त्रिशूली बस दुर्घटना : हाल सम्म ८ जनाको मुत्यू ,२४ जनाको उद्धार (अपडेट )

तस्बिरः हरिहरसिंह राठौर

१३ मंसिर,मुग्लिन/ त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । दुर्घटनामा घाइते भएका पवन महतको समयमै उद्धार नहुँदा ज्यान गएपछि मृतकको संख्या ८ पुगेको हो ।

 काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान करिब ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशूली नदीमा खसेको छ ।
प्रहरीका अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ । 

सशस्त्र प्रहरी गोताखोरले बसलाई २५ फिट तल फेला पारेको छ । बसलाई निकाल्ने तयारी भइरहेको छ । प्रहरीका अनुसार सह-चालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । मृतक मध्ये देवदह-१०, गोदाहका दीपक पाण्डे र ठेगाना नखुलेको पवन महत छन् ।

मुग्लिन, जोगिमारा र गजुरीबाट पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले घाइतेको उद्धार गरिएको थियो ।

गलत दिशाबाट आएको ६ ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सह-चालकलाई नियन्त्रणमा लिइएको छ ।