निर्मला बेपत्ता र निजको करोडौको सम्पती हडप्ने घटनाका अभियुक्त बादशाह पनि चुनाबी प्रतिस्पर्धामा

 

 

नेपालगञ्ज १ कार्तिक/ नेपालगञ्जकी ५६ बर्षिय निर्मला कुर्मि बेपत्ता छिन र निजको करोडौंको सम्पती भु-माफिया गिरोहले लगेको छ । निर्मलाको शेषपछी न्यायका लागी निर्मलाको पक्षमा बोलीदिने आवाजहरु गुमनाम हुदै गएका छन । उक्त घटनाका मुख्य अभियुक्त मध्यका एक बाँके क्षेत्र नम्बर ३ को २ बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार बन्नु भएको छ ।

 

 

 

 

नेपालगञ्ज-१७ परसपुर कि ५६ बर्षिय निर्मला कुर्मिको शेख पछी अपुताली कायम भै नेपाल सरकारको नाममा आउने सरकारी मुल्यांकण अनुसार करीब ५० करोड बढीको घर–जग्गा पच गर्न एकल बिधुवा नारी निर्मला कुर्मिको अपरहण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्धामा करोडौंको चलखेल पछी राज्यका जिम्मेवार निकायहरुको मिलमतोमा मुद्धालाई अदालत सम्म नपु–याएरै हाल बीच बाटोमै रोकेर ढिसमिस उन्मुख सुसुप्त राखिएको छ ।

नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १७ कि ५६ बषिय मधेशी एकल बिधुवा महिला निर्मला कुर्मिको ४ बिघा १० कटठा जग्गा पच गर्न बिभिन्न घटना क्रमले जग्गाको माफिया सरगना भनी चिनिएका नेपालगञ्ज कारकादो निवासी रमेश थापा लगायतका ब्यक्तीहरुसंगको मिलेमतोमा नेपाली कांग्रेस पार्टीलाई बदनाम हुने गरि राजनितिलाई आड बनाएर अपराध ढाकछोप गर्न खोज्ने संबिधान सभा सदस्य बादशाह कुर्मि समेतको ग्राण्ड डिजाई र मिलेमतोमा निर्मला कुर्मिको अपरहण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा गरि निजको सम्पती हडप्ने गिरोहले पैसाको चलखेलमा उक्त केस ढिसमिस पार्न बीच बाटो मै अवरोध गरेर अदालत सम्म पुग्न नदिने अनेकौ प्रपञ्च गरिएको अवस्था छ ।

अनेक दवाब पछी नेपालगञ्ज स्थित जिल्ला सरकारी वकीलको कार्यालयमा दर्ता गरिएको निर्मला कुर्मिको अपरहण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयमा मुद्दाको आवश्यक अनुसन्धान गर्न प्रसस्त समय दिईएकोमा काठमाण्डौं सम्मको सेटिंगको डिलपछी मुद्दा अगाढी नबढाउने गरि फाइल जिल्ला सरकारी वकीलको कार्यालय बांकेमा मिसिल थन्क्याइएको छ ।

निर्मलाको अपहरण गरि कर्तब्य ज्यान केसमा आफु फस्ने सम्भावना देखेपछी नेपाली कांग्रेसबाट ततकालिन समयमा संबिधान सभा सदस्य हुनुभएका बादशाह कुर्मिले यतिखेर सरकारको खुबै सदुपयोग गर्नुभएको छ भने उक्त केसका अर्का मुख्य अभियुक्त रमेश थापा पनि बिगतको झै आर्थिक चलखेलमा कुनै कसर बांकी राख्नुभएको छैन ।

नेपालगञ्ज वडानम्बर १७ को भृकुटी नगरको बजार क्षेत्रमा रहेको निर्मलाको ४ बिघा ८ कटठा जग्गा र परसपुरमा रहेको २ कटठा जग्गामा बनेको पक्की घरको क्षेत्रको हाल बजार मुल्य सरदर ५० लाख रुपैया प्रति कटठा रहेको छ । उक्त न्यूनतम बजार मुल्यको आधारमा पनि निर्मलाको घर जग्गाको मुल्य हाल ५० करोड पर्नआउछ ।

निर्मलाको शेखपछी नेपाल सरकारको नाममा आउने उक्त जग्गा अनेक जालझेल तिकडम गरि अदालतलाई समेत गुमराहमा पारी निर्मला र परिवार सदस्य वेपत्ता शंकास्पद मृत्यु घटना सम्पतीका लागि गराईएकी प्ररारम्भीक अनुसन्धानबाट खुल्दै गएको छ ।

निर्मला कुर्मिको सम्पती खान निर्मलालाई बेपत्ता पारी कर्तब्य ज्यान गरेको भन्ने बिषयमा भारत देखी नेपाल सम्म, राजनितिक दलका नेता देखी पूर्व तथा बर्तमान प्रहरी सम्म, पत्रकार, सरकारी वकील देखी प्रशासन सम्म अनेकौ षडयन्त्र जालझेल मिलिभगतका संवाद घटनाहरु को पर्दाफास हुदै गएका छन ।

अनुसन्धान पछी घटना पर्दाफास हुने र आफु फस्ने सम्भावना बढेपछी बादशाह कुर्मिले आफनो केही नातेदार तथा राम्रो सम्वन्ध रहेका ब्यक्ती मार्फत निर्मलाले भारतमा बिहे गरेको दुलाह देखी कालगतिले निर्मला मरेको भारतिय ग्राम पञ्चायतबाट प्रमाणप्रत्र बनाएर बांके प्रहरी मार्फत मिसिलमा पेस गर्नुभएको छ ।

उक्त प्रमाण के-कसो हो ? सक्कली नक्कली के हो ? भनी भारतिय समकक्षी समक्ष बांके प्रहरीले पत्राचार पनि गरेको छ ।

निर्मला कुर्मिको श्रीमान र छोराको नामबाट निर्मलाको नाममा जग्गा नामसारी गर्दा निर्मला ५२ बर्षको हुनुहुन्थ्यो भने बेपत्ता हुदा करीब ५६ बर्षको भएको देखिन्छ ।

खेतबारीमा खेती-किसानी गरेर खाने मधेशी मुलकी एक बिधुवा अवला नारीले के ५६ बर्षको बुढौलीमा बिहे गर्ने ? त्यो पनि आफनो अरबौको सम्पती छोडेर अन्जान गुमनाम ठाउं बिहे गर्ने र उतै बित्ने कत्तिको सम्भावना छ ?

यस बिषयमा पनि भारत सरकारले गम्भीर रुपमा लिएर छानवीन गरिरहेको र निर्मलाको भारतमा विहे भएको र कालगतिले वितेको भनी वनाइएको प्रमाणका विषयमा  आफुहरुले चाहेको जस्तो डकुमेन्ट मिलाउन समयमै नआएपछी अभियुक्त मध्यका रमेश थापा समेतको टिम भारत गएको पनि पाइएको छ।

निर्मला कुर्मिको श्रीमान महलु कुर्मिको बिक्रम सम्वत २०६२ सालमा मृत्यू भएपछी निर्मलाले आफना श्रीमान र छोराको नाममा रहेको जग्गा आफनो नाममा गर्न ततकाल परसपुर गाबिस देखी मालपोत सम्म सबै ठाउंमा अभियुक्तहरुले धाकधम्की र डरत्रासले जग्गा राजीनामाका लागी सिफारिस लिएको देखिन्छ ।

त्यसैगरि निर्मलाको नाममा आईसकेपछी उक्त जग्गा बिक्रीको निम्ती निर्मलाको कहि कतै उपस्थित नभएको र ततकालिन परसपुर गाबिसले त जबरजस्ती अर्काको नामको जग्गाको चारकिल्ला प्रमाण सिफारिस माग गरेको र नदिए मारीदिने सम्मको डरत्रास र धम्की दिएको आफनो माथिल्लो निकायलाई ततकाल लिखित जानकारी गराएको र डरत्रास र धम्की पछी सिफारिस गरेको डकुमेन्टहरुले देखाएको छ ।

 

त्यसैगरि निर्मला कुर्मिको नामको जग्गा राजीनामा पास गर्न पनि अनेकौ षडयन्त्र गरिएको छ जुन पछी कसैले उजुरबाजुर गरेमा सुरक्षित होस भनेर  निर्मलाको नामबाट रमेश थापाको बहिनी बर्दिया घर भई हाल धम्बोजी नेपालगञ्ज बस्ने राधा बिष्टको नाममा र राधा बिष्टको नामबाट रमेश थापाको श्रीमती रत्न थापाको नाममा गरेको देखिन्छ ।

निर्मला कुर्मिको जग्गा रमेश थापाको बहिनी राधा बिष्टको नाममा पहिल्य त्यसपछी रमेशा थापाले श्रीमती रत्न थापा को नाममा जग्गा गराउन सफल भएपनि प्रहरी बयानमा एकले अर्कोलाई चिनाजानी नभएको र जग्गा पास गर्दा मात्र चिनेको भनी लिखित झुटो बयान दिएकाले के प्रमाणित गर्छ भने अर्काको करोडौंको सम्पती कुम्ल्याउन अपराधमा चुर्लुम्म डुवेको प्रमाणित गरेको छ ।

यो बीचमा दलालहरु मार्फत पटक-पटक जिल्ला अदालत बांकेलाई मिलिभगतको गुमराहमा राखेको डकुमेन्टले देखाएको छ ।

डकुमेन्ट र उक्त घटनाका प्रत्यक्ष सरोकारवाला ब्यक्तीहरुको पेटबोली अनुसार निर्मलाको जग्गा नामसारी मालपोत कार्यालय बांकेमा गरिएको होइन । उक्त जग्गाको नामसारी मालपोत कार्यालय बाहिर साईगाउं स्थित एक घरमा भएको हो ।

उक्त घरमा पहिल्य नै निर्मला भनेर राखिएको एक बृद्ध महिलाको हातको ल्याप्चे छाप लगाईएको मालपोत कार्यालय बांकेबाट जग्गा पास गर्न गएका २ जना सुब्बाहरुले जानकारी गराईसक्नुभएको छ ।

निर्मलाको नामको जग्गा निर्मलाको नामबाट नामसारी गर्न निर्मला बृद्ध भएको हिडन नसक्ने भन्दै मालपोत कार्यालय बांकेमा निबेदन दिएर डोरमा कर्मचारी खटाईदिन माग गरेकोमा कर्मचारीहरु जान नमानेपछी आफुहरुलाई कार्यकक्षमै राजश्व तिरेको २ हप्ता भईसकेको भन्दै नगए यस्ता कर्मचारीलाई त गोलीले उडाउनु पर्छ भन्दै धम्क्याएपछी उक्त जग्गा पास गर्न डोरमा गएको पिडित कर्मचारीहरुले जानकारी दिएका छन् ।

“जग्गा पास गर्न हाकिम साबले हामी २ जना सुब्बाहरुलाई खटाउनु भयो हामी यस्तो कामका जान्न भन्दा त्यस्तो धम्की पाएको पछी बाध्य भएर गएको ”  बताउनुभएको छ ।

जग्गा पास पहिल्य कैलालीको धनगढीमा गर्ने अफर आएको थियो । पछी हाकिमले नमानेपछी बर्दियामा गर्ने कुरा आयो त्यसपछी पनि नमानेपछी बांकेको साईगाउंको एक घरमा जग्गा नामसारी गरिएको मालपोतका जिम्मेवारी कर्मचारीहरुले हामीलाई जानकारी गराउनु भएको छ ।

उक्त जग्गा सरासर जालझेल झुटबाट पास भएको भन्ने त त्यहां कुनै पैसाको कारोबार नभएको र निर्मला कुर्मि भन्ने ब्यक्ती नै केही नबोलेको र नागरिकता हेर्दा समेत फरक जस्तो लागे पनि डरत्रासका कारण आफुहरु केही नबोर्ली हाकिमले अह्राएको काम गरेर फकिएको हामीसंगको भेटमा बताउनुभएको छ ।

 

 

घटनाको अध्ययनको क्रममा बांके प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, बांके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, ततकालिन जिल्ला सरकारी वकी कार्यालयमा प्रमुख बासुदेव शर्माको समेत गोप्य मन्त्रणा बैठक बसेको स्रोतले बताएको छ ।

घटनाका सम्वन्धमा जिल्ला सरकारी वकीलको कार्यालयका ततकालिन प्रमुख न्यायाधिवक्ता बासुदेव शर्माले सेटिंगको कुरा गाईगुई कुरा सुने पनि उक्त बिषयमा आफुलाई जानकारी नभएको बताउनु भएको थियो ।

शर्माले अभियुक्त केसको फाइल अध्ययन गर्दा केही थप अनुसन्धान गर्नुपर्ने भएकाले केस अगाढी नबढाईको बताउदै निर्मलाको मृत्यु सम्पतीका कारण घटना भएको देखिएकोले बृस्तित छानबीन गर्न मिसिल पुन प्रहरीकोमा पठाइएको जानकारी दिनुभएको थियो । हाल शर्मा सरुवा भईसक्नु भएको छ ।

निर्मला कुर्मिको बेपत्ता निजका २ जना तावालकको करिब २ हप्ता को अन्तरालमा शंकास्पद मृत्यु र तिजको करोडौंको सम्पती हडप्ने संगित अपराध घटनाको सिआइबी र गृह मन्त्रालयले समेत छानवीन गरेकोमा हाल निर्वाचनमा उठेका अभियुक्त बादशाह कुर्मि सरकार रहेको पार्टीकै रहेकाले रिपोर्ट गुपचुप नै राखिएको अवस्था छ । Update Follow up news.

अभियुक्तहरुको कर्तुतहरु बिस्तृत अध्ययन घटनाहरु  मिसिलमा पेश गरिएको एक अध्यन रिपोर्ट…

उक्त घटना जानकारी भएका ब्यक्तिहरुको अध्यन गरी मिसिलमा तयार भएका बयानहरु….