जिल्ला समन्वय समिति बांकेको प्रमुखमा अजय श्रीवास्तव निर्विरोध निर्वाचित

१९ श्रावण, नेपालगञ्ज/जिल्ला समन्वय समिति बांकेको प्रमुखमा अजय श्रीबास्तव निर्बिरोध निर्वाचित हुनुभएको छ । यस अघि नेकपा एमाले बाट गाबिस अध्यक्ष पदमा निर्वाचित भइसक्नुभएका श्रीवास्तव पहिला मधेशी जनअधिकार फोरम  र हाल संघिय समाजबादी फोरम,नेपालबाट निर्वाचित हुनुभएको हो ।

ठुला राजनितीक दलको आपसी खिचातानीका कारण १६ सदस्यमा २ जना मात्र सदस्य जितेको फोरमले बांके जिल्लाको नेतृत्व गर्ने अवसर पाएको हो ।
पछील्लो पटक नेपाली कांग्रेसमा उप प्रमुख पदमा बिद्रोही उम्मेदवार समेत गरी २ जनाले उम्मेदवारी दर्ता गराएपछी बिगतमा भएको राजनीतीक समिकरणमा समस्या उत्पन्न भएको छ । एमालेका ७, कांग्रेस बांकेमा ६, जना फोरममा २ जना र १ जना राप्रपाले जितेका छन ।

शुक्रबार नेपाली कांग्रेसबाट ज्ञानेन्द कुमार चौधर्री र धुब प्रसाद दहाल उप–प्रमुखको लागी उम्मेद्धारी दिनुभएको छ भने नेकपा एमालेबाट अतिउल्ला खांले उम्मेदराी दिनुभएको छ । बांके जिल्ला समन्य समितिको प्रमुख सहित उप–प्रमुख १ र ७ जना सदस्य निर्वाचित हुने ब्यवस्था रहेको छ । कम्तीमा १ जना दलित वा अल्पसंख्यक र ३ जना महिला सहित जम्मा ९ जनाको जिल्ला समन्वय समिति निर्वाचित हुने ब्यवस्था नेपालको संविधान २०७२ को भाग १७ को धारा २२० मा इस्पष्टरुपमा उल्लेख गरीएको छ ।

निर्विरोध निर्वाचित श्रीवास्तवलार्इ निर्वाचन अधिकारीले आधिकारीक घोषणा प्रक्रिया बमोजिम गर्ने बताएको छ ।