मंगलबार सम्म नेपालमा १७ हजारमा कोरोना संक्रमण

३० असार, नेपालगञ्ज/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण भएको पाइएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमितको भएको बिभिन्न ल्याबहरुको रिपोटबाट पत्ता लागेको जानकारी दिनुभएको छ ।
हाल सम्म नेपालमा १७ हजार ६१ जना कोरोना संक्रमण भएको पाइएको छ भने संक्रमित मध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।