जग्गा काण्डमा: उच्च अदालत नेपालगञ्ज इजलासका माननीय न्यायधिशहरु घटनास्थलमा

नेपालगञ्जको फुलटेक्रा स्थित प्राचिन तलाउको केही समय अगाढीको तस्बीर । फोटो: फेसबुकबाट

नेपालगञ्जको सिक्टा कार्यालय रहेको आफनै जमिन, कोहलपुरको चौराह देखी पूर्वपटटीको जग्गा, कारकादो स्थित किचन हट क्षेत्र रहेको जग्गा, बिपि चौक नजिक युनुस काठमिल नजिकको जग्गा, खजुराको सन्तकुटी बाबा आश्रमको जग्गा पछी नेपालगञ्जको फुलटेक्राको सार्वजनिक तलाउ ब्यक्तीको नाममा दर्ता घटनाले सरोकारवाला निकायहरुको ध्यान गम्भीरुपले जान जरुरी देखाएको छ ।

रातारात करोडपति बन्ने सपना सबैको हुन्छ । त्यो उपाय कानुनी नभई गैर कानुनी घटना बांकेमा मिलेमतोमा मौलाएको पाइन्छ । जस्तो सुन, अन्तराष्टिय पैसा, लागु औषध, बहुमुल्य जडिबुटी र जिवजन्तूका अंग तस्करी, नेपाली नागरिकता बनाईदिएर, क्यासिनोको नाममा जुवा लगायतबाट बांकेमा रातारात करोडपति बनेका घटना छन । त्यो भन्दा पनि सजिलो र सुरक्षित मान्दै बांकेमा रातारात गाउं शहर बस्ती नजिकका मुल्यवान सार्वजनिक जग्गा ब्यक्तीको नाममा दर्ता गराएर एकै रातमा करोडपती बन्ने घटना बांकेमा एक पछी अर्को घटनाक्रमले पर्दाफांस गदै गइरहेका छन ।

बांके जिल्लामा रहेका सार्वजनिक जग्गा भुमिसुधार कार्यालय बांकेमा गएर भोगचलन गरेको प्रमाणको रुपमा मिलेमतोमा ७ नम्वर फांटवारी तयार गर्ने र छानवीन भएमा पत्ता लाग्ने डरले सक्कल पर्ति फाल्ने र पुरानो कागजात च्यातियो, नष्ट भयो भन्दै त्यो पछी मिलेमतोमा खडा गरिएको फांटवारीको फोटो कपि गरेर राख्ने र त्यो नयां खडा गरेको फांटवारी पनि पुरानो जस्तै देखिने गरी ७ नम्वर फांटवारी मिलाउने गरेको कोहलपुर चौराहको जग्गा काण्डले उदांगो पारी दिएको छ ।

कोहलपुर चौराहको जग्गा ततकालिन सरकारले कोहलपुर नगरबिकास समितिलाई नगर बिस्तारका लागि आवश्यक परेकाले बिक्रम सम्वत २०४२ माघ १० गते मन्त्रीपरिषदले निर्णय गरि दिएको जंगिलाट जग्गा जो हाल पनि केही भाग जंगिलाट र बुटयान नै रहेको छ । त्यस जग्गामा समेत बांकेका कथित नेताहरु जग्गा दलालहरुको मिलेमतोमा नगर बिकास समतिको नाममा रहेको जग्गा झण्डै ब्यक्तीको नाममा लगेर रातारात करोड होइन अरबपती सपना बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको सक्रियता र जिल्ला अदालत बांकेले हक दाबी नलाग्ने फैसलाले रोकिएको छ ।

बांके र बर्दियाका जग्गा प्रया: जसो बावु/बाजेको मुत्यू भएपछी छोरा नातीको नाममा भोगचलन गरेको दाबी गराउदै केही भ्रष्ट कर्मचारीसंगको मिलेमतोमा जग्गा माफियाहरुले ब्यक्तीको नाममा जग्गा दर्ता गराउने गरेको उपरोक्त घटनाक्रमले देखाएको छ ।

जग्गा माफियाहरुले यति सम्म परको सोचेर काम गरेको देखिन्छ कि जग्गा दर्ता पहिल्य मुत्यू भएका ब्यक्ती वा खोज्दा नभेटिने ब्यक्तीको नाममा दर्ता गर्ने र जग्गा दर्ता र कित्ता काट हुने बित्तिकै बैकमा राख्ने वा दृष्टिबन्धक राखेर पैसा निकाली हाल्ने गरेको पनी माथीकै जग्गा काण्डमा देखिन्छ ।

ब्यक्तीको नाममा दर्ता गरिएको अमुल्य जग्गा कित्ता कांंट गदै जग्गा बेचेर पनि रातारात करोडपती बन्ने घटना बांके र बर्दियामा बढि देखिएको छ । यस्ता घटना सार्वजनिक भइसकेपछी स्थानिय प्रशासनले आवश्यक कदम चालेपनि यो प्रयाप्त छैन र यसका लागि बिशेषज्ञ सहितको एक उच्चस्तरिय छानबीन समिति गठन गरि जग्गाको माफियाहरुलाई कानुनी दायरामा ल्याउन पर्ने देखिन्छ ।

सत्यता बुझन घटना स्थिल जानु भएका माननीय न्यायधिशहरु र स्थानिय बासिन्दाहरु

पछील्लो पटक नेपालगञ्जको फुलटेक्रामा रहेको जग्गामा बिगतमा एक रमनिय तलाउ रहेको कुनै शंकै छैन। बिचाराधिन बिषयमा पहिलो पटक होला उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा रहेको इजलास नम्बर १ मा रहनुभएका माननीय  न्यायमुर्तिहरु फिल्डमै गएर आफै अध्ययन अवलोकन गर्नुभएको छ ।

उक्त जग्गामा राजनितिक धार्मिक नाममा फाइदा लिन खोज्नेहरुले अनेक रंगरुप भरेपनि जग्गा सार्वजनिक रहेको स्थानिय पुर्खाहरुले पनि आफनो भनाई राख्दै आएका छन तर उक्त जग्गा मध्य केही जग्गा पुरानो मिति उल्लेख गरि ब्यक्तीको नाममा गएको पनि छ ।

स्थानियको माग प्राचिन तलाउ नै कायम रहन दिने र त्यसलाई थप जिर्णो उद्धार गर्ने र केहीको भनाई उपभोग गर्ने गरि बांडफांड गर्ने र केहीको सांझां क्रिकेट मैदान बनाउने । उपरोक्त बिषय हाल उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा रहेको इजलास नम्बर १ मा रहनुभएका माननीय वरिष्ठतम न्यायधिश रत्न बहादुर बागचन्द र माननिय न्यायधिश धु्रवराज नन्दको सयुक्त इजलासमा मिसिल तथा घटनाक्रम अध्ययनको क्रममा रहेको छ । उक्त इजलासले बिहिबार एक उत्प्रेषण, प्रतिषेध र परमादेश सम्वन्धी मुद्धामा थप जांचबुझ गरि इजलासमा रिपोर्ट पेश गर्न भनिएको छ ।

घटनास्थल पुगेर वरिष्ठतम माननीय न्यायधिश रत्न बहादुर बागचन्द र माननिय न्यायधिश धु्रवराज नन्दको सयुक्त इजलासबाट जारी आदेश