हुम्लामा तारा एयरको विमान दुर्घटना, पाइलट सहित १६ घाइते

 १२ मंसिर,काठमाडौं/ हुम्लाको सिमिकोट बिमानस्थलमा जहाज उडान गर्ने क्रममा तारा एयरको जहाज दुर्घटना भएको छ । 
 हुम्लाको सिमकोटबाट सुर्खेत उड्न लागेको तारा एयरको ९एन एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्यस हित १६ जना घाइते भएका छन्।
बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।
दुर्घटनामा परी  विमानमा सवार दुई प्रहरी सहित क्याप्टेन बसन्त लामा, को-पाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठ घाइते छन् ।
उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य ११ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
घाइते क्याप्टेन लामाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ भने असई बराललाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ।
उनको आँखा नजिकै चोट लागेको छ। अरु १४ यात्रु भने सामान्य घाइते छन्।
सिमकोट विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको विमानको पांग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो।
जहाजको नोज कुच्चिएको छ। घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।  अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।