अख्तियारद्वारा घुस सहित  ९ जना प्रहरी पक्राउ

३१ भदौ,नेपालगञ्ज/ घुस खाएको आरोपमा अख्तियार दसरुपयोग अनुसन्धान आयोगको टोलीले २ जना प्रहरी जुनियर अधिकृत सहित ९ जनालाई रंगेहात पक्राउ गरेको छ ।

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ति ९ जना प्रहरीलाई अख्तियारले एकै पटक पक्राउ गरेको हो । २ जना प्रहरी सहायक निरीक्षक सहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’मा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमी वृत्तका प्रहरीहरु रहेका छन् । प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठलाई आयोगले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्यस्तै, प्रहरी सहायक निरषिक सुवास ढुंगाना र हवल्दार दीपक भारती ४५ हजार रुपैयाँ घुस सहित समातिएका छन् ।

प्रहरी हवल्दार उमेश यादव, अमन चौधरी, प्रहरी जवान दीपेन्द्र कुँवर र मुकेश पटेल ५–५ हजार घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभएकोछ।

प्रहरी जवान द्वय रत्न रिजाल र मान सिंह रोका पनि ५ हजार घुस लिएको अवस्थामा समातिएको पनी प्रवक्ता दंगालले बताउनु भएको छ ।

“बालुवा ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने गरेको सूचनाका आधारमा हामीले उनीहरूलाई पक्राउ गरेका हौ” आयोगका प्रवक्ता दंगालले भन्नु भयो । स्रोतका अनुसार बालुवा ठेकेदारहरूसँग उनीहरूले महिनावारी पैसा बुझने गरेका थिए ।