यौनशक्ति बढाउने अवैध सामाग्री बिक्री गर्ने १६ जना बिक्रेता पक्राउ

१७ पुस,काठमाडौं/ अवैध रूपमा यौनशक्ति बढाउने सामाग्रीहरू बिक्री वितरण गर्ने १६ जना बिक्रेतालाई काठमाडौंका बिभिन्न स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

बिभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौनशक्ति, सुपर यौन, यौन सन्तुष्टी जस्ता विज्ञापन प्रकाशित गरी उपत्यका आसपासका ईलाकाहरुमा केहीले कम्पनी समेत दर्ता नगरी तथा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणमा भ्रम सिर्जना गरी झुक्याई ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।