५ मंसिर, नेपालगन्ज/ पश्चिम नेपालको प्रबेश दवार तथा एतिहासिक प्रमुख नगर नेपालगञ्ज र यस वरपर रहेका क्षेत्रमा पनि निर्वाचनको रौनकले बिस्तारै छुदै गएको छ ।
नेपालगञ्ज उप-महानगरपालीकाका अधिकांस वडाहरु बाँके निर्वाचन क्षेत्र नं २मा पर्दछन र यहां निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु व्यक्तिगत चिनारी र विकासे एजेन्डासहितको प्रतिबद्धता पत्र बोकेर घरदैलोमा गर्न सुुरु गरेका छन् ।
त्यसैगरी राप्रपा नेपालको तर्फबाट नेपाली कांग्रेसको समर्थनमा आफना उम्मेदवार सहित घर दैलो गरिरहेका छन ।
त्यसैगरि तेस्रो शक्तीको रुपमा संघिय समाजबादी फोरम पनि आफनो क्ष्गेत्रमा प्रभाव बढाउन दौडधुप गरिरहेका छन ।
नेपालगञ्जमा मुख्य गरेर त्रिपक्षीय भिडन्तको अवस्था रहेको छ ।
बामगठबन्धन,राप्रपा र संघिय समाजबाद फोरम बीच प्रतिस्पर्धा हुने देखएिको छ ।
गठबन्धनको प्रचार सचिवालयका अनुसार मंगलबार गठबन्धनले नेपालगञ्जको वडा नं. ९ बाँके गाउँ र त्यस वरपरका आसपासमा वामगठबन्धनका उम्मेदवार तथा नेता–कार्यकर्ताले व्यक्तिगत चिनारी र विकासे एजेन्डा सहितको प्रतिबद्धता बोकेर घरदैलो गरेका छन ।
चारबाहिनी चोकमा प्रचण्डपुत्र प्रकाश दाहालप्रति एक मिनेट मौन धारण र श्रद्धाञ्जली अर्पण गरी गठबन्धनले घरदैलो शुरुवात गरेको जनाएको छ । घरदैलोका क्रममा बाँके क्षेत्र नं. २ का उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश सभा क का कामता खटिक र ख का उम्मेदवारहरु क्रमशः र विजयकुमार गुप्ताको राजनीतिक, साजिक र ब्यक्तीगत अनुभव र शिक्षा लगायत समेटेर उम्मेदवारहरको यात्रा र उनीहरुले गरेका विकासका एजेन्डाहरु प्रतिबद्धता पत्र समेटिएका छन् ।
तिनै जना उम्मेदवारको साझा प्रतिबद्धताका रुपमा बांके क्षेत्र नम्बर २ का तर्फबाट ३० बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ ।
नेपालगञ्ज विश्वविद्यालय, विमानस्थलको स्तरबृद्धि, राप्ती नदी कटान, डुवान रोक्ने र बाढीपीडितलाई सुरक्षित बसोबास गराउने, नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र,सबै गाउँमा सडक सञ्जाल जोड्ने, भेरी अञ्चल अस्पतालको स्तरबृद्धि लगायतको रहेको छ ।
लोडसेडिङ अन्त्य, स्वास्थ्य बिमा, शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षामा सुलभ पहुँच पु-याउने, पर्यटनको विकास र जिल्लालाई प्रवेशद्वारका रुपमा विकास गर्ने, धार्मिक सद्भावमा विशेष जोड, राप्तीघाटलाई व्यवस्थित, सामाजिक सुरक्षा सुरक्षा पाँच हजार पु-याउने, कृषि तथा औद्योगिक क्षेत्र विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, फोहोर व्यवस्थापनलाई पुनः प्रयोगका परियोजना सञ्चालन गर्ने, तराई मधेससमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता, समृद्धि सुनिश्चित गर्न देश र जनताको आवश्यकता अनुसार संविधान कार्यान्वयनको परिमार्जन र विकास गर्दै तराई मधेसका साथै समग्र राष्ट्रको आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धताहरु रहेका छन् ।
आफ्ना प्रतिबद्धताहरु लिएर घरघरमा पुगेका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु उत्साहित देखिएका छन् । ‘हाम्रो अभियान सफल भएको छ । घरघरमा पुग्दा आम जनताले माया, सद्भाव देखाएका छन्, बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले बताउनुभएको छ ।
हाम्रो संरचना । ५ मंसिर २०७४, मंगलवार १६:१२