शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक दुर्घटनामा १ जनाको मुत्यू

२३ पुस,कञ्चनपुर/ पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिक आइतबार राति मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

म १ प ३९६४ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट झलारी बजार तर्फ आउदै गरेका शुक्लाफाँटा नगरपालीका–१० का अन्दाजी ३९ वर्षीय गणेशराज भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अबस्थीले जानकारी दिनुभएको छ । गति नियन्त्रण गर्न नसक्दा मोटरसाइकल कल्भर्ट तल खसेको हुन सक्ने प्रहरीको भनाई रहेको छ ।