बर्दियामा बामदेवले हार्नुको कारण खोज्दै छानवीन टोली

६ पुस, नेपालगञ्ज/ नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम बर्दिया क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका बामदेव गौतम बाम गठबन्धनको बहुमत हुदा–हुदै हार्नुको कारण बारे पत्ता लगाउन केन्द्रीय छानवीन टोली बर्दिया आइपुगेको छ । 

बर्तमान बाम गठवन्धनको मियो मानिएका बामदेव गौतमले स्थानिय निकायको निर्वाचन मतपरिणामका अधारमा बिपक्षी लोकतान्त्रीक भन्दा बाम गठवन्धन करीब २६ हजार मतले अगाढी रहेको तथ्याड. यस सार्वजनिक भएको थियो ।

नेकपा एमालेका पोलीट ब्यूरो सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा गठित उक्त टोलीमा ५ नम्बर प्रदेशका सचिव भुमेश्वर ढकाल र कार्यालय सचिव राम प्रशाद भटटराई रहनुभएको छ ।

छानवीन टोलीले बुधबार नेकपा एमाले बार्दिया जिल्ला कमिटीको सचिवालयसंग बैठक बसी बर्दिया क्षेत्र नम्वर १ को निर्वाचन परिचालन र अन्य बिभिन्न बिषयमा छलफल तथा रिपोटिड लिएको छ ।

रिपोटिड.को क्रममा निर्वाचनको मत गणना गर्दा मतदान केन्द्र अनुसार अलग–अलग गणना भएकोले कहांबाट बति मत आयो र स्थानिय निकायमा आएको मतका आधारमा मत आयो कि आएन भन्ने बिषयमा समेत टोलीलाई जानकारी गराइएको बताइएको छ ।

छानवीन टोलीले आज बिहिबार देखी निर्वाचन क्षेत्रका बिभिन्न् ठाउंमा गएर स्थानिय नेतृत्वसंग छलफल तथा जानकारी लिने एमाले बर्दियाको स्रोतले बताएको छ ।

राष्ट्रिय राजनितिमा मियो बनीरहेका बेला बामदेव गौतमले बाम गठबन्धनको अध्याधिक बहुमत रहेको बर्दिया क्षेत्र नम्वर १ का कसरी र किन हारे धेरैलाई खुलदुली हुनु स्वभाबिक नै हो । हामीले निर्वाचन क्षेत्रका मतदातासंगको अन्र्तक्रियामा निम्न कारण रहेको पाइन्छ ।

बामदेवले हार्नुको केही कारणहरु:-  

 निर्वाचन परिचालन कमिटी संयोजक टुरिष्ट नेतालाई बनाउनु र परिचालन कमिटीको कार्यालय बर्दियाको सदरमुकाम गुलरीया राखेकाले निर्वाचन सम्वन्धी सहि सुचना हासिल हुन नसक्नु ।

 बर्दियाका जनताले बामदेवकै आवाजमा अव जितेर पठाउनुस म केही गर्छु भन्ने आश्वासन र प्रतिबद्धता मतदाताले आसा गरेकोमा मतदाता भेला भएको ठाउंमा गएर पनि केही नबोली टुरिष्ट नेतालाई बोल्न लगाउनाले मतदाता चिढीएको पाइन्छ । जस्तो बर्दियाको बारबर्दियाको खैरेनीमा माछागढ देखी खैरेनी सम्म करीब ४ किमी बाटो पिचको आश्वासन चाहन्थे र बामदेवको आवाज अनुहार हेर्न चाहेकाले मतदाता भेला भए तर बामदेव नआएर काठमाण्डौंबाट गएका टुरिष्ट नेता गए मतदाता चिढीउको स्थानिय जानकारी दिएका छन ।

 क्षेत्र नम्वर १ कै बढैया गाउंपालीकाको साविकको जमुनी गाविसको चौकमा, शान्तीपुर, फुटहा र डांफेमा भेला तथा आमसभा भए ती सभामा बामदेव बोलेर अहिले सम्म केही पनि नभएको विकासको नाममा बाटो पिचको आश्वासन चाहन्थे तर उपाध्यक्ष गौतम उपस्थित भएर केही नबोलेको र बांकेबाट दल बहादुर सुनारलाई लगेर बोल्न लगाएपछी मतदाता तथा कार्यकर्ता झनै चिढीएको स्थानिय मतदाताहरुले जानकारी गराएका छन ।

 त्यसैगरी माओबादी बर्दियाले निर्वाचन प्रचार–प्रसारको क्रममा आफनो पनि अस्थित्व चाहेको तर निर्वाचनको क्रममा स्थानिय कार्यकर्तालाई कार्यक्रममा जानकारी नै नदिने र नबोलाउने कार्यले कार्यकर्ता रिसाएको जानकारी पाइएको छ ।

 क्षेत्र नम्वर १ को बांसगढी नगरपालीकामा स्थानिय निकाय भन्दा कम मत प्राप्त भएको र त्यो मत पनि नगर प्रमुखहरु समेत रहेको वडामा रहेको छ । साविकको सोरहवा गाविसबाट वडा अध्यक्ष जितेका ब्यक्तीहरु समेत निर्वाचनको समयमा ब्यापक असन्तुष्टी जनाउदा १/२ जनाले केही फरक पर्दैन भन्दै गलत रिपोटिड. र दम्ब देखाउने गरेकोले पनि निर्वाचनमा हारिएको मतदाता बताउछन ।

 निर्वाचनको मिति तोकिए संगै बामदेवले टिकट दिन्छन भनी हतपत्त पहिले नै काठमाण्डौं स्थित बामदेवको घरमा टिकट का लागी पुगेका बारबर्दियाका एमालेका  एक जना कार्यकर्तालाई नराम्रो ब्यवहार गरिएको हल्ला निर्वाचन क्षेत्रमा ब्यापक प्रचार हुनु र भोली हामीलाई पनि त्यस्तै हुनसक्छ भनी रहेको मतदाता बीच पाइएको छ ।

 बर्दियामा पूर्वपश्चिम राजमार्ग बाहेक कुनै बाटो पिच र सध्य छैनन । राष्ट्रिय राज नेता भएकाले जनताले विकासको नाममा बर्दियामा बाटो पिच भए अन्य सुबिधा हुने भएकाले बामदेवबाट अन्य ठुला आसा गरेको देखिन्न तर धेरै ठाउंमा बामदेवले कार्यकर्ताले सकि नसकि बिभिन्न आश्वासन दिएर भेला गराउने तर बोल्दै नबोली फिर्ता हुने गरेकोमा रिस उठेर भोट बदर गराएको नदिएको बताउने गरेका छ ।

 निर्वाचन क्षेत्र १ कै कालिकामा ब्यापक भेलामा बामदेवबाट स्थानिय विकासका पूर्वाधार विकासको अपेक्षा गरेका थिए तर बामदेव कमरेडले त नेपाललार्य ५ बर्षमा भारत जस्तो १० बर्षमा चाइना जस्तो र ३० बर्षमा अमरीका जस्तो बनाउने भाषण गर्नु भयो र कार्यक्रम सम्पन्न भएपछी एक आपसमा बामदेवले के भाषण गरेका हुन नेता पहिले जस्ता रहेनन भन्न थाले र त्यसको सटट बिपक्षी घर–घरमा सबका नाडी छाम्दै हिडन थाले त्यही भएर भोट नहालेको कालिकाका स्थानिय बासिन्दाले बताएका छन ।

 बामदेव गौतमलाई जिताउन भन्दै बर्दियामा दर्जनौ गाढी आएको र ति स्थानिय बिभिन्न होटल रिसोर्टमा बस्ने र तिनीहरुको खानपान र गतिबिधीले पनि हामीलाई विकासको नाममा वास्तै नगर्ने र सधै हामीले भोट हालेर बाहिरबाट आएकाले रजै गर्ने भन्दै भोट नहालेको बताएका छन ।

 निर्वाचनको क्रममा बामदेवले बर्दियाका जनताले जिताएर पठाउने त्यसपछी वास्तै नगर्ने भन्दै मतदाता धेरै चिडिएको र च्नाव जित्न मेहनत गर्नुपर्ने रिपोटिड र भेट गर्न बर्दियाको सदरमुकाम गुलरिया स्थित निवासमा पुगेका पूर्व गाविसका जनप्रतिनिधीहरु गएको समयमा बामदेबको खानाको समय भन्दै कुरै गनै नदिएर फर्काएको घटनाले केही चिढीएको ।

 बर्दिया वेलवाका खडक बहादुर खडकालाई स्थानिय निर्वाचनमा बासगढीको मेयर पदमा टिकट दिन नसके पनि प्रदेशसभामा टिकट दिने र शिक्षक पदबाट राजीनामा दिएर लाग्न आश्वासनको दिनुभएका बामदेवले स्वतन्त्र उम्मेदवारी दिएर जानकारी गराउदा पनि वास्तै नगरेकोमा मतदाता चिढीएको पछी खडक बहादुर खडकाले आफै झिकेको आसेपासे बिभिन्न नाता लगाएका ब्यक्तीले त्यसले केही फरक पार्दैन भन्ने गलत रिपोटिडं गरेको जानकारी गराएका छन ।

 निर्वाचनको समयमा बर्दियाको माछागढ आइपुगेका काठमाण्डोंका पत्रकार देखी निर्वाचनमा बामदेवलाई बिश्राम गर्ने नास्ता, चिया खाने बामदेवले मिनि निवास बनाएको माछागढका ब्यक्ती गुलरियामा काम बिशेषले जादा बामदेवसंग भेटन खोज्दा नचिने झै गरी वास्तै नगरेको यी सबै जानकारी बामदेवलाई गराएर केही सुधार गरेर जानुपर्नेमा यी उपरोक्त लगायतका कारणबारे जानकारी गराउन जादां बामदेवलाई जिताउन जिम्मेवारी बोकेकाले भेट र गोप्य जानकारी गराउनै नदिने गरेकोले एमालेका कार्यकर्ता, सुभचिन्तक,मतदाता थप चिढीएको र बामदेवलाई यसको जानकारी मतबाट दिने भन्दै केही केही ब्यक्तीले योजना बद्ध तरिकाले लागेर बामदेवले हारेको बर्दियाका जनताको निश्कर्ष रहेको छ ।