नेपालगञ्जमा केएल दुगड र विराटनगरमा मकालु गार्मेन्टको गोदाममा आगलागी

७ श्रावन, नेपालगञ्ज / नेपालगञ्ज – कोहलपुर सडक खण्डको भुजैइ गाउँमा शनिबार दिउसो केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ । दुगडको गोदाममा ध्यू, सोयाविनको तेल र गहुँ रहेको बताइएको छ ।

नेपालगञ्ज उप-महाननगरपालीका वडा नम्वर १८ मा रहेको उक्त आगलागीको घटना नियन्त्रण गर्न स्थानिय सुरक्षकर्मि तथा बासिन्दाले  नेपालगञ्ज उप महानगरपालीका र कोहलपुर नगरपालिकाको दुई वटा दमकल को सहायतामा नियन्त्रणका लागी प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी शनिवार दिउसो नै विराटनगर–१३ रानीमा रहेको एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । ट्राइकोट इण्ड्रष्टिज प्रालिमा शनिबार दिउँसो भएको आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन ।

मकालु गार्मेन्टको नामबाट चिनिएको यस उद्योगमा दिउँसो धागो गोदामबाट आगो सल्किएको उद्योगका प्रोडक्सन म्यानेजर आशिष भट्टराईले जानकारी दिनुभयो । शनिबार भएकाले उद्योगमा ९ जनामात्र कर्मचारी रहेका थिए । उद्योगमा भएका कर्मचारी काम गरी रहेको अवस्थामा आगलागी भएपछि कर्मचारीमा भागदौड मच्चिएको थियो । आगो लाग्ने बित्तिकै देखेर भागेपछि कुनै मानवीय क्षति भने भएको छैन ।

‘हामी काम गरिरहेका थियौ, कर्मचारी शनिबार भएकोले कमै थियौ’ भट्टराईले भन्नुभयो ‘एकाएक आगोको मुस्लो देखेपछि हामी भाग्यौं ।’ अहिले आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालयबाट एक सय भन्दाबढी प्रहरी परिचालन गरिएको छ भने विराटनगरका दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।