बैशाख २४ नेपालगञ्ज / बागेश्वरी मन्दिर स्थित शंकर भगवानको गुठीलाई दान दिएको नेपालगञ्ज बाटरपार्क टाउन प्लानिगको करोडौं मुल्यको १६ कटठा १४ धुर जग्गा ब्यक्तीको नाममा लालपुर्जा बनाउने चलखेलको सम्वन्धमा उच्च अदालत नेपालगञ्ज इजलासले नेपालगञ्ज उपमहानगरलाई दिएको आदेशका् पालना गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको नगर बिकास समितिले पनि उक्त जग्गाको प्रमाणहरु हेर्दा जग्गा शंकर गुठीको लागी दान दिएको र त्यसकै नाममा श्रेस्ता गर्नुपर्ने आशय सहितको निर्णय गरि हक दाबी पक्षहरुलाई परिपत्र गरेर जानकारी दिएको छ ।
नगरपालिका र नगर बिकास समितिको तर्फबाट अधिकार प्राप्त सदस्य सचिव एवम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खडकाले नगरपालिकाका सरोकार निकायहरु एवम कानुनी परामर्शको आधारमा उक्त जग्गाको अदालतले भने बमोजिम प्रमाण बुझने र हेर्ने काम गरिएको जिकिर गर्नुभएको छ ।
जग्गाको प्रमाण बुझने र हेर्ने क्रममा धार्मिक आस्थाका ब्यक्ती गोकरण महाराजले ततकालिन समयमा बागेश्वरी समितिमा रहनुभएका ब्यक्तीहरुको सयुक्त नाममा दान दिएको जानकारी नापी तथा मालपोतको एतिहासिक श्रेस्ताबाट देखिएको उल्लेख गदै जग्गा दाबी पक्षहरुले जग्गा आफनो भए ! कुन स्रोतबाट कसरी प्राप्त गरेको हो ?
केही प्रमाण दिन नसकेकोलृ उक्त जग्गा शंकर गुठीको नाममा गर्नुपर्ने र त्यसको अधिकार आफुलाई नभएकोले त्यसका लागी उक्त करोडौं मुल्यको जग्गा आफनो नाममा पुर्जा दिन माग गरिदिन पक्षहरुका पहिलो नम्वरमा गोपीकृष्ण हलवाईको छोरा बांके नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर ३ बस्ने प्रदिप कुमार गुप्ता, त्यसैगरि नेपालगञ्ज वडानम्बर ३ मै बस्ने भगवान प्रशादको छोरा अशोक कुमार।, रबिन्द्र टण्डनको छोरा वडानम्बर १३ बस्ने नीरज टण्डन, बिष्णु चरण कसौधनका २ जना छोरा नेपालगञ्ज वडानम्बर ४ बस्ने रामगोपाल बैश्य र उमाशंकर कसौधन बनियालाई नगरपालिकाले निर्णय गरि जानकारी दिएको छ ।
हेर्नुहोस निर्णय र परिपत्रको छायांकपी…
माथी उल्लेखित निर्णयको शब्दमा
नेपालगञ्ज नगर विकास समितिको कार्यालय
नेपालगञ्ज, बाँके
मितिः २०८२/०१/१९/६
सदस्य–सचिव श्री ओमबहादुर खड्काबाट भएको निर्णय
विषयः जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराई पाऔं विषयक सम्वन्धमा ।
प्रदीप कुमार गुप्ता, अशोक कुमार गुप्ता, नीरज कुमार टण्डन, राम गोपाल वैश्य र उमा शंकर कसौधन बनिया समेत जना ५ले जिल्ला बाँके नेपालगन्ज नगर वडा नं, १ग कि.नं.११२ को ज.वि. ०–१६–१४ को जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध गराई पाऔं भनी मिति २०८१/१२/०६ मा यस कार्यालयमा निवेदन दर्ता गराउनु भएको सन्दर्भमा,
जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउनको लागि परमादेशको आदेश समेत जारी गरी पाऔं भनी प्रदीप कुमार गुप्ता समेत(५जनाले दायर गर्नु भएको उत्प्रेषण, परमादेश, प्रतिषेध मुद्दा (रिट नंं ०८१-WO-००२१) मा कि. नं. ११२ को जग्गाधनी दर्ता प्रमाण पुर्जाको विषयमा
“….. उल्लेखित विवादको विषयमा जो, जे प्रमाण बुझ्नु पर्ने हो बुझी रिट निवेदकहरुको नाउँमा जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन मिल्ने नमिल्ने सम्बन्धमा कानून बमोजिम निर्णय गरी निकास दिनु भनी नेपालगञ्ज उप–महानगरपालिका र नेपालगञ्ज नगर विकास समितिको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ” भनी सम्मानित श्री उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट मिति २०८१/०९/२४ गतेमा फैसला भएको,
सोही अनुसार प्रमाण बुझ्ने कममा मिति २०८१/ १२/२१ गते निज निवेदकहरुलाई जग्गाको श्रोत पेश गर्नु हुन भनी पत्राचार गरिएको र निजहरुले यस समितिको कार्यालयमा मिति २०८२।०१।०९ गते निवेदन साथ पेश गरेका प्रमाण कागजात हेर्दा काशीराम बनिया समेत जना–६ का नाउँमा उक्त कि.नं.११२ को कित्ता जग्गा के कुन श्रोतबाट आएको हो ? भन्ने प्रष्ट संग खुलाउन नसकेकोले निवेदकहरुले जग्गाको मुल श्रोत स्पष्ट पेश गरिएको देखिएन ।
यसै गरी प्रमाण बुझ्ने सन्दभ्मा नापी कार्यालय, बाँकेबाट जिल्ला बाँके, नेपालगञ्ज नगर १ग को कि.नं.११२ क्षेत्रफल ०–१६-१४ जग्गाको फिल्डबुक तथा प्लट रजिष्टर माग गरी हेर्दा फिल्डबुकको किसानको व्यहोरा महलमा
“यो जग्गा नेपालगञ्ज एकलैनी बस्ने गोकरन महाराज ब्राम्हनको नम्बरी हो” भन्ने व्यहोरा उल्लेख भएको र सोही फिल्ड बुकको कैफियत महलमा “ यो जग्गा जोताहाले नापीको बखतमा मेरो पतीको गोकरन महाराज ब्राम्हण भनी लेखाई दिएकोमा मेरो पतीको नाउमा दर्ता नभई यो जग्गा शंकरको पुजा गुठीको लागी” भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।
यसरी उल्लेखित कि.नं. ११२ को जग्गा काशिराम बानिया समेत जना–६ का नाउँमा के कुन श्रोतबाट प्राप्त भएको हो ? भन्ने कुराको कुनै पनि आधिकारिक प्रमाण निवेदकहरुले निवेदन साथ पेश गरेको नदेखिएको र उक्त कित्ता जग्गाको फिल्डबुक व्यहोरामा दाताले गुठी प्रयोजनका लागि उक्त कित्ता जग्गा दिएको हो की भन्ने देखिएको अवस्थामा प्रमाणको विवेचना गरी किं.नंं.११२ को जग्गा व्यक्ति विशेषको हो वा धार्मिक गुठीको सार्वजनिक सम्पति हो भनी हक कायम गर्नु गराउनु पर्ने अवस्थाको सृजना भएको र सम्पतिको हक कायम गर्ने गराउने क्षेत्राधिकार यस कार्यालयलाई नभएको हुँदा उक्त जग्गाको हक कायम तर्फ सम्मानित बाँके जिल्ला अदालतमा जान् भनी, निवेदकहरुलाई जानकारी गराउने निर्णय गरियो।
ओमवहादुर खड्का
सदस्य सचिव
हाम्रो संरचना । २४ बैशाख २०८२, बुधबार १८:३६