…सोल्टी होटलबाट ६ के.जी.९६७ ग्राम अफिम सहित ४ जना व्यक्ति पक्राउ

# सानु क्षेत्रि #

१० साउन दाङ, घोराई/ जिल्ला प्रहरी कार्यालय दाङले शनिबार बिहान एक पत्रकार सम्मेलन गरी असार ८‌ गते बिहीबारको दिन अपराह्न साढे ५ बजे दाङको भालुवाङ स्थित दक्षिणकाली सोल्टी होटलबाट ६ के.जी.९६७ ग्राम अवैध लागुऔषध अफिम सहित ४ जना व्यक्तिहरु  पक्राउ गरेको जानकारी दिएको छ ।

पत्रकार  सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटि गएको प्रहरी टोलीले दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ  स्थित अजय पुडासैनीले सञ्चालन गरेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषध हिरोइन  अफिमको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा उक्त ठूलो मात्राको अफिम सहित चार जना व्यक्तिलाई पक्राउ गरेको बताउनुभएको  छ ।

उक्त पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव  उपरीक्षक सुमित खड्का  एवं अन्य प्रहरी अधिकृत  तथा  जवानहरूको पनि उपस्थिति रहेको थियो ।

पक्राउ पर्नेहरुमा निम्न व्यक्तिहरु रहेका छन्

१) जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष २२ को लालसिंह बि.क. ।
२) जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३२ को हर्क बहादुर घर्ती मगर ।
३) जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३२ को लालमन घर्ती मगर ।
४) जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को दुज बहादुर रोका ।

बरामद समानहरु…..
१) लागुऔषध अफिम कालो प्लाष्टिकको ७ (सात) वटा पोकाहरु तत्काल डिजिटल मेसिनमा राखी तौल गर्दा ६ के.जी.९६७ ग्राम ।
२) निजहरुले उक्त वारदातमा प्रयोग गरी आएको लु ४० प ९८०६ नं. २२० सि.सी.को पल्सर मोटरसाईकल र लु १ च ६१७१ नं. को सेतो रङको बलेरो जिप ।
३) दुज बहादुर रोकाको साथमा Nokia कम्पनीको सादा सेट थान-१
४) हर्क घर्तीको साथबाट Samsung कम्पनीको सादा सेट थान-१, सामसुङ कम्पनीको स्क्रिट टच मोबाईल थान-१ ।
५) लालसिंह बि.क.को साथबाट Itel कम्पनीको स्क्रिन टच मोबाईल थान-१ ।
६) लालमन घर्तीको साथबाट सामसुङ कम्पनीको स्क्रिन टच मोबाईल थान-१  ।
लागुुु औषध अफिम सहित पक्राउ गरेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय  दाङले शुक्रबार नै  जिल्ला अदालत दाङबाट दिन १० को म्यादथप भई अनुसन्धान भईरहेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।