नेपालगञ्ज एयरपोर्टमा ३३.३४ मिली ग्राम चरेश सहित एक महिला पक्राउ

Photo : file

११ माघ, नेपालगञ्ज/   मंगलबार विहान नेपालगञ्जबाट  काठमाडौंका लागी उडन लागेको बुद्ध एयरको प्यासेन्जर बाट ३३.३४ मिली ग्राम  चरेका सहित  एक जना महिला  पक्राउ पर्नुभएको छ ।

बुद्ध एयरकाे उडान नं. ४५२ बाट काठमाडौं जाने क्रममा प्रहरीकाे चेकजाचकाे क्रममा जुम्लाको तिला गुफा नगरपालिका वडनम्बर ३ निबासि बर्ष ५० कि कुष्णकला शाहि बाट ३३.३४ मिलिग्राम चरेस एयरपोर्टमा परिचालित प्रहरीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुधन आर्चायले जानकारी दिनुभएको छ ।