बाँकेको प्रहरी हिरासतमा बालक हत्या तथा अपहरणका अभियुक्तको मुत्यू

५ मंसिर नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा बिहीबार राति बालक हत्या तथा अपहरण काण्डका एक जना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा फेला परेका छन्।
बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्यका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा झुण्डीएर मुत्यू भएको अवस्थामा शुक्रवार विहान भेट्टिएका हुन।

शुक्रबार विहानै हिरासत कक्षमा झुण्डीएको अवस्थामा रैदास फेला परेपछी हिरासत कक्षमा सगै रहेका अन्य ब्यक्तीहरूबाट जानकारी पाएपछी रैदासका आफन्त, वडाका जनप्रतिनिधी, वकील, चिकित्सक, स्थानिय प्रशासन र आफनो माथिल्लो निकायलाई खवर गरेर प्रहरीले घटना स्थलको मुचुल्का गरी पोष्टमार्टमको लागि रैदासको शवलाई भेरी अस्पतालमा लिने तयारी गरेको छ ।

अभियुक्त रैदासले जाडोमा ओडने कपडा लाई पासोको रुपमा प्रयोग गरी अरु सगैं रह्रेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर पंखामा झुण्डीएको हुन सक्ने घटना प्रकृतीले प्रारम्भीक रुपमा देखाएको घटना स्थलमा पुगेको समाचार स्रोतले जनाएको जानकारी दिनुभएको छ ।

रैदास यस अघि पनी हात हतिया तथा खर-खजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ती हुनुहुन्छ।