
नेपालगञ्ज १७ कार्तिक / नेपालको मध्यपश्चिम बिकट पहाडी क्षेत्र कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्लाको रामीडांडा तथा नायकवडा क्षेत्र केन्द्रबिन्दु रहेको ६ं.४ रेक्टर स्केलको भुकम्पले ठुलो जनधनको क्षती भएको छ ।
मध्यरातको समयमा भुकम्प गएको समय मानिसहरु घर भित्र सुतिरहेको समयमा घरहरु भत्किएर पुरिएर धेरै जनाको ज्यान पनि गएको छ ।
रुकुम जिल्लाका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार भुकम्पले घरहरु भत्किएर च्यापिएर पश्चिम रुकुमको आंठबिसकोट नगरपालिका वडानम्बर ११ कि स्थानिय ३५ बर्षिय लक्ष्मी बिक र उनका ४ जना नाबालक छोरीहरु सहित कम्ती १० जनाको मृत्यू भएको स्थानियले प्ररारम्भिक जानकारी दिनुभएको र घटना क्षे्त्रमा प्रहरी परिचालित भइसकेको जानकारी दिनुभएको छ ।
त्यसैगरि जाजरकोट जिल्लाको बिकट क्षेत्र कुंशे गाउंपालिका वडानम्बर ७ धनरासीका २४ बर्षिय अमृत पुन मगरको घर भत्किएर च्यापिदा अमृत सहित निजको २४ बर्षिय श्रीमती भगवती पुन, १ बर्ष की छोरी मानसीका पुन र एक जना छिमेकी बच्ची सहित ४ जनाको मृत्यू भएको छ ।
कणाीली प्रदेशका अर्थ मन्त्री बेदराज सिंहको अविवाहित बहिनी जाजरकोटको नल गाड़ नगरपालिकाको उप–मेयर सरिता सिंहको पनि मृत्यू भएको जानकारी प्राप्त भएको छ ।
जाजरकोट सदरमुकाम खलंगा स्थित आफनै घरमा सुतिरहेको अवस्थामा उप–मेयर सरिता भुकम्पले घर भत्किएर च्यापिएर घाईते भएको मा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यर्सैगरी सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले जानकारी दिनुभएको छ ।
जाजरकोट कै सदरमुकाम खंलंगामा ठुलो जनधनको क्षती भएको छ भने भुकम्पको केन्द्रबिन्दु रहेको ५० किमि उत्तर जुम्ला नजिकको बिवरण आउन केही समय लाग्ने देखिन्छ ।
भुकम्पले् घर भत्किएर घाईते भएकाहरु मध्य हालसम्म जाजरकोट सदरमुकाम वरीपरीबाट कम्तीमा २० जना गम्भिर घाईतेहरु भएर जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन ।
जाजरकोटको जिल्लाको सदरमुकाम खंलगााबाट करिब ५० किमी उत्तर पश्चिमका रहेको जुम्ला नजिकको बिकट ग्रामिण क्षेत्र बारेकोट गाउंपालिकाको वडानम्बर १ मा पर्ने रामीडांडा र नायकवडा क्षेत्रमा रहेका करिब ६० प्रतिशत भन्दा बढी कच्ची घरहरु भत्किएका छन ।
राती घर भित्र मानिसहरु सुतीरहेको समय भुकम्प गएको समय परेकाले घाईते र मृर्तकहरुको संख्या बढने घटनास्थलबाट प्राप्त बिवरणहरुमा उल्लेख गरिएको छ ।
भुकम्पको केन्द्रबिन्दु भएको रामीडाडा) षेत्रमा टेलीफोन अवरद्ध रहेको र घरहरु पनि टाडा-टाडा रहेका र हिमालको काखमा रहेको चिसो मध्य रातको समय सहयोगको याचना गरेको भएपनि जान नसकिएको घटना हुना बित्तिकै उद्धार कार्यमा जुटेको जिल्ला स्थित सुरक्षा निकायका ब्यक्तिहरुले जानकारी दिनुभएको छ ।
शुक्रबार राति ११:४७ वजे नेपालगञ्ज र यसको वरपर भुकम्पको झटका महसुस गरिएकोमा नसुतेका ब्यक्ति घर बाहिर निस्किएका थिए । भुकम्प पछी कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर आपिास भएर करिब ४ रेक्टर स्केल सम्मका पराकम्पनहरु पनि गएका छन ।
भुकम्पले भएको क्षतीको एकिन बिवरण आउन केही समय लाग्ने उद्धार कार्यमा संलग्न सयुक्त सुरक्षाकर्मि एवम स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ ।
(47) November 4, 2023 – YouTube


हाम्रो संरचना । १८ कार्तिक २०८०, शनिबार ०२:५०