कपिलवस्तुको कृष्णनगरमा १६ किलो अफिम सहित ३ महिला पक्राउ

कपिलबस्तु २७ मंसिर/  लुम्बिनी प्रदेशको अन्तराष्ट्रिय सिमावर्ती जिल्ला कपिलवस्तुको कृष्णनगर स्थित यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको जनाएको छ ।

हिजो सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले कपिलबस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ परेको महिलाहरुको खानतलासी  गर्दा  कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नम्बर ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नम्बर ४ लमही बस्ने बर्ष ३६ की भावना पुन रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुएको छ । पछील्लो पटक नेपालमा लागु औषधको कारोबार बढीरहेको बिभिन्न घटनाक्रमहरुले पुष्टी गदै गइरहेको छ ।