लगातारको बर्षा पछी आएको पहिरोले सुदुरपश्चिमको अछाममा कम्तिमा २ दर्जनको मृत्यू

अछाम १ असोज/  शुक्रबार देखी लगातार परेको बर्षाले सुदुरपश्चिम बिकास क्षेत्रको पहाडी जिल्ला अछामको तीनवटा पालिकाको कम्तीमा ५ स्थानमा गएको पहिरोले पुरिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केही बेपत्ता अवस्थामा रहेका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।

अछाम जिल्लाको बिकट क्षेत्र मानीने तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र सोही पालीकको ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको २ ठाउँमा पहिरो खस्दा करिब २ दर्जन मानवीय क्षति भएको जानकारी प्राप्त हुन आएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिनुभएको छ ।
तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना भएका बेपत्ता छन् । अछामकै कमल बजार नगरपालिका वडा नम्बर ६ मा पनि ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ ।

त्यसैगरि ढकारी गाउँपालिका वडानम्बर ६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएको प्रशासकीय अधिकृत दिपेश रिजालले जानकारी दिनुभएको छ ।

पहिरोका कारण धेरै भौतिक क्षति भए पनि बिवरणहरु संकलन नभइसकेको र पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उहौले जानकारी दिनुभएको छ ।

पहिरोस्त क्षेत्र मध्यको घटनास्थल अक्षाम एक तुर्माखांद क्षेत्रको पहिरो

पहिरोमा परेर मृत्यु हुनेहरुको प्ररारम्भीक रिपोर्ट बिवरण निम्न अनुसार रहेको स्थानिय प्रशासनले जानकारी दिएको छ ।