अनुसन्धानको लागी नेपालगञ्ज स्थित रिद्धिसिद्धि ज्वलर्सका राजु सोनीलाई प्रहरी लिन आएपछी…दलालहरुको काम सुरु

नेपालगञ्ज २३ असोज / शंकास्पद धेरै ब्यक्तिका बीच चोर पत्ता लगाउन चोरको खुटटा काट भन्दा चोरले आफै खुटटा तानेर सार्वजनिक भए झै त्यस्तै भएको छ बांके एक चोरी केस घटनामा पनि ।

बांकेको कोहलपुरबाट गत असोज १० गते बेलुका करिब ६ बजे कोहलपुर नगरपालिका वडा नं १० बस्ने बर्ष ३५ को यामराज भारतीको कोहलपुर नगरपालिका वडा नं ११ बागेश्वरी क्पाम्पस जाने बाटोमा रहेको एमआर स्टेशनरी अगाडी पार्किङ गरी राखेको भे ७ प ७६०७ नम्बरको बजाज कम्पनीको १५० सिसिको पल्सर मोटर साईकल चोरी भएको थियो।

धेरै बर्ष नेपाल प्रहरीको सिआईबी बिभागमा काम गर्नुभएका कोहलपुरका प्रहरी प्रमुख डिएसपि सुन्दर तिवारीको कांधमा उक्त केसको जिम्मेवारी आईप–यो ।

तिवारीले मोटरसाईकल चोरी घटना अघि नै एक मिसन चलाएर चोरीका मोटरसाइक नेपाल भारत आयात– निर्यात गर्ने गिरोहका बिरुद्ध अप्रेशन चलाएर मुद्धा समेत दर्ता गरि अगाढी बढीरहेको समयमा कोहलपुरको मुख्य बजार क्षेत्रबाट सांझपख चोरी भएको मोटरसाईकल घटनाको केही दिनपछी नै फेरी असोज १४ गते दिउसो अन्दाजी १ बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ५ प्रगतीनगर बस्ने बर्ष ४३ को रामचन्द्र पराजुलीले ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकमा पार्कीङ गरी राखेको लु ७६ प २३४० नम्वरको रातो कालो रङको १५० सिसिको पल्सर मोटर साईकल चोरी भयो ।

यस घटनाले प्रहरीलाई चोरले चुनौती नै दिएको अनुभुती गरिरहेकोमा फेरी असोज २० गते सांझको ५ बजेको समयमा जिल्ला बर्दिया गेरुवा गाँउपालिका वडा नं २ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ११ एनटीभीरोड बस्ने बर्ष ३० को डण्ड प्रसाद धमालाले आफ्नो डेरा कोठा बाहिर पार्किङ गरी राखेको सुपप्र ०१००८ प १६७ नम्वरको १५० सिसिको पल्सर मोटर साईकल चोरी भएको र खोजतलासको लागी इप्रका कोहलपुरमा उजुरी आयो।

उक्त घटनाले इप्रका प्रहरी प्रमुख तिवारीलाई मोटसाईकलको श्रृखला बद्ध चोरीको घटनाले एकातिर तनाव अर्कोतिर चुनौती दिएको अनुभुुती भएपछी  घटनाको अप्रेशन सुरु गरेको ४८ घण्टामा एउटा मोटरसाईकल २ जना ब्यक्ति पक्राउ गरी कोहलपुरमा श्रृखलाबद्ध मोटरसाइकल चोरी घटनामा ब्रेक लाग्न पुगेको छ भने अन्य चोरी भएका केसमा प्रहरीले घटना नजिक पुगीसकेपनि सफलता हात लागी नसकेको प्रहरी स्रोतले जनाएको छ ।

अप्रेशनको सुरुमा कोहलपुर नगरपालिका वडा नं ११ एनटीभीरोड बस्ने बर्ष ३० को डण्ड प्रसाद धमालाले आफ्नो डेरा कोठा बाहिर पार्किङ गरी राखेको सुपप्र ०१००८ प १६७ नम्वरको १५० सिसिको पल्सर मोटर साईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाहरूको प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं ४ बस्ने बर्ष २३ को सलिम हलवाई र सोही ठाउं बस्ने बर्ष ४३ को मोहम्मद सफिक बेडुवाको संलग्नता देखिएकोले निजहरूलाई मिति असोज २१ गते बिहान पक्राउ गरी बाँके जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ दिन म्याद थप भई अनुसन्धान भईरहेको कोहलपुर इलाका प्रहरी कार्यालय को्हलपुरले जनाएको।

उक्त घटनाको आश्चार्य भएको के छ भने नेपालगञ्जको सदरलाईनमा रहेको रिद्धिसिद्धि ज्वलर्सका राजु सोनीले देखाउने नामको पसल खोलेको र देखिने खासै कारोबारो नभएर पनि बजारमा सान-सौकतमा टिकिरहेको अवस्थामा नेपालबाट भारत तर्फ सुन तस्करीको आरोप लाग्ने गरेको उनले नकादै आएका थिए ।

उक्त पसल हाल नेपालगञ्जको न्यरोड तर्फ सारेर पसल सजाईरहेको अवस्थामा कोहलपुरको प्रहरी गाढी राजु सोनीको रिद्धिसिद्धि ज्वलर्सलाई खोज्दै आएपछी सोनीको परिवारले प्रहरी देख्ना बित्तिकै  घरको ढोका लागएर प्रहरीलाई को-अपरेट नगरेपछी प्रहरीले घटना अनुसन्धानको लागी राजु सोनीलाई लिएरै जाने अडडीमा पसल बाहिर बस्यो ।

राजु सोनी भने आफनो पसल बाहिर कोहलपुरको प्रहरी आएको र आफुलाई लिन आएको बताउदै पेशागत संस्थाको नाममा दलाली पेशा गदै आएका ब्यक्तिहरु लगायतका ब्यक्तिहरु समक्ष हारगुहार मागेपछी भोली पल्ट अर्थात सोमबार बिहानै हाजीर हुने त्यसका लागी केही दलालहरुले जिम्मा लिएपछी कोहलपुर प्रहरी फर्किएको थियो ।

कोहलपुर प्रहरीले भोली हाजीर हुनुहोला भनेर फर्किएपछी सुन कारोबारमा तस्करीको आरोप लागेर यस अघि नेपाल सरकारका बिभिन्न निकायबाट अनुसन्धान गरिएकोमा, ततकालिन प्रदेशबाट परिचालित सिबिल प्रहरीको कारण, ठोस प्रमाण जुटाउन नसकिएकोले अनुसन्धान तथा छानबीन नगरिएकोमा उक्त घटनाको बिषयमा प्रहरी, अनुसन्धान र पत्रकारबाट आफुलाई नेपालबाट भारत तर्फ ८ सय ग्राम सुन लगेको बिषयमा सोधपुछ भएको भए पनि उक्त कार्य आफुले नगरेको सोनीले बताउने गरेको प्रहरी स्रोतले बताउदै आएको थियो ।

राजु सोनीले हाल नयां पसल सञ्चालन गर्न गइरहेको र त्यसका लागी माल समेत नयां राख्ने र उक्त माल कोबाट कसरी खरिद गर्छन भन्ने बिषयमा निगरानी भईरहेकोमा कोहलपुर प्रहरीले मोटरसाईकल चोरी केसमा सोधपुछको लागी लिन आएकोमा राजु सोनी लम्बा केसमा फस्ने डरले आईतबार रातभरी बिभिन्न दलालीकेन्द्रहरुमा फोन घुमाएका थिए ।

सोमबार केही सुन ब्यापारी सहित कोहलपुर इलाकम प्रहरी कार्यालयमा पुगेपछी कोहलपुर प्रहरीले कोहलपुरमा श्रृखलाबद्ध मोटरसाईकल चोरी भएको र त्यसमा एक जना रिद्धिसिद्धि ज्वलर्ससंग आवद्ध ब्यक्ति भएको अनुसन्धानको क्रममा खुलेकाले बयानका लागी बोलाएको भनेपछी बल्ल राजु सोनीको होस ठेगानमा आएको स्रोतले बताएको छ  ।
मोटराइकल केसमा आएको नाम आफनै पसलमा काम गर्ने केटाको भएको भन्दै सम्पूर्ण बिवरण र उक्त ब्यक्ति बुझाएपछी राजु सोनी उक्त टिमसंग गएको र्
सुन पसलको नाममा खाली पसल सञ्चालन गर्दै आएका ब्यक्तिहरु फिर्ता भएको उक्त घटनामा देखिएको छ ।