शिवशिखर सहकारी अरबौं रुपैयाँ घोटाला काण्डका अभियुक्त केदारनाथ शर्मालाई नेपालगञ्जबाट काठमाण्डौ लगियो

पक्राऊ परेका शर्मा

नेपालगञ्ज १२ असार / शिवशिखर बहुउद्धेश्यीय सहकारीका नाममा अरबौं रुपैया ठगीको आरोपमा सञ्चालक केदारनाथ शर्मालाई भारतबाट पक्राउ गरेको छ ।

२०७६ असोज१ गते पोखराबाट सुरु भई हाल भक्तपुर केन्द्रिय कार्यालय राखेर नेपालभर ३५ वटा शाखा र बाँकेमा पनि ३ वटा शाखा मार्फत आर्थिक नङ्ग्रा फिजाएको शिवशिखर रहकारीमा फिक्स डिपोजिटमा आकर्षक ब्याज दिने भनी देशभरीका ठुला शहरका सर्वसाधरण निक्षेपकर्ताहरुबाट अरबौं रुपैया रकम उठाएको थियो ।

सहकारीमा रकम हिनामिना गरेको आरोप लागेका शिवशिखर सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतका विभिन्न ठाउँमा लुक्दै आउने क्रममा सोमबार युपीको गाजियाबाद क्षेत्रबाट पक्राउ गरेको हो ।

सीआईबीका डिएसपी रुकुम कुवँरको नेतृत्वमा भारतमा खोजतलासको अप्रेशन गएको टोलीले शर्मालाई पिछा गर्दै गाजियाबाद क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उक्त सहकारीमा ठगीका मुख्य अभियुक्त केदारनाथ शर्मालाई पक्राउ पछी नेपालगञ्जको जमुनहा नाका हुदै सोमबार साँझको फलाइटबाट सिआइबीले शर्मालाई काठमाडौं लगी ठगी प्रकरणमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यस प्रकरणमा यस अघि नै विराटनगरबाट केदारनाथ शर्माकी श्रीमती गीता शर्मा पक्राउ गरेको थियो ।

यस सहकारीमा २ लाख ७ हजार बढी बचतकर्ताको करिब ८ अर्ब ५० लाख निक्षेप संकलन गरिएको छ ।

शिवशिखर बहुउद्धेश्यीय सहकारीमा वचकर्ताको पैसा हिनामिना भएको उजुरी आएपछि सीआईबीले गत असार १ गते सूचना जारी गर्दै हिनामिनामा संलग्न व्यक्तिउपर प्रमाणसहित जाहेरी दिनसमेत आग्रह गरेको थियो ।