आमुल परिवर्तन र समृदिका लागी बाम गठबन्धन एक ठाउंमा

११ मंसिर, नेपालगञ्ज / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माअ‍ोबादी केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा बादल सोमबार नेपालगञ्जको त्रिभूवन चौकमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । 

बांकेको क्षेत्र नं २ प्रदेशसभा ‘ख’ का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालका अनुसार एमाले अध्यक्ष ओली रुपन्देहीको भैरहवा,बर्दियाको गुलरीया मा हुने आमसभालाई सम्बोधन गरेर नेपालगञ्ज आउनु भएको हो।
वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले नेपालगञ्जको त्रिभुवन चौकमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले लोकतान्त्रीक समाबेशीको जगमा आमुल परिवर्तन र समृदिका लागी बाम गठबन्धन एक ठाउंमा आएको र आमुल परिवर्तनका पक्षधर नेपाली जनताको सच्चा पहरेदारको रुपमा बाम गठबन्धन ढृढ रहने बताउनु भयो ।
अध्यक्ष ओलीले परिवर्तनकारी संरचनाको संस्थागत संरचनाको बिकास गर्न र राष्ट्रलाई बिकास एवम समृछिको बाटोमा लैजान सच्चा राष्ट्रबादी, देशभक्त एबम परिवर्तनकामिले क्षनिक र सानो संख्यामा जित्ने पार्टीले  बिनासमा साथ दिन सक्ने भएकाले जित्ने आधार र देश बिकास सहितको इस्पष्ट खाका अगाढी सारेको बाम गठबन्धलाई जनताले छानेमा ५ बर्षमै मुलुक समृदिको बाटोमा अगाढी बढेको जनताले अनुभुती गर्नसक्ने बताउनु भयो ।