बाँकेमा सम्भावित बाढी_डुवानबाट बच्न सरोकार निकायहरु पूर्व तयारीमा

बिहिबार बांकेको नरैनापुर वडानम्बर ५ स्थित लक्ष्मणपुर ब्यारेज नजिकैको नेपाली भु–भागमा बांकेको टोली पुगेको अवलोकन टोली ।

 

नेपालगञ्ज २४ जेष्ठ / मौसम बिभागको पूर्वअनुमान अनुसार यस बर्ष बिगतका बर्षहरुको तुलनामा बढी बर्षा हुने प्रक्षेपन अनुसार बांकेको प्रशासन पनि पूर्व तयारीमा जुटेको छ ।

बिहिबार बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको नेतृत्वमा बांकेका जनपद र शसस्त्र प्रहरी प्रमुखहरु, स्थानिय सरकार प्रमुखहरु र अन्य केही सरोकार निकायहरुको टोलीले बिगतमा बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेको छ ।

बर्षाको समयमा बांकेको पूबीएए क्षेत्र भएर बग्ने राप्ती नदीले बिगतमा बाढी आएर क्षेती पु-याउने गरेको क्षेत्रका साथै त्यस क्षेत्रमा निर्माण गरिएका तटबन्दहरुको अवस्थाको समेत अध्ययन गरेर बाढी आउने, क्षती र पु -याउने अवस्था देखिएमा केही समयको लागी बस्तीका मानिसहरुलाई अन्यत्र सार्न समेत स्थानिय सरकारहरु तयारीमा रहन उक्त टोलले स्थानिय सरकारलाई सुझाएको छ ।

बांकेको नरैनपुर पालिकामा अनुगमन टोलीको अन्तरसंवाद ।

बिहिबार बांकेको राप्ती नदी पूर्व क्षेत्रमा पर्ने नरैनापुर गांउपालिकाको वडानम्बर ४ र ५ मा का बिभिन्न डुवान क्षेत्रमा पर्ने गरेका गाउंबस्तीहरुको अध्ययन भ्रमण गरेर स्थानिय ब्यक्ती तथा जनप्रतिनिधिहरुसंग समेत अन्तरसंवाद गरेको छ ।

बांकेको नरैनापुर गाउंपालिकाको राप्ती नदीले बढी प्रभाबित गदै आएका बस्तीहरु जोगाउन नेपाल सरकारले अगाढी सारेको जनताको तटबन्धको नाममा भएगरेका काम र प्रगतीको समेत अनुगमन गरेर तटबन्ध निर्माण गरिरहेको निर्माण पक्ष र अनुगमन पक्षलाई समेत बांके प्रशासनले गुणस्तरयुक्त तटबन्ध छिटोछरितो र गुणस्तरयुक्त काम गर्न आग्रह गरेको छ ।

स्थानियहरुले भने जनताको तटबन्धको नाममा तटबन्ध निर्माणमा प्रयोग भइरहेको ढुंगा र अन्य समानहरु ठाउंअनुसारको उपयुक्त गुणस्तर नभएको उक्त अनुगमन टोली समक्ष समेत गुनासो सुनाएका छन ।

बर्षेनी राप्ती नदिमा बाढी आउने र पु–याउने क्षतीको कांकेका प्रमुख जिल्ल अधिकारी खगेन्द्र रिजाल समेतेको टोलस् समक्ष जनगुनासो पोख्दै स्थानिय बासिन्दाहरु ।

बांके प्रशासनले बुधबार मात्र जिल्ला दैबी प्रकोप ब्यवस्थापन समिति अन्तरगतका निकायका सदयहरुको सहभागीतामा नेपालगञ्ज वडानम्बर १ स्थित धम्बोजीमा रहेको मनमोहन तालमा दैबी प्रकोप पिडितहरुको कृतिम उद्धार कार्यको अभ्यास गरि  अनुभव समेत संकलन गर्ने काम सम्पन्न गरेको छ ।

बांके प्रशासनले समन्वय गरेर बांकेका स्थानिय पालिका सरकारहरुसग सगै बसेर दैबी प्रकोप निम्तीएमा टोल देखी वडा हुदै पालिका सरकारहरुसंग मिलेर के–कसरी काम गर्ने बिषयमा समेत छलफल गरेर सबै पालिका स्तरिय कार्य योजना समेत निर्माण गर्ने गरि बांके प्रशासन पूर्व तयारीमा जुटेको छ ।