२०७५ जेष्ठ महिनाको राशि फल….

मेष राशिः मेष राशिका लागि यो महिना लाभदायी रहनेछ । यात्राको विशेष योग देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रबाट पनि विशेष लाभ रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ देखिन्छ । बौद्धिक उन्नयन हुने छ । मित्र जनको सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । कार्यमा बाधा व्यवधान आउन सक्ने देखिन्छ । शत्रु सबल रहने भएकाले कार्यमा सजगता अपनाउनु उचित देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष राशिः वृष राशिका लागि यो महिना कार्यदायी रहनेछ । यात्राका विशेष योग देखिन्छन् । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । व्यापार व्यवसायबाट लाभ नै देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । व्यवसायमा वृद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुन सक्ने देखिन्छ ।

मिथुन राशि :  मिथुन राशिका लागि यो महिना खर्चिलो रहनेछ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । स्वास्थ्यको क्षेत्र भने त्यति सबल देखिदैन । रोग व्याधिले खर्चमा वृद्धि गराउने देखिन्छ । विद्या अर्थकरी रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् ।

कर्कट राशिः कर्कट राशिका लागि यो महिना लाभदायी रहनेछ । शत्रु नाश हुने छन् । नयाँ कार्यप्राप्तिको योग देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ देखिन्छ । खेल क्षेत्रमा विशेष अभिरुचि रहनेछ । आमदानीका स्रोत बढ्ने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो महिना फलदायी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । पराक्रम बनुकका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ । आर्थिक वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । भू–धनबाट विशेष लाभ हुनेछ । विद्या लाभदायी रहनेछ । शत्रु पराजित हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । शत्रु सबल रहने छन् । खर्चमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि ज्ेष्ठमहिना मध्यम फलदायी रहनेछ । व्ययमा वृद्धि हुने छ । पारिवारिक सुख मिल्ने छ । आफन्तजनबाट साथ सहयोग मिल्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहनेछ । यात्राका विशेष योग देखिन्छन् । व्यवसायमा उन्नति हुनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ । कार्य क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनु उपयुक्त हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो महिना कार्यदायी रहनेछ । श्रीवृद्धिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । कर्यमा प्रगति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्ने छन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । यात्राका योग पनि देखिन्छन् । शत्रु पक्ष सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो महिना यात्रामयी रहनेछ । कार्य लाभका साथै यात्राका सुअवसर प्राप्त हुनेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा उन्नति प्रगति हुनेछ । कार्योन्नतिको योग देखिन्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । काम बन्नुका साथै मित्र सुख मिल्नेछ । कृषि कार्यमा रुचि जाग्नुका साथै आमदानीका स्रोत बढ्ने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो महिना फलदायी रहनेछ । शत्रु नाश हुनेछन् । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । सामाजिक मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्रबाट लाभदायी रहने देखिन्छ । पारिवारिक सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुनेछ प्रेम जीवन सुखद् रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ ।

मकर राशिः मकर राशिका लागि ज्येष्ठ महिना मध्यम फलदायी रहनेछ । शत्रु पक्ष सबल रहने देखिन्छ । मित्रजनबाट विशेष लाभ हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ । राजनीतिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ देखिन्छ । धनको क्षेत्रमा भने अपचलन भइरहनेछ । कार्यमा केही कठिनाई पर्न सक्ने छ । शत्रु पक्ष सबल रहनेछन् । पारिवारिक सुख मिल्ने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो महिना मध्यम रहनेछ । मित्रजनबाट सुख मिल्नेछ । सोचेका काम बन्ने छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ । शत्रु वृद्धिका साथै खर्च पनि बढ्न सक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि महिना फलदायी रहनेछ । श्रीप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसाय बढ्नुका साथै विशेष लाभ हुने देखिन्छ । मनमा अस्थिरता भने रहिरहनेछ । बोलीको विशेष प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुने छ । शत्रु पराजित हुने छन् । आयमा वृद्धि हुने देखिन्छ । haryakpal.com bat

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५