१५ दिने अभियान सञ्चालन गर्न लुम्बिनी प्रहरीबाट सबै युनिटलाई निर्देशन

२ पुस, नेपालगञ्ज/ लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुमा आसन्न हिउँदका महिनाहरुमा शितलहर तथा हिमपातबाट विपदहरु निम्तिन सक्ने भएकाले १५ दिने विशेष सचेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ।

बाक्लो कुहिरोको कारण सवारी दुर्घटना हुने, शितलहर अत्याधिक चिसो बढ्न गई कठाङ्ग्रीएर ज्यान जान सक्ने, अत्याधिक हिमपातले गर्दा चिसो बढ्ने तथा हिम पहिरो जाने जस्ता जोखिमबाट जनजिवनमा प्रभाव पर्ने र धनजनको क्षेती हुन सक्ने सम्भावना रहेकाले उक्त अभियान सञ्चालन गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाहरु बर्दिया बाँके, दाङ कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा शितलहरको जोखिम र उच्च पहाडी रुकुम (पूर्व) मा हिमपातको जोखिम रहेको र अन्य पहाडी जिल्लाहरुमा समेत चिसोको प्रभावले असर गर्न सम्भावना रहेको प्रहरीले जनाएको छ ।

यसको प्रभाव स-साना बालबालिका, गर्भवति तथा सुत्केरी महिला, वृद्धवृद्धा, सडकमा रहेका वेवारिसे मानिस, आवास स्थान नभएका मानिसहरु, गरिवीका कारण न्यानो कपडा नभएका परिवारका सदस्यहरु, काम विशेषले घर बाहिर जानुपर्ने मानिसहरुलाई पर्न सक्ने भएकोले शितलहर र हिमपातबाट हुने जोखिमबाट सुरक्षित गराउनु आवश्यद रहेकोले प्रदेश प्रहरी कार्यालयले १५ दिने विशेषज्ञ विशेष अभियान सञ्चालन गरेको जानकारी दिएको छ।

शितलहर/हिमपातको जोखिम तथा चिसोवाट नागरिहरुलाई जोगाउने तथा यसको असरबाट हुने क्षेती न्यूनिकरण गर्नको लागि नागरिकहरुलाई चेतना दिने प्रमुख दायित्व राज्यको नै हुने र राज्यको प्रतिनिधित्व गर्ने प्रहरी संगठन भएकोले आम नागरिकहरुलाई शितलहर/हिमतापबाट सृजना हुन सक्ने विपदहरुमा प्रभाकारी पूर्व तयारी र प्रतिकार्यको लागि मातहत जिल्लाका प्रहरी इकाईहरुले आ-आफ्नो कार्यालय रहेको स्थानिय तह, सामजिक संघसंस्था, नागरिक समाज, आम समुदाय, मिडियाकर्मी र सरोकारवाला अन्य निकायहरुसंग समेत समन्वय गरी जोखिन न्यूनिकरण गर्न “शितलहर र हिमपात जोखिम न्यूनिकरण गर्न प्रहरीबाट सचेतना मूलक १५ (पन्ध्र) दिने अभियान” संचालन गरिएको हो ।

जोखिम न्यूनिकरणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले अनिवार्य १/१ वटा कार्यक्रम अनिवार्य सञ्चालन गर्न मातहत सबै प्रहरी युनिटलाई निर्देशन दिएको छ….

अभियान अवधि: मिति २०७७।०९।०१ गतेदेखि १५ गतेसम्म (१५ दिने) संचालन गर्नु पर्ने छ ।

जम्मा कार्यक्रम संख्या:-
जि.प्र.का.१२,
ई.प्र.का.(प्र.ना.उ)-४,
इ.प्र.का. (प्र.नि.)-४९,
इ.प्र.का.(ख)- ४०,
व.प्र.का. (क) – ६, व.प्र.का.
(ख)-१, न.प्र.का. १,
प्र.चौ.-२११,
जि.ट्रा.प्र.का.-१२,
ट्रा.प्र.का. ५,
अ.प्र. पोष्ट-५४ र प्रहरी विट-३३ ले १/१ कार्यक्रम गरी ४२८ जम्मा वटा कार्यक्रम संचालन गर्ने ।

अभियान संचालन गर्दा समन्वय: नगरपालीका, गाउपालीका, संघ संस्थाहरू, उद्योग बाणिज्य संघ, स्थानिय कल्व, संचार माध्यम र अन्य सरोकारवाला निकायहरु ।

कार्यक्रम संचालन कार्यविधि:-
प्रहरी कार्यालय अगाडि, बजार, राजमार्गमा व्यानर/ प्लेकार्ड राख्ने ।
डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने ।
बढी मानिसहरू हिडडुल गर्ने स्थानहरूमा पोस्टर राख्ने ।
समय समयमा गाउँ टोलमा माईकिङ गर्ने ।
रेडियोबाट अभियानको जानकारी गराउने ।
पालिका, वडा र गाउँ स्तरमा सरोकारसंग अन्तरक्रिया गर्ने ।
बजार एरियामा २/३ जना सानो समुहमा अभियान बारेमा जानकारी गराउने ।
सम्पूर्ण गतिविधि गर्दा COVID-19 को सुरक्षित मापदण्ड प्रयोग गरी आफू सुरक्षित भै कार्य सम्पादन गर्ने।

जाडोको मौसममा धनजनको क्षेती न्यूनिकरण गर्न र सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीको अनुरोध:
शीतलहरको समयमा चिसोले मानिसको ज्यान पनि जान सक्छ त्यसैले जाडो यामको लागि समयमा न्यानो कपडाको जोहो गरौं ।

शीतलहरको समयमा घर बाहिर खुला स्थानमा धेरै समय नबिताउन घर बाहिर निस्कनु परेमा वा धेरै समय ‍बिताउनु पर्ने भएमा न्यानो कपडा लगाऔं ।

रातको समयमा न्यानो सिरक, कम्बल जस्ता ओढ्ने प्रयोग गर्ने र घरभित्र राति सुत्दा शरिरका साथै अनिवार्य रुपमा छाति वा टाउको ढाक्ने प्रबन्ध मिलाऔं ।

शितलहर चलेको समयमा आगो तापेर शरिरलाई न्यानो राख्ने छाति र टाउकोलाई विशेष गरी चिसोबाट जोगाऔं ।
चिसोको समयमा शरीरलाई चाहिने आवश्यक खानेकुरा र प्रयाप्त मात्रामा तातो खाने कुराहरु खाऔ ।

शीतलहर चलेको बेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्म खुल्ला स्थानमा चराउन नलैजाऔं, गोठ टहरामै राखेर पर्याप्त घाँस पराल र दाना दिऔं ।

चिसोको कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त उपचारको लागि जाऔं ।

चिसोको कारण पशुपंक्षी बिरामी भएमा नजिकै पशु चिकित्सालयमा तुरुन्तै सम्पर्क गरी औषधोपचार गराऔं ।

शिशुलाई आमाको दुध प्रशस्त मात्रामा खुवाऔं ।

पोषिलो खाने कुरा खाने, ताजा फलफुल, सागपात खाने ,दुध,मह र सुप सेवन प्रशस्त मात्रामा गर्ने, सकभर मनतातो पानी पिउने, हटवाटर ब्यागको प्रयोग गर्ने, धुलो,धुँवा र चिसोबाट बच्ने, घरबाहिर जाँदा शरिरको पुरै भाग छोपी जाने, न्यानो पञ्जा, टोपि मोजा लगाउने, धूम्रपान एवं मधपान नगर्ने , लसुन, अदुवा, भटमास, मरिच जस्ता खानेकुरा खाऔं ।

कुहिरोको कारण हुन सक्ने सवारी दुर्घटनाबाट जोगिन सवारी साधनहरु, साईकल र लुगामा चम्किलो प्रकाश परावर्तन (Retro reflective Material) लगाऔं ।
हुस्सु लागेको/ कुहिरो लाग्दा दुर्घटना हुन सक्ने हुँदा सवारी साधन चलाउदा सचेत भएर चलाऔं ।