१३ असार, नेपालगञ्ज/ नेपालगञ्ज भन्सार कार्यालय भएर नेपाल आउने माल बहाक सवारी साधनहरु सहज तरिकाले नेपाल प्रबेश गर्न प्राबिधिक समस्या उत्पन्न भएकाले केही दिन नेपालगञ्ज क्षेत्रमा पेट्रालियम पदार्थ लगायत अन्य केही अति आवश्यक बस्तु आपुर्तिमा समस्या उत्पन्न हुनसक्ने भएको छ ।
भारत सरकारले आफनो बित्त मन्त्रालय अन्तरगतको भन्सार सेवालाई अत्याधुनिक बनाउन डिजिटलाइज गरि अनलाईन मार्फत सेवा बिस्तार गर्नका लागी रुपैडिहा–नेपालगञ्ज भन्सार नाकामा गत शुक्रबार देखी अनलाईन मार्फत सेवा बिस्तार गरेको छ ।
भन्सारमा अनलाईन सेवा बिस्तारका लागी भारत सरकारले जुनसुकै समान आयात तथा निर्यातका लागी सरकारको आधिकारी निकायबाट आयात–निर्यात स्वीकृत नम्बर लिनुपर्ने छ । उक्त नम्बर ब्यापारी तथा ढुवानी कर्ताले भन्सार निकासीका तथा पैठारीका लागी अनिबार्य उल्लेख गर्नुपर्ने छ ।
भारत सरकारले केही समय अघिदेखी उक्त नम्बर लागु गरेपनी रुपैडिया भन्सारमा कडाईका साथ लागु गरेको थिएन । अनलाईनमा उक्त नम्बर अनिबार्य उल्लेख नगरेमा सिस्टमले काम नगर्ने भएपछी नम्बर नलिएकाहरु नम्बर लिन दौडिएका छन भने नम्बर लिन भारत सरकारले प्रति संकेत नम्बर लिन रु १ लाख धरौटी वा ग्यारेन्टी लिने ब्यवस्था गरेको छ ।
भारतका बिभिन्न ठाउंबाट समान लिएर नेपालगञ्ज तर्फ आउने रुपैडिया भन्सार नाकामा सयौंको सख्यामा मालबहान सवारी साधनहरु लाइन लागेर बसेका छन ।
रुपैडिया स्थित भन्सारमा अनलाईन सेवा अनिबार्य गरिए पनी सिस्टमले काम नगरेको भन्दै सोमबार आलु बोकेका ४ ट्रक र एक अन्य गरि ५ वटा ट्रक मात्र नेपाल प्रबेश गरेका छन ।
नेपालका अन्य सिमा नाकामा रहेका भारतिय भन्सारमा अनलाईन सेवा सुरु गर्दा कम्तीमा १ हप्ता कामको गति लिन लाग्ने गरेकोमा रुपैडिहा भन्सारमा पनी अनलाईन सेवामा गति आउन केही समय लाग्ने भारतिय भन्सार अधिकारीहरुले जानकारी दिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालका भन्सारमा पनी अनलाईन सेवा बिस्तार गर्दा करीब १ हप्ता लागेको र भारतमा पनी यस अघि पूर्वी नेपाल भारत सिमानाका भन्सार नाका तर्फ सेवा बिस्तार गर्दा १ हप्ता लागेकाले रुपैडिहा भन्सार नामामा पनी १ हप्ता सामान आयात निर्यातमा असहजता उत्पन्न हुनसक्ने नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत सुभाष श्रेष्ठले बताउनु भयो ।
रुपैडिहा स्थित भारतिय भन्सार कार्यालयले गत जुन १२ तारिखमा नै समान आयात–निर्यात कर्ता, भन्सार एजेन्ट, बैक लगायतलाई एक सुचना प्रकाशित गरि रुपैडिहा भन्सारमा २५ जुनबाट अनलाइृन सेवा अनिबार्य गर्ने र त्यसका लागी चाहिने कागजात उल्लेख गरिसकेको छ ।
रुपैडियामा अनलाईन सेवा नितिगत अनिबार्य गरेपनी अनलाइन बिस्तारका लागीे दक्ष जनशक्ती र उच्च गतीका प्राबिधि समानहरु र इन्टरनेटको सुबिधा हुनुपर्नेमा त्यसको ब्यववस्थापनका लागी उच्च स्तरिय भारतिय भन्सार अधिकृतहरु रुपैडिहामा काम गरिरहेको पनी काममा सहजता आउन कम्तीमा १ हप्ता लाग्ने भएकाले नेपालगञ्ज भन्सार कार्यालय भएर नेपालगञ्ज तर्फ आउने तरकारी, फलफुल, पेट्रोलियम पदार्थमा केही समस्या उत्पन्न हुनसक्ने भएकाले नेपालका सम्वन्धीत निकायले अन्य भन्सार नाकाको प्रयोग गरि सहज आपुर्तीका लागी ध्यान दिनुपर्ने सम्वन्धीत जानकारहरुले बताउनु भएको छ ।
नेपालगञ्जका केही पेट्रोलियम बिक्री केन्द्रमा सोमबार देखी नै अभाव भएको सुचना टांस गरिसकिएको छ । भारतबाट रुपैडिहा नाका हुदै दैनिक ८० टयांकर प्ट्रोलियम पदार्थ नेपाल आउने गरेको थियो ।
हाम्रो संरचना । १३ असार २०७५, बुधबार ०६:०५