भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस: नेपालगञ्ज अख्तियारमा उजुरीका चाङ

नेपालगञ्ज २३ मंसिर/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले बाँके जिल्लामा रहनुभएका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितमा भ्रष्टाचार नियन्त्रणका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बाँके जिल्लामा रहेका सबै ८ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरू, सरकारी वकील कार्यालय, रासस्त्र जनपद प्रहरीका इकाई कार्यालय प्रमुखहरु, सडक, वन, कोलेनिका लगायतका बिकासे अड्डाका जिम्मेवार सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा आ-आफ्नो सरोकारका बिषयलाई प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिका बिषयहरू निम्न बमोजिम रहेका छन ।

कार्यक्रममा नि. प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, नेपालगञ्ज स्थित अख्तियार प्रमुख विजय राज पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै तह तप्कामा रहनु भएका ब्यक्तिहरु म-म भनेर लागेका यसलाई नियन्त्रण गर्न सजिलो हुने भएकाले सबै पक्ष जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमका पत्रकार महासंघ सचिव कमल डाँगीपत्रकार महासंघ सचिव कमल डाँगी, अख्तियारको नेपालगञ्ज स्थित कार्यालयमा शारवा अधिकृतको रूपमा कार्यरत श्रीधर टण्डनले अन्तक्रिया कार्यक्रममा प्रस्तुत गर्नुभएको बिषय बस्तुका बिषयमा कोलेनिनका प्रमुख षडानन्द अधिकारी, बाँके निकुञ्ज प्रमुख अर्जुन भुषाल, नेपालगञ्ज उप-महानगर पालिकाप्रमुख प्रशासकिय अधिकृत शिव प्रशाद रिजाल, कोहलपुरका प्रमुख प्रशासकिय अधिकृत टिकाराम रोक्का, बैजनाथ पालिका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटा, राप्तीसोनारी प्रमुख प्रशासकिय अधिकृत हरि केसी, नरैनापुर प्रमुख प्रशासकिय अधिकृत मनिराम खराल

पत्रकार एवम सामाजिक अभियन्ता नमस्कार शाह, पत्रकार नविन गिरीले आ आफ्नो तथ्यगत बिचार प्रस्तुत गर्नुभएको थियो ।