थुनामा राखी अनुसन्धान गर्न अदालतको प्रहरीलाई अनुमती
जिल्ला अदालत रुपन्देहीले देश विखण्डनको अभियान चलाउने डा. सिके राउतलाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत सिराहाले १० हजार धरौटीमा छाडे लगतै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
आइतबार विहान भैहरवा पुर्याइएका राउतविरुद्ध राज्य विप्लवको मुद्दा दायर गरिएको छ । अदालतले उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
राउतलाई म्याद थपका लागि अदालतमा हाजिर गराउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पत्रकारहरुलाई अदालत परिसरबाट बाहिर निकालिएको थियो ।
प्रहरीले राउतसहित ७ जनाविरुद्ध जिल्ला अदालतमा राज्य विप्लवको मुद्दा दायर गरेको छ । राउतको विषयमा प्रहरीले केही जानकारी दिन मानेको छैन । नेपालको संविधानले स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता,राष्ट्रिय एकता स्वाधिनता र स्वाभिमानलाई खलबल पार्ने कुनै पनि कदमलाई राष्ट्र द्रोही मानेको छ । राष्ट्र द्रोहीलाई आजीवन काराबासको ब्यवस्था गरेको छ ।
हाम्रो संरचना । ४ बैशाख २०७४, सोमबार ०९:०८