२ बर्षमा बन्नु पर्ने अस्पतालको भबन ६ बर्ष बिति सक्दा पनि सम्पन्न भएन

कृष्ण अधिकारी
नेपालगन्ज / बाकेको लक्ष्मणपुर स्थित प्राथमिक उपचार केन्द्रको अस्पताल भबन निर्माण सुरु भएको छ बर्ष बिति सक्दा पनि पुरा नहुदा  त्यस क्षेत्रका ८० हजार जनताले सरकारले उपलब्ध गराएको आधारभुत उपचार सेवा समेत सहज रुपमा पाउन सकेका छैनन ।
२ बर्षमा निर्माण पुरा गर्ने गरी ठेक्का लिएका निर्माण ब्यबसायीले ६ बर्ष सम्म भबन निर्माण कार्य पुरा नगरेका कारण प्राथमिक उपचार केन्द्र भाडाका ३ वटा कोठामा संचालन हुदै आएको छ ।

प्राथमिक उपचार केन्द्रले  भाडा लिएको भबनमा शौचालय समेत ब्यबस्था छैन ।
सरकारले प्रत्येक निर्बाचन क्षेत्रमा एउटा प्राथमिक उपचार केन्द्र स्थापना गरी केन्द्रमा  एमबिबिस डाक्टर सहित एक दर्जन भन्दा बढी स्बास्थ्यकर्मीहरुको दरबन्दी हुने ब्यबस्था गरे पछि २०५० सालमा लक्ष्मणपुर प्राथमिक उपचार केन्द्र स्थापना भएको थियो । केन्द्र स्थापना भएको २३ बर्षको अबधिमा नियमित रुपमा ३ महिना समेत चिकित्सक केन्द्रमा बसेका छैन ।

एमबिबिस डाक्टर सहित एक दर्जन भन्दा बढी स्बास्थ्यकर्मीहरु हुनु पर्ने केन्द्र अहिले अहेब र करार सेवाका अनमी गरी ७ जना स्बास्थ्यकर्मीहरुले चलाइ रहेका छन ।
प्राथमिक उपचार केन्द्रको आफ्नै  अस्पताल भबन नहुदा त्यहा चिकित्सक तथा स्बास्थ्यकर्मीहरु जानै नमान्ने समस्या छ ।
२ बर्षमा निर्माण पुरा गर्ने गरी निर्माण ब्यबसायी गगन शाक्यले करिब ३ करोड ५० लाख तीन तले भबनको निर्माण गर्ने ठेक्का लिएका थिए । ६ बर्षको अबधिमा भबनको करिब ६० प्रतिशत मात्रै निर्माण पुरा भएको छ ।

भबनको निर्माण कार्य कहिले पुरा हुने हो अझै एकिन हुन सकेको छैन । २ बर्षमा पुरा हुनु पर्ने भबनको निर्माण कार्य ६ बर्ष सम्म निर्माण ब्यबसायीले  पुरा नगर्दा समेत शहरी डिभिजन कार्यालयले ठेकेदारलाई कारबाही नगरी ठेक्काको भ्याद थपिने दिने गरेका कारण भबन निर्माणमा ढिलाई भएको स्थानिय बासिन्दाहरुले बताएको छ ।
सडक यातायातको समेत भरपर्दाे सुबिधा नभएका त्यस क्षेत्रका जनताहरु प्राथमिक उपचार केन्द्रको सेवा प्रभाबकारी नहुदा समस्यामा परेका छन ।