२९ भाद्र, नेपालगञ्ज/ बिभिन्न सरकारी कार्यालयका जिम्मेवार कर्मचारी तथा ब्यक्तीहरुसंग मिलेमतो गरि सार्वजनिक निर्माण क्षेत्रमा भ्रष्टाचार गरेको जन गुनासो ब्यापक उठेपछी नेपाल सरकारले ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनको बिषयमा यर्थात छानबीन गरि रिपोर्ट पेश गर्न एक उच्चस्तरिय ५ सदस्यीय समिति गठन गरेको छ ।
नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्भव त एउटा निर्माण कम्पनीले धेरै ठाउंमा गरेको निर्माणको काम प्रती तिब्र जनबिरोध बढदै गएपछी पहिलो पटक सम्वन्धीत निकायलाई १५ दिनको म्याल सहित यर्थात रिपोर्ट पेश गर्न भनेको हो ।
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव केदार बहादुर अधिकारीका अनुसार पप्पु कन्ट्रक्सनले निर्माण गरेका भौतीक संरचनामा समयमै तोकिएको गुणस्तरिय काम किन नभएको हो ? किन समस्या आएको हो यर्थात छानबनि गरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा १५ दिन भित्र रिपोर्ट पेश गर्न सम्वन्धीत भौतिक पूर्वाधार मन्त्रालयलाई परिपत्र गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले पप्पु कन्ट्रक्सन कम्पनीको बिषयमा छानबीन गर्न पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख दीपक क्षेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति छानबीन समिति गठन गरि १० दिन भित्र रिपोर्ट पेश गर्न भनेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयलका सह–सचिव केशब कुमार शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट पप्पु कन्ट्रक्सनका बिषयमा यर्थात विवरण माग गरिएकाले उक्त रिपोर्ट पेश गर्न भन्त्रालयले समिति निर्माण गरि काम थालनी गरेको जानकारी दिनुभएको छ ।
पप्पुको पुल निर्माणमा ढिलाई र लापरबाही
भौतिक पूर्वाधार मन्त्रालयल मातहतको पुल महाशाखाका अनुसार पप्पु कन्ट्रक्सनले एकल र सयुक्त गरि हाल निर्माण जिम्मा पाएको करीब ५ अर्ब लागतका ३१ वटा पुल निर्माणको लागी ठेक्का लिएकोमा १५ वटा मात्र समय सिमा भित्र निर्माण गरेको र अन्य अलपत्र अवस्थामा रहेको पुल महाशाखा स्रोतले जानकारी दिएको छ ।
निर्माण सम्पन्न भएका पुल मध्य पनी केही पुल हस्तान्तरण अगावै भासिएको र कतै तोकिएको गुणस्तर मापदण्ड पुरा नभएकोले बिवास्पद अवस्थामा रहेका छन ।
पप्पु कन्ट्रक्सनले एकल वा सयुक्तरुपमा ठुला भौतीक संरचना निर्माण जिम्मा पाएको क्षेत्रमा सम्वधीत क्षेत्रका जिममेवार ब्यक्तीहरुसंगको मिलेमतोमा ढिला सुस्ती, लापरबाही र गुणस्तरहिन काम गरेको भनी बिभिन्न सरकारी कार्यालय बाटै कालो सूचिमा राख्नुपर्ने कारण सहित रिपोर्ट पेश गरिएको भएपनी त्यस्ता रिपोर्टको अनदेखी गरेर पप्पु कन्ट्रक्सनलाई नै ठुला निर्माणको जिम्मेवारी दिनुपर्ने अवस्थाको गहिरो अध्ययन हाल सम्म सरकारले गर्न सकेको छैन ।
सम्वन्धीत क्षेत्रका बिशेषज्ञहरुका अनुसार पप्पु कन्ट्रसनको जालो पुरानो र दरिलो भएकाले उसले निर्माणको गुणस्तर र समय सिमा जस्ता कुरा ख्यालै नगरि अन्धभक्त झै निर्माणको जिम्मा दिनेहरुकै छानबीन जरुरी रहेको बताएका छन ।
नेपालगञ्ज–कोहलपुर सडक खण्ड निर्माणमा सम्वन्धीत निकायका ब्यक्तीहरुकै मिलेमतोमा काम गरे जस्तो देखाएर काम नगरि ढिला सुस्ती गरि समय सिमा बढाउदै भौतिक निर्माणमा समेत मुल्य बृद्धि दाबी गर्न लगाएर नेपालगञ्ज–कोहलपुर सडक खण्डमा ठेक्का कबुल अंकको करीब ४० प्रतीशत अर्थात करीब १७ करोड पप्पु कन्ट्रक्सनले दाबी गरेकोमा बिभिन्न सरकारी तथा बिदेशी दात्रृ निकायका प्रतीनिधी समेतको मिलेमतोमा उक्त ठेक्का लागत बढाएको तथ्याक रहेको छ ।
ठेक्का कबुल अंकमा लागत बृद्धि गर्न खुत्रुके निर्माण गर्ने र समय सिमा बढना बित्तीकै मुल्य बृद्धि दाबी गर्न लगाएर मिलेमतोमा सरकारी पैसा स्वाह पार्ने धमिराको अन्त्य नगरुन्जेल ठुला भष्टाचार नरोकिने निर्माण क्षेत्रका बिज्ञहरुले दाबी गदै आउने गरेका छन ।
कालो सूचिको सिफारिस भएपनी हुलाकी राजमार्ग पनी पप्पुलाई नै
नेपाल सरकारले मधेशमा हुलाकी राजमार्ग निर्माणलाई तिब्रता दिन आफनै स्रोत र साधनमा ठेक्का प्रकरण सुरु गर्दा पप्पु कन्ट्रक्सनले निर्माण गरेका भौतीक संरचनामा ब्यापक जनबिरोध भईरहेको थियो । स्थानयि स्तरमा छानबीन गरि सरकारी निकायले पनी कालो सूचिमा राखी कार्बाही गनुपर्ने समाचार बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भईरहेको समयमा समेत सम्वन्धीतर सरकारी निकायका केही ब्यक्तीहरुकै पुरानो जालोको कारण पछील्लो पटक हुलाकी राजमार्ग निर्माणको अधिकांस परियोजना पनी पप्पु कन्ट्रक्सनलाई दिइएको छ ।
पप्पु कन्ट्रक्सनले हुलाकी राजमार्ग परियोजना अन्र्तगत सयुक्त र एकल गरि बांके, बर्दिया, दांग लगायतका जिल्लमा गरि १० वटा परियोजना निर्माणको जिम्मा पाएको छ । उक्त १० वटा परियोजना अन्र्तगत हुलाकी सडकको ठेक्का कबुल अंक ५ अर्ब २५ करोड ७४ लाख ७० रुपैया र ७ वटा पुलको ठेक्का कबुल अंक १ अर्ब ७ करोड ८४ लाख १५ हजार रुपैया रहेको छ ।
बिगतका निर्माण क्षेत्रमा जस्तै मिलेमतोमा निर्माणमा ढिला सुस्ती गरेर मुल्य बृद्धि दाबी गर्न लागएर लागत अंक बृद्धि गराउने चलखेल भएमा निर्माण लागत कती हुन्छ अहिल्य नै भन्न सकिने अवस्था छैन तर हुलाकी राजमार्गमा ५ वटा योजना ०७३ मा र ५ वटा ०७४ मा ठेक्का सम्झौता गरिएका छन् । यिनको काम सक्नुपर्ने मिति ०७६ र ०७७ सम्म छ । पुलको तेस्रो पटक म्याद थपिँदा पनि काम सकिएको छैन । ०६८ सालमा निर्माण थालिएका पुल नै अझै अपूरै छन् ।
पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीको अध्यक्ष सुमित रौनियार हुन् । इन्जीनियर सुमित संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारका छोरा हुन । हरिनारायण संघीय समाजवादी फोरम पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । हरिनारायणले आफुले कन्स्ट्रक्सन छाडेको दाबी गर्दै आएका छन् ।
कान्तीपुर अनलाईनका अनुसार कन्स्ट्रक्सन अध्यक्ष सुमित रौनियारले काममा ढिलाइ हुनुको दोष सरकारी पक्षलाई नै लगाएका छन् । निर्माण योजनाको सम्झौता भइसकेपछि डिजाइन परिवर्तन गर्ने, समयमै नक्सा उपलब्ध नगराउने, स्थानीयको अवरोध, लागत अनुमानको तुलनामा न्यून बजेट, बन्द हडताल, काम भइसकेको बिलको भुक्तानीमा ढिलाइ, निर्माण सामग्री अभाव मुख्य समस्या रहेको पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीको अध्यक्ष सुमित रौनियारले बताएका छन ।
हाम्रो संरचना । २९ भाद्र २०७५, शुक्रबार ०९:४९