बाढी पहिरोमा परी ४३ जनाको मृत्यु, २४ जना बेपत्ता, २० जना घाइते

२८ असार, नेपालगञ्ज/  शुक्रबारदेखि अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसो सम्म ४३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएका छन् ।

मृतकहरुको संख्या (४३ जना ) :

अविरल वर्षात र सो का कारण सिर्जित बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको नेपाल प्रहरीको केन्द्रिय समाचार कक्षले जानकारी दिएको छ ।

उद्धार गरिएको संख्या (११०४ जना ) :

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

घाईतेहरुको संख्या ( २० जना )

बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जना गरि २० जना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बेपत्ताहरुको संख्या (२४ जना)

सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि २४ जना बेपत्ता भएका छन् ।