरिम आदेश लिएर सुरेन्द्र बहादुर सिंहले उक्त क्यासिनो सञ्चालन गदै आउनु भएको थियो ।
राज बहादुर सिंहको स्वामित्वमा रहेको रोयल क्यासिनो सञ्चालनका लागी सुरेन्द्र बहादुर सिंहले स्वामित्व लिएपछी होटल याक एन्ड यतीले उनलाई क्यासिनो सञ्चालन गर्न अनुमति नदिए पछी, क्यासिनोका बिषयमा मुद्धा परेकाले हाललाई क्यासिनो सञ्चालन गर्न दिनु भनेर अदालतको आदेशका कारण उनी क्यासिनो सञ्चालन गर्न सफल भएका थिए।
सुरेन्द्र बहादुर सिंहको ह्याप्पी आवर प्रा.लिले सरकारलाई तिर्नुपर्ने रोयल्टी, शुल्क र थप शुल्क नतिरेर सरकारले राजश्व ताकेता गर्दा अदालतमा गएर बिभिन्न बहाना बनाएर निषेध आज्ञा लिदै फैसला समय लम्ब्याउदै सरकारलाई राजश्व नतिररहेको अवस्थामा निजले अदालतकै अन्तरिम आदेश र पर्यटन बिभागका केही खुराफातीको सेटिंगमा काठमाण्डौं बाहेक देहका अन्य शहरहरुमा पनि निर्बाधरुपमा क्यासिनो धन्दा सञ्चालन गदै आउनु भएको थियो । clicks here …मापदण्डविपरीत क्यासिनो | अन्नपूर्ण पोस्ट्
सुरेन्द्र बहादुर सिंहको ह्याप्पी आवर प्रा।लिले सरकारलाई तिर्नुपर्ने रोयल्टी, शुल्क र थप शुल्क नतिरेर क्यासिनो ऐन नियम बिपरित क्यासिनो सञ्चालन गर्ने सुरेन्द्र बहादुर सिंहका बिरुद्ध अदालतले पनि गत बैशाख २२ गते सरकारको पक्षमा फैसला गरेर सुरेन्द्र सिंहबाट असुल उपर गर्नुपर्ने राजश्व असुली गरि सरकारले क्यासिनो ऐन कार्यन्वयनमा ध्यान दिन आदेश गरिसकेको छ भने फैसलाको पूर्ण पाठ आईसकेको छैन ।
clicks here करोड कर छल्दै अवैध क्यासिनो – Online Khabar
सुरेन्द्रबहादुर सिंहको हयाप्पी आवर प्रा।लि।ले राज्यलाई एकातिर करोडौं कर छली गरिरहेको छ भने अर्को तिर अवैध ढंगले क्यासिनोको शाखा पनि सञ्चालन गरिरहेको पाईएको छ ।
ह्याप्पी आवरले ततकालिन समयमा नेपालगञ्जको होटल स्नेहामा, काँकडभित्ताको होटल ढाकामा, महेन्द्रनगरको होटल स्वीट ड्रीममा, भैरहवाको होटल लाकौलमा र भैरहवाकै होटल नान्समा गरी ५ वटा शाखा संचालन गरिरहेको छ तर उसले भैरहवामा एउटा सञ्चालनको अनुमती लिएको थियो ।
सेटिंगमा जे पनि गर्न छुट सुरेन्द्र बहादुर सिंहलाई छुट छ भने झै क्यासिनोको नाममा जे गरे पनि अनुगमन नहुने गरे पनि गर्नेहरु चियासिया पिएर फर्किनेलाई कानुन सम्वत जिम्मेवार नबनाए सम्म राज्य पनि निरिही बन्ने अवस्था रहिरहन सक्ने अवस्था सुरेन्द्र बहादुर सिंह र निजले सञ्चालन गरेको क्यासिनो ब्यवसायले देखाएको छ ।
#सुरेन्द्र बहादुर सिंहको मुद्धाको पक्षमा फैसला गर्ने ३ न्यायधीश विरुद्ध न्यायपरिषदमा उजुरी
विशेष अदालतले गिल्ट इन्भेष्टमेन्ट प्रा.लि.का सञ्चालक तथा होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो ह्याप्पीका मालिक सुरेन्द्र बहादुर सिंहलाई मुख्य प्रतिवादीं बनाइएको मुद्दामा २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएसँगै सुरेन्द्र बहादुर सिंह सहितका मुद्धा फेसला गर्ने ३ जना न्यायधीशहरुमाथि छानबिनको माग राख्दै न्यायपरिषद्मा उजुरी परेको थियो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ०७९ कात्तिक १५ गते सुरेन्द्र बहादुर सिंह विरुद्ध २७ करोड बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा शारदा देवी सिंह, जीवन बहादुर सिंह, जयन्ती थापा पनि प्रतिवादी थिए।
कर चुक्ता नै नगरी क्यासिनो किनबेच गरिएको उजुरीपछि उक्त कम्पनीमाथि छानवीन भएको थियो । गत १३ वैशाखमा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइको फैसला गरेको थियो। न्यायपरिषद् स्रोतका अनुसार उजुरीमा ३ जना न्यायधीशहरु र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको थियो । तीन न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी – karmacharipress
कर बक्यौता र रोयल्टी
ह्याप्पी आवर प्रा.लिले सरकारलाई तिर्नुपर्ने रोयल्टी, शुल्क र थप शुल्क गरी एक अर्ब ३३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। यसमा सुरेन्द्रबहादुर सिंहको नाममा मात्र १० करोड ८१ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको उल्लेख गरिएको छ। Nepal Live Annapurna Post
बझाङमा जन्मिएर कञ्चनपुरको विकट क्षेत्र दोधारा चाँदनीमा बसोवास गर्ने एक सामान्य परिवारमा हुर्किनु भएका सुरेन्द्र बहादुर सिंहले काठमाडौँस्थित याक एन्ड यति होटलमा सञ्चालन भइरहेको राज बहादुर सिंहको क्यासिनोको स्वामित्व लिएरको देखिन्छ ।
त्यस क्यासिनोले सरकारलाई बुझाउनु पर्ने बिभिन्न शिर्षकका करहरु नबुझाएर बाँकी राखेकोले सरकारका निकायहरुले क्यासिनो सञ्चालकलााई ततकालिन समयमा प्रयटन विभागबाट कर तिर्न ताकेता गरेको देखिन्छ ।
बिभागको पत्र अटेर गरेर उक्त क्यासिनोको बाँकी रहेको कर आफुले तिर्न नपर्ने भन्दै सरकारले आफ्नो क्यासिनो बन्द गर्न लागेको भन्दै सिंह सर्वोच्च अदालत गएपछी अदालतले उक्त मुद्दाको किनार नलागे त्यस क्यासिनोलाई नचलाउनु भन्ने अन्तरिम आदेश जारी गरेको देखिन्छ ।
क्यासिनोले कर नतिरेको र बिधि सम्मत रुपमा सञ्चालन नभएको विषयमा सर्वोच्चको अन्तरिम आदेश लम्ब्याउँदै बर्षौसम्म फैसला नभएको अवस्थामा र त्यो समयमा सुरेन्द्र बहादुर सिंहले अकुत सम्पत्ती आर्जन गरेको विषयमा पनि सम्पती शुद्धिकरण विभागमा मुद्दा परेको देखिन्छ ।
विभागले सुरेन्द्र बहादुर सिंह र निजका परिवारको नाममा स्रोत बिनाको अकुत सम्पत्ति रहेको भन्दै सुरेन्द्र बहादुर सिंहका विरुद्धमा सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको पनि विभिन्न मिसिलहरुले देखाएको छ ।
त्यसैगरी उक्त सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतका ३ जना माननीय न्यायाधीशहरूले सुरेन्द्रबहादुर सिंहको अकुत सम्पत्ति कमाएको विषयमा गरेको फैसलाका विरुद्धमा न्यायपरिषदमा उजुरी समेत परेको देखिन्छ ।
# नेपालगञ्जमा पनि बीपीचोक नजिकै सुर्खेत रोडमा विवादास्पद सिग्नेट होटललाई खरिद गरी हाल डायमण्ड होटल प्रालीको नामाकरण गरिएको होटेल सुरेन्द्रबहादुर सिंहले केही समय अगाडि खरिद गर्नुभएको देखिन्छ ।
# उक्त डाइमण्ड होटल प्रालिले चर्चेको जग्गा पुरानो कागजातका अनुसार स्वर्गीय खेमा नन्द उपाध्यायले बागेश्वरी मन्दिरलाई दानमा दिएको मालपोत कार्यालय बाँकेमा रजिस्ट्री पास गरेको पुरानो लिखतमा पनि देखिन्छ ।
# यसरी बागेश्वरी मन्दिरको जग्गा विभिन्न प्रपञ्च रचेर सुरेन्द्रबहादुर सिंह भन्दा पहिलाका होटल विक्रेताहरुले आफ्नो नाममा गरेर पछि सुरेन्द्र बहादुर सिंहलाई बिक्री गरेको देखिन्छ ।
# सुरेन्द्र बहादुर सिंहको नाममा रहेको उक्त डाइमण्ड होटल प्राली नेपाल भारत सिमा क्षेत्र जमुनादेखि ४.८ किलोमिटर भित्र रहेको छ।
# क्यासिनो नियमावली २०७० का अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र कुनै पनि संरचनामा कुनै पनि किसिमको क्यासिनोहरू सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ।
# त्यसैगरी उक्त क्यासिनो नियमावलीमा धार्मिक क्षेत्रभित्र क्यासिनो दर्ता, सञ्चालन गर्न नपाइने व्यवस्था रहेको छ। तर सुरेन्द्रबहादुर सिंहको नाममा रहेको डाइमण्ड होटल प्राली बागेश्वरी मन्दिरको ठिक पश्चिमपट्टि रहेको छ।
# क्यासिनो सञ्चालनको तयारी भइरहेको होटल डाइमण्डको पूर्व उत्तरपट्टि प्रख्यात काली माताको मन्दिर पनि रहेको छ।
# त्यसैगरी उक्त डाइमण्ड होटल प्रालीको दक्षिण पूर्वमा सरदार समुदायको गुरुद्वारा रहेको छ।
# त्यसैगरी बीपी चोकमा नै नेपालगञ्जका मुस्लिम समुदायले हरेक आफ्नो मुख्य चाडपर्वहरूमा नमाज पढ्ने गरेको प्रख्यात इदगाह मस्जिद रहेको छ ।
यसरी क्यासिनो नियमावली २०७० मा उल्लेख भएका कानुनी प्रावधानहरूलाई ठाडो उल्लङ्घन गरेर मिलेमतोमा क्यासिनो सञ्चालन गर्ने तयारी कानुन विपरीत रहेकाले यसलाई स्थानीय प्रशासनले के कसरी लिन्छ त्यो चाहिँ हेर्नैपर्ने हुन्छ।
नेपालगञ्जको सिग्नेट उर्फ होटेल डायमण्ड प्यालेस जग्गा काण्ड: बागेश्वरीका भगवान शंकरको जग्गामा रजाई गर्नेहरुको क्रमश बिनाश लिला… (पहिलो अपडेट) – HamroSamrachana
हाम्रो संरचना । २० जेष्ठ २०८२, सोमबार १९:२४