नेपालमा राष्ट्रपति निर्वाचन : विद्यादेवी भण्डारी लगातार दोस्रो पटक महिला राष्ट्रपति निर्वाचित हुने निश्चित

२९ फागुन,काठमाडौं/  राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेबाट काठमाडौंको संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ।

नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन प्रणाली अपनाए पछीको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि मतदान गर्नेसमय तोकिएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिनु भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट संबिधानमा ब्यवस्था गरिएको छ ।

संबिधान अन्र्तग तबनेको कानुनले संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र ७ वटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था रहेको छ ।
ीनर्बाचन आयोगले संघीय संसदका ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली यस अघि नै प्रकाशित गरिसकेको छ ।
मतदाताको मतभार फरक रहेकाले त्यसै अनुसार मतपत्र समेत दुई थरीको बनाइएको आयोगले जनाएको छ । संघीय संसद्का सदस्यका लागि सेतो कागजमा हरियो रङले छापिएको र प्रदेशसभाका सदस्यका लागि सेतो कागजमा रातो रङले छापिएको मतपत्रको व्यवस्था गरिएको छ । कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने राष्ट्रपतिको उम्मेदवार विजयी हुनेछन् ।

राष्ट्रपतिका लागि बाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि एमाले र माओवादीसहितको वाम गठबन्धनकै मत पर्याप्त भएकोमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत समर्थन वाम गठबन्धनलाई रहेकाले भण्डारीले सहजै चुनाव जित्ने सम्भावना  छ ।