जिल्लामा शान्ती सुरक्षा र सु–शासन पहिलो प्रथामिकता: प्रजिअ खडका,बांके

१९ भदौ, नेपालगञ्ज/  बांके जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले कानुनी शासनको प्रत्याभुत हुने गरि जिल्लामा शान्ती सुरक्षा र सु–शासन पहिलो प्रथामिकतामा राखेर आफुले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बिहिबार बिहान आफनै कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रजिअ खडकाले बांके जिल्लामा कार्यरत रहदा सम्म आफुले सबै पक्षको सहयोग र समन्वयमा काम गर्ने बताउदै आफु अख्तियारमा समेत काम गरि सकेकाले जिल्लामा भ्रष्टाचारको बिषयमा आफु शुन्य सहनशिलतामा रहेर काम गर्ने बताउनु भयो ।

सरुवा भएर आएको दिन देखी नै बिभिन्न पक्ष र संस्थाका प्रतिनिधीहरुसंग भेटघाटमा ब्यस्त प्रजिअ खडकाले धार्मिक क्षेत्रका अगुवा, निजि क्षेत्र, सुरक्षा प्रमुखहरु र पत्रकारहरु बीच भेटघाट गरेर आफुले बिगतमा गरेका कामहरुको अनुभव स्मरण गदै सकेसम्म बांके जिल्लाको समग्र हितको लागि काम गर्ने कुरामा आफु प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

बांकेमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका यस अघि काठमाण्डौं स्थित त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहनुभएको थियो ।