पूर्व-पश्चिम राजमार्ग अन्तरगत बाँकेको जिरो नजिक सेना द्वारा बम डिस्पोज

५ मंसिर, नेपालगञ्ज/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गापा गाउँपालकी वडा नम्वर २ जिरो भन्ने स्थानमा शनिवार साँझ फेला परेको बम आइतवार विहान नेपाली सेनाले डिस्पोज गरेको छा ।

स्थानिय ब्यक्तिहरुको सूचनाका आधारमा सशस्त्र प्रहरीको शमशेरञ्ज स्थित प्रहरी बलको युनिटबाट गएको टोलीले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र राप्तीसोनारी गापा २ खैरीखोला जंगल क्षेत्रमा वेवारिसे अवस्थामा शंकास्पद बस्तु फेला पारेको थियो ।

घटनास्थल पुगेको सशस्त्र प्रहरी बलले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको राप्तीसोनारी गापा ८ ओभरी स्थित नेपाली सेनाको अर्जुनवाण गणलाई शनिवार साँझ खवर गरेकोमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त शंकास्पद बस्तु सकेट बम रहेको पुष्टी गरेको थियी ।

उक्त सकेट बम डिस्फोजका लागि आईतबार बिहान नेपालगञ्ज- २० मनिकापुर स्थित नेपाली सेनाको ईमामनगर व्यारेकबाट बम डिस्फोजल टोलीले उक्त सकेट सुरक्षित साथ बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार स्रोतले जनाएको छ ।