नेपालगञ्जको सिग्नेट उर्फ होटेल डायमण्ड प्यालेस जग्गा काण्ड: बागेश्वरीका भगवान शंकरको जग्गामा रजाई गर्नेहरुको क्रमश बिनाश लिला… (पहिलो अपडेट)

नेपालगञ्ज १८ पुष / हिन्दुहरुको आस्था तथा भरोसा एवम देवहरुको पनि देव महादेव भगवान श्री शंकर भगवानको नाममा बिधिवतरुपमा दानमा प्राप्त जग्गा जमिनमा  कथित केही भक्तजनहरुले मिलिजुली बिभिन्न प्रपञ्च रचेर भगवानको नामको जग्गा हडप्ने काम गरेपछी श्री शंकर भगवानले पनि तिनिहरुलाई त्यसै नछोडेको घटना अध्ययनको क्रममा  पाईएको छ ।

वागेश्वरी मन्दिर परिसर पूर्व तलाउको बीचमा रहनुभएका जुंगे महादेवले परिचित शंकर भगवानको पुजा आज र भक्तजनहरुको खानपिनको लागी स्थानिय खेमा नाथ उपाध्यायले मालपोत बांकेमा कागज गरि शंकर भगवानको लागी दिएको जग्गा हडप्ने देखि भोगचलन गर्ने सबै ब्यक्तिहरुको क्रमश…. बिनाश हुदै गएको घटना अध्ययनको क्रममा पाईएको छ ।

परलोक सूधारका लागी भन्दै ततकालिन समयमा ५३ बर्ष पुग्नुभएका खेमानाथ उपाध्यायले शंकर भगवानको बिधिवत भाकल तथा पूजाअर्चना गरेर भगवान श्री शंकरको नित्य पूजाआजा र शंकर भगवानको दर्शन गर्न आउने तिर्थ, साधुसन्त र अन्यलाई आवश्यक पर्ने खर्चपर्चका लागी आफुले उक्त जग्गा दान गरेको मालपोत कार्यालय बांकेको लिखत पास गरिदिएको दान पत्र सम्झौतामा उल्लेख गरिएको छ ।

हेर्नुहोस: मालपोत बांकेमा गरिएको ततकालिन समयमा खेमनाथ उपाध्यायले गरिदिएको लिखत पत्रको फोटोकपी । 

हेर्नुहोस: सोमनाथ उपाध्यायले श्रीशंकर भगवानको नित्यपुजाका लागी मालपोत कार्यालय बांकेमा दानपत्र गरिएको जग्गाको निस्सा । मालपोत बांकेमा गरिएको लिखत पत्रको फोटोकपी ।

श्री शंकर भगवानको लागी ततकालिन समयका शंकर भगवानका पूजारी स्वर्गिय भोलानाथ जोगीले रेखदेख गर्ने गरी बांके जिल्ला कारकादौ मौजा अन्तरगतको मोठ नम्बर ११३ को नम्वरी जग्गा बिगाह बिक्रम सम्वत २०१४ साल फागुन २९ गते बुधबारका दिन खेमानाथ उपाध्यायले दान गरिदिएको मालपोत बांकेको लिखत पत्रमा उल्लेख गरिएको छ ।

श्री शंकर भगानको नाममा दान दिईएको उक्त जग्गाको रेखदेख तथा संरक्षण नभएपछी ततकालिन मालपोत अधिकृत केशव अमात्यले ११३ नम्बर मोठबाट कायम भईआएको ४३६ नम्बर कित्ताको १२ कटठा जग्गा आफनो नाममा कायम गराई पछी दिपेन्द्र अग्रवाललाई प्रति कटठा २ लाखका दरले बिक्री गरेको पाईएको छ ।

बागेश्वरी मन्दिर नजिकै हनुमानगढी मन्दिर र काली माताको मन्दिर पश्चिम नेपालगञ्ज सुर्खेतरोडसगै जोडिएको उक्त जग्गा ततकालिन सिग्नेट होटेलका मालीक रहेका दिपेन्द्र अग्रवालले बांकेका ततकालीन मालपोत अधिकृत केशव अमात्यबाट प्रति कटठा २ लाखका दरले १२ कटठा, सुर्खेतरोडमा जोडिएको केशरमान श्रेष्ठबाट १ कटठा र ऋषि तथा नर्मदा खनालको नाममा रहेको १ कटठा गरि जम्मा १४ कटठा जग्गा दीपेन्द्र अग्रवालको नाममा मिलिभगतमा कायम भएको देखिन्छ ।

त्यसपछी पनि त्यस क्षेत्रमा रहेको थप अन्य ऐलानी जग्गा मध्य थप ४ कटठा जगगा मालपोत, भुमिसुधार र नापी कार्यालयका ततकालीन कर्मचारीहरुसंग मिलेर दीपेन्द्र अग्रवालकै समयमा नगद नाराणको लागी प्रपञ्च रचेर जग्गा हडपेको देखिन्छ ।

दीपेन्द्र अग्रवालले मालपोत कार्यालय बांके र नापी कार्यालयका केही भ्रष्ट ब्यक्तीहरुसंग मिलेमतो गरि उक्त ठाउंमा १८ कटठा जग्गा कायम गराई हाल पुरख्यौली घर सुदुरपश्चिको पहाडी जिल्ला बझांगबाट तराईका जिल्ला हुदै  हाल काण्ठमाण्डौं बसोबास गर्दै आउनु भएका सुरेन्द्र बहादुर सिंहले खरिद गरेर केटी काण्डले बदनाम भएको पुरानो सिग्नेट होटेल भएको ठाउंको त्यही दानमा प्राप्त शंकर भगवानको जग्गा रहेको ठाउंमा सुरेन्द्र सिहले होटेल डायमण्ड प्राली कम्पनी दर्ता गरेर होटेल डायमण्ड प्यालेस सञ्चालनको अन्तीम तयारी गरिहरनुभएको पाईएको छ ।

होटेल सिग्नेटका सञ्चालक दिपेन्द अग्रवालका पिता एवम सरकारी कर्मचारीसँगको मिलोमतोमा आफनो नाममा दर्ता गराएको र दातपत्र वाला खरिद गरेको जग्गा को नाप नक्सा ।

करोडौं मुल्यको धार्मिक क्षेत्रमा रहेको श्रीशंकर भगवान जीको लागी प्राप्त जग्गा बेचबिखन तथा अपचलन भएपछी संयोग नै मानुपर्दछ ति कसैको पनि भलो नभएको देखि र सुनी जान्ने तमाम जिउदा सत्य घटनाको इतिहास यत्र-तत्र रहेको पाइएको छ ।

श्रीशंकरको सम्पती हडप्ने सबैको कुभलोको संक्षिप्त जानकारी:

 

  • सोमनाथ उपाध्यायले बागेश्वरी मन्दिर पूर्व तलाउ बीचमा बिराजमान रहनुभएका भगवान श्रीशंकरलाई भाकल गर्दै आज देखी यो जग्गा तपाईको नाममा दान पत्र गरिदिए भनि बिधिपूर्वक पूजा आजा गरि मालपोत बांकेमा लिखत दानपत्र गरिदिएको मालपोत कार्यालय बांकेबाट प्रमाणित गरिएको कागजातको फोटोकपीमा देखिन्छ ।
  • श्रीशंकर भगवानका पुजारी भोलानाथ जोगीलाई संरक्षक राखीे दान दिएको उक्त जग्गा पुजारीको नामबाट ततकालिन मालपोत अधिकृत केशव अमात्यको नाममा जग्गा दर्ता कायम हुनगएपछी पुजारीको नाममा जग्गा गएको केही दिन मै पुजारीको अल्पआयु मै मृत्यु भएको तितो तर यर्थात सत्य रहेको जानकारहरुले बताउनु भएको छ ।
  • त्यसैगरि पुजारीको नामबाट आफनो जग्गा कायम गराई दिपेन्द्र अग्रवाललाई प्रति कटठा २ लाखका दरले बिक्री गरेको केही दिनमा नै ततकालिन बांके मालपोत अधिकृत केशव अमात्यको हर्ट अटयाक भई पहिल्य प्यारालाइसिस भएको र त्यसको केही दिनमा नै मृत्यु भएको देखिन्छ ।
  • संयोग नै मान्नुपर्दछ केशव अमात्यको मृत्युको काजक्रिया नसकिदै केशव अमात्यको श्रीमतीको पनि मृत्युभएको घटना अध्ययनको क्रममा पाइएको छ । केशव अमात्यको नामबाट दिपेन्द्र अग्रवालले लिएपछी दिपेन्द्र अग्रवालको पनि हरेक क्षेत्रमा ओरालो लागेको देखिन्छ ।
  • दिपेन्द्र अग्रवालका पिताले सञ्चालन गरेको कमला मेडिसिन लगायत ३ वटा बिभिन्न औषधी फर्मबाट राम्रो ब्यवसाय गदै आएका दिपेन्द्र अग्रवालले श्री शंकर भगवानलाई दानमा प्राप्त उक्त जग्गा खरिद र केही थप कब्जा जमाएर आफनो नाममा गरेपछी आर्थिक तथा सामाजिक अवस्था ओरालो लागेको बिभिन्न घटनाक्रमहरुमा देखिन्छ ।
  • कोभिडको समयमा भारतबाट समान ल्याउदा उतै ट्रक रोकिनु देखी औषधी बिक्रीमा घोटाला गरेको भन्दै अनुगमन समितिले ३ वटा छुटटा छुटटै फर्मका नाममा जरिवाना , सिग्नेट होटलेको केटी काण्डमा प्रहरीमा लिखित बयान लगायत थुप्रै काण्डले दिपेन्द्र अग्रवाल आर्थिकरुपमा मात्र नभएर सामाजिकरुपमा समेत ओरालो लागेको देखिन्छ ।
  • अग्रवालले सिग्नेट होटेल बिक्रीका लागी पनि धेरै पटक प्रयास गर्दा पन बिवादै बिवाद खडा हुने गरेको पाइएको छ । श्रीशंकर भगवानको नाममा दानमा प्राप्त जग्गा र थप जग्गा कब्जा गरि होटेल सिग्नेट सञ्चालन गरेपछी उक्त होटेलमा बिभिन्न झै–झमेला देखी आर्थिकरुपमा समेत धरासायी बन्दै गएपछी होटेल बिक्रीका लागी अनेकौ ग्राहक आएपनि बिभिन्न झै झमेलाका कारण भनेजस्तो मुल्यमा नपाउने घटना देखी पछील्लो पटक होटेल खरिदका भारतिय ग्राहक देखी पूर्व मन्त्री इस्तियाक राई, कान्तिपुरका कैलाशका साला र साथी लगायतसंग कुरा नमिलेको कसैसंग छुपेको छैन ।

 

दिपेन्द्र अग्रवालले धार्मिक क्षेत्रको उक्त बिवादास्पद जग्गा राखेर पहिल्यको मेगा बैक हालको इन्भेष्ट बैकबाटबाट करिब ८० करोड ऋण कारोबारो गरेको देखिन्छ भने दिपेन्द्र अग्रवालले करिब ६ महिना पहिला सुरेन्द्र बहादुर सिंह सञ्चालन रहेको होटेल डाईमण्ड प्रा।लि।लाई १०९ करोडमा बिक्री गरेको भनियता पनि मालपोत कार्यालयमा बांकेमा ९४ करोडमा बिक्री गरेको देखाएर कर छली गरेको भरपर्दो बिशेष स्रोतले जानकारी दिएको छ ।

यस सम्वन्धमा हालका होटेल डायमण्डका सञ्चालक सुरेन्द्र बहादुर सिंहले प्रयोग गर्ने गरेको मोबाईल सिम नम्बर ९८२३१०९२७८ र ९८०१०९०७८४ पटक पटक सम्पर्क गर्दा फोन नउठेर सम्पर्क हुन सकेको छैन ।

बिगतमा केटी काण्डबाट बदनाम उक्त सिग्नेट होटेल दिपेन्द्र अग्रवालबाट खरिद गरेपछी सुरेन्द्र बहादुर सिंह सञ्चालक रहेको होटेल डायमण्ड प्रा।लि।ले बैकको करोडोै लोन लिएकाले उक्त घटनामा सम्वन्धीत निकायहरुले छानबीन सुरु गरेमा बैकको लगानी डुब्ने निश्चित जस्तै छ ।

भगवानलाई समेत नछोडने भु–माफिया तथा दलालहरुको चंगुलमा परेर पुरानो सिग्नेट होटेल खरिद गरेको सुरेन्द्र बहादुर सिंह समेत सञ्चालक रहेको होटेल डायमण्ड प्यालेस प्रा।ली। एकातिर मठ मन्दिरको नाममा दान दिएको देखिएको जग्गा गरिद गरेको ६ महिना नबित्दै बिवादमा परेको छ, भने मन्दिर , मस्जिद र गुरुद्धारा सगै रहेको उक्त होटेलमा क्यासिनोका नाममा जुवा सञ्चालनका लागी अनुमती लिन सञ्चालकहरु दिनरात लागी रहेको पनि देखिन्छ ।

अर्कोतिर बागेश्वरी धार्मिक क्षेत्रमा क्यासिनो सञ्चालन क्यासिनो सञ्चालन गर्न नपाईने क्यासिनो ऐनमा इस्पष्ट उल्लेख छ । धार्मिक क्षेत्रमा क्यासिनो सञ्चालन गरेको अवस्थामा फरक धर्मका पक्षधरहरु बीच बिवाद उत्पन्न भई स्थिती भयाबह हुनसक्ने र झन त्यसमा नेपालगञ्ज धार्मिक तथा समाजिक दृष्टीले अति संबेदनशिल क्षेत्र रहेकोले यसलाई कानुनमा नै उल्लेख गरेर ब्यवस्थान गरिएको छ । त्यसका बावजुद पैसाको आडमा पालकहरुले नै लत्याउदै आएको अवस्था रहेको छ ।

क्यासिनो सञ्चालन नियम बिपरित स्किृत लिएर सञ्चाल गरेमा त्यो एकातिर क्यासिनो सञ्चान अनुमती प्रावधान बिपरित रहेको छ भने अर्कोतिर भगवानको दानमा प्राप्त जग्गामा जुवा सञ्चालन गर्ने कार्य होटेल डायमण्डले क्यासिनो सञ्चालन गरेमा एकातिर ऐन नियम बिपरित र अर्को तिर सामाजिक धार्मिक भावना बरखिलाप हुने देखिन्छ ।

त्यसैगरि अर्कोतिर नेपालगञ्ज उप–महानगरपालिकाले सिग्नेट होटेलवालाले आफनो क्षेत्रअधिकार दुरुपयोग गरि भवन निर्माण आचासंहिता बिपरित निर्माण भएका संरचना नियमन गनूपर्नेमा नियामक निकायहरु मिलेमतोमा चुपचाप लागेर बसेको पनि उक्त घटनामा देखिन्छ भने पुरानोले नियम बिपरित गरेको काममा नयां टिमल त्यसलाई वेवास्ता गरेकोले त्यसलाई नियमन गर्नुपर्ने दवाबमा सुरेन्द्र बहादुर सिंह टिम परेको छ ।

भवन आंचारसंहिता बिपरित संरचना बनेकाले लामो समय सम्म पनि नेपालगञ्ज उपमहानगरबाट नक्सा पास प्रक्रिया अडकिएर बिवाद अदालत सम्म पुगेको पुरानो सिग्नेट उर्फ हाल होटेल डायमण्ड प्यालेसबाट सुरेन्द्र बहादुर सिंहले सञ्चलानको तयारी गरिरहेको भवनको मेन गेट भवन ।

 

हेर्नुहोस: क्यासिनो नियम…